×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • २ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ५ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ७ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

विभिन्न कार्यक्रम गरी स्थापना दिवश मनाइयो

  •  
  • शुक्रबार, भदौ २०, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गोरखाले विभिन्न कार्यक्रम गरी ५७ औं स्थापना दिवश मनाएको छ ।

    दिवशको अबसरमा भएको खुल्ला रक्तदान कार्यक्रममा ८५ जनाले रक्तदान गरेका छन् । जिल्ला सदरमुकाममा भएको कार्यक्रममा १३ जना महिला र ७२ जना पुरुषले रगत उपलब्ध गराएको रेडक्रस जिल्ला शाखाका कार्यालय सचिव सुबास घिमिरेले जानकारी दिए ।

    रेडक्रस भवन परिसरमा भएको कार्यक्रममा जिल्ला सभापती भगवानबाबु मास्कले रक्तदान गर्दे कार्यक्रम उद्घाटन गरेका थिए । बिहीबार जिल्लामा संकलित भएको ८५ पिन्ट र केही दिन अघि सशस्त्र प्रहरीले संकलन गरी १० पिन्ट गरी ९५ पिन्ट रगत नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र भरतपुर पठाइएको छ ।दिवशकै अवसरमा ताप्ले उपशाखाले खुल्ला दौड प्रतियोगिता गरेको छ ।

    ४५ जना सहभागी प्रतियोगितामा दिनेश नेपाली पहिलो, धिरन आले दोश्रो, जीवन थापा तेश्रो, सुजित थापामगर सान्त्वना भएका भएका छन् । उपशाखा सभापती टिका बोगटीको अध्यक्षता तथा जिल्ला शाखाका उपमन्त्री भिमसेनकाजी बानियाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोरखा नगरपालिका १ अध्यक्ष हिक्मत बहादुर कँुवर र २ का अध्यक्ष रहम्तुल्ला मियाँले मन्तव्य राखेका थिए ।

    यसैगरी श्रीनाथकोट उपशाखाको आयोजनामा विपद् व्यवस्थापन तथा न्यूनीकरणमा युवा वर्गको भूमिका विषयक सिरानचोक गाउँपालिका स्तरिय वक्तृत्वकला प्रतियोगिता भएको छ । उपशाखाका सभापती बलराम ढकालको अध्यक्षता तथा सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला सभापती भगवानबाबु मास्के, शिक्षा शाखाका प्रमुख ज्ञानेन्द्र पोखरेल, वडा नम्बर ७ का अध्यक्ष सुरज ढकाल लगायतले मन्तव्य राखेका थिए ।

    १० विद्यालयको सहभागीता रहेको प्रतियोगितामा संसारी महेन्द्र माबि नयाँ साँघुका खालिद मियाँ पहिलो, जनज्योति मावि चिफ्लेटीकी दिपिना उपरकोटी दोश्रो, परोपकार आदर्श मावि जौवारीका अंकिता दवाडी तेश्रो भएका छन् । यसैगरी संसारी महेन्द्र माविको जुनियर रेडक्रस सर्कलको आयोजनामा विपद् व्यवस्थापनमा जुरेस सर्कलको भूमिका विषयमा निवन्ध लेखन प्रतियोगिता भएको छ ।

    उक्त प्रतियोगितामा सिरानचोक गाउँपालिका भित्रका ६ वटा माध्यामिक विद्यालयका १२ जना विद्यार्थीको सहभागीता रहेको थियो । दिवशका अवसरमा भएका सबै प्रतियोगिताका विजेताहरु क्रमश पहिलो, दोश्रो, तेश्रो र सान्त्वना हुनेले ५ हजार, ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार साथमा मेडल र प्रमाणपत्र पाएका छन ।

    जिल्लामा रहेको २५ वटा उपशाखा मध्ये अधिकाशंले विभिन्न कार्यक्रम गरी स्थापना दिवश मनाएको खवर प्राप्त भएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, भदौ २०, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.