×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३८ मिनेट अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ५९ मिनेट अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

साउन लागेपछि बैंकमा निक्षेप घटेको घट्यै, राष्ट्र बैंकले डेढ अर्ब पठाउँदै

  •  
  • मङ्गलबार, भदौ १७, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    नयाँ आर्थिक वर्ष सुरु भएपछि वाणिज्य बैंकहरुमा निक्षेप घटेको घट्यै छ। गत असार मसान्तसम्म कुल २८ खर्ब ७८ अर्ब निक्षेप संकलन भएकोमा साउन १० गते २८ खर्ब ६२ अर्बमा झर्‍यो। साउन २४ गते २८ खर्ब ५८ अर्बमा झरेको निक्षेप भदौ ६ गते २८ खर्ब ५३ अर्बमा झरेको छ।

    गत आर्थिक वर्षको साउन महिनामा पनि निक्षेप १५ अर्बले घटेको थियो। नयाँ आर्थिक वर्षमा साउनमा मात्रै २३ अर्बले निक्षेप घटेको छ। निक्षेप घटबढ भइरहने बताउँदै बैंकर भने यसलाई सामान्य रुपमा लिन्छन्।

    ‘कुनै समय बढेको हुन्छ भने कुनै समय घट्न पनि सक्छ’ सानिमा बैंकका बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले भने ‘तर समग्र वार्षिक रुपमा त बढेकै हुन्छ।’

    राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्ष निक्षेप १८ प्रतिशतले बढेको छ। ऋणात्मक भुक्तानी सन्तुलन बढ्दा पनि निक्षेपलाई असर परेको हुन सक्ने दाहालले बताए।

    राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्षसम्म भुक्तानी सन्तुलन ६७ अर्ब ४० करोड नोक्सानीमा छ। बैंकहरुमा कर्जाको माग बढिरहँदा निक्षेप घट्दै जानुले लक्षित आर्थिक वृद्धिलाई नै असर पार्न सक्नेछ। असार दोस्रो सातापछि आएको ऋण प्रस्तावलाई धेरै बैंकहरुले ‘क्लोजिङ टाइम’ भन्दै फर्काइदिए।

    नयाँ आर्थिक वर्ष लागेपछि बैंकहरुमा स्रोतको झनै अभाव देखिएकाले अहिले नयाँलाई ऋण दिने अवस्था नै नरहेको एक बैंकरले बताए।

    निक्षेप घटिरहँदा बैंकहरुले सक्दो रुपमा ऋण प्रवाह भने गरिरहेका छन्। पछि निक्षेप थपिने आशाले ‘सिसिडी रेसियो’लाई बैंकहरुले टाइट पारेका छन्।

    बैंकर्स एसोसिएसनका अनुसार नयाँ आर्थिक वर्ष सुरु भएपछि भदौ ६ गतेसम्म कर्जा प्रवाह १८ अर्बले बढेको छ। असार मसान्तसम्म वाणिज्य बैंकहरुले २४ खर्ब ९८ अर्ब कर्जा प्रवाह भएकोमा भदौ ६ गतेसम्म २५ खर्ब १६ अर्ब पुगेको छ।

    ‘अहिले ऋण दिन सक्ने अवस्था नै छैन, ऋणका धेरै फाइलहरु पेन्डिङमा छन्’ एक बैंकका प्रमुख कार्यकारीले भने।

    राष्ट्र बैंकले डेढ अर्ब निक्षेप पठाउँदै

    बैंकहरुमा निक्षेपको चरम अभाव भइरहेका बेला राष्ट्र बैंकले डेढ अर्ब बढी रकम पठाउने भएको छ। बैंक, विकास बैंक र फाइनान्समा गरी कुल १ अर्ब ५८ करोड रुपैयाँ राष्ट्र बैंकले मुद्दती निक्षेपका रुपमा जम्मा गर्ने भएको हो।

    ३६५ दिने अवधिको मुद्दती निक्षेप बैंकहरुमा असोज १ देखि जम्मा हुनेछ। जसअनुसार वाणिज्य बैंकहरुमा १ अर्ब २६ करोड, विकास बैंकहरुमा २३ करोड र फाइनान्स कम्पनीहरुमा ७ करोड बढी रकम जम्मा हुनेछ।

    सेताेपाटी

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, भदौ १७, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    सुन ताेलामा ४८ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.