×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ५ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ९ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १० घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

सदस्यको ऋणमा अध्यक्षको रजाई

  •  
  • मङ्गलबार, साउन १४, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिन अलिमिया

    पालुङ्टार नगरपालिका १० को एक सहकारीका अध्यक्षले भ्रष्ट्रचार गरेको भन्दै सदस्यहरु जिल्ला प्रशासन कार्यालयको शरणमा पुगेका छन् । साविकको मिरकोट गाविसमा रहेको डुम्रेथुम कृषि सहकारी संस्थाका अध्यक्ष मैदबहादुर वाइवाले सदस्यहरुले बैंकबाट झिकेको ऋणमा लाखौ रुपैया भ्रष्ट्रचार गरेको आरोप लागेको छ । २०७२ सालमा सहकारीका नाममा बिभिन्न कृषि जन्य उत्पादन गर्नका उनिहरुले साँग्रिला विकास बैंकबाट १ करोड रकम ऋण लिएका थिए । तर अध्यक्ष वाइवाले सदस्यहरुलाई केहि रकम बाँडेर झण्डै आधा करोड आफै कुम्ल्याएको खुलेको हो । ‘हामी सहकारीमा रहेका मध्ये २४ जनाको २ सय ५० रोपनी जग्गा धितो राखेर ऋण झिकेका हौ’ सदस्य विजेश्वर तामाङले भने ‘हामीलाई अलिअलि रकम बाँडेर अरु रकम अध्यक्षले कता लगे कता ।’

    बैंक धितो राखेको २५० रोपनीमा अध्यक्ष वाइवाको भने जग्गा छैन । सदस्यहरुले आफ्नो घरबार राखेर झिकेको ऋणमा अध्यक्षले आफुखुसी गर्दा अहिले उनिहरुलाई रुनु न हास्नु झै भएको छ । जग्गा धितो राख्ने २४ जना मध्ये पनि २ जनाले सहकारीबाट ऋण लिएका छैनन् । सरकारीमा बैंकबाट आएको १ करोडमध्ये २० हजारदेखि ७ लाखसम्म उनिहरुले ब्यक्तिगत रुपमा ऋण लिएर मासिक रुपमा सहकारीलाई नै किस्ता बुझाउदै आए । तर उनिहरुले सहकारीमा बुझाएको किस्ताको रकम समेत अध्यक्षले बैंकमा नबुझाईदिदा अहिले उनिहरुको जग्गा लिलामी हुने अवस्थासम्म पुगेको छ । ‘हामीले पाएको पैसाको महिनै पिच्छे अध्यक्षलाई किस्ता बुझाएका हौ’ सहकारीकी कोषाध्यक्ष समेत रहेकी राममाया गुरुङले भनिन् ‘पछि पो थाहा भयो, अध्यक्षले त त्यै पैसा पनि बुझाएका रैनछन्, बैंकमा किस्तै तिरेका रहेनछन् ।’

    सुरुमा केहि महिना बैंकमा किस्ता तिरेका अध्यक्ष वाइवा लगातार ११ महिनासम्म बैंकमा फर्केनन् । बैंकमा नफर्केपछि ऋणी खोज्दै जव बैंक घरघर पुग्यो तब अध्यक्षको बदमासी पर्दाफास भयो । ‘हामीले सहकारीलाई किस्ता बुझाइरहेकै थियौ, तर किस्ता बुझाएन भनेर बैंकका मान्छे घरमा आउदा त हामी छाँगाबाट खसे झै भयौ’ अर्की सदस्य धनकुमारी लामाले भनिन् । सहकारी दर्ता भएपछि अध्यक्ष वाइवाले लेखा परिक्षण समेत ४ बर्षसम्म नगराएको खुलेको छ । सदस्यहरुको दवावमा यस बर्ष लेखापरिक्षण गराउदा अध्यक्षले झण्डै ४० लाख रुपैया तिर्नुपर्ने देखिएको सदस्य लामाले बताइइन् । ‘हामी त सबै विस्वासमै थियौ, यस्तो होला भन्ने चिताएकै थिएनौ’ उनले भनिन् ‘अहिले आएर विचल्लीको स्थिती भयो, पैसा पनि जाने, जग्गा पनि लिलामी हुने ।’

    अध्यक्षको बदमासी देखेपछि अधिकांश सदस्यहरुले आफुले लगेको बाँकी ऋण बराबरको रकम सदरमुकाममा रहेको बैंक शाखामा गएर चुक्ता गरेको बताउछन् । आफ्नो ऋण बराबरको रकम तिरेपछि सम्बन्धित जग्गा फुकुवा गर्ने आश्वासन बैंकले पनि दिएको उनिहरुको दावी छ । ‘बैंकले आफ्नो पैसा चुक्ता गर्नुस् जग्गा फुकुवा गर्दिन्छु भनेको हो’ लामाले भनिन् ‘हामीले चुक्ता गरेपछि बैंकले पनि अध्यक्षबाट सबै रकम नआई मिल्दैन भनेर झुक्काए, अहिले सबैको जग्गा लिलामी गर्दैछौ भनेर वार्निङ लेटर आएको छ ।’

    गत पौष ४ मा बैंकबाट पत्र आएपछि अध्यक्षलाई कारबाहीको माग गर्दै बिभिन्न निकायमा समेत धाएको उनिहरु बताउछन् । सुरुवाती चरणमा २ पटकसम्म पालुङ्टार नगरपालिकाको न्यायिक समिति र इलाका प्रहरी कार्यालयमा उनिहरु गए । तर आश्वासन बाहेक केहि नपाएपछि बाध्य भएर जिल्ला प्रशासन कार्यालय आउनु परेको पिडितको गुनासो छ । उनिहरुले कार्यालयमा अध्यक्ष मैदबहादुर वाइवालाई कानुनी कारबाही र असुलउपर गरिदिन माग गरेका छन् ।

    उता अध्यक्ष वाइवा भने आफुमाथी लगाइएको सबै अरोपमा सत्यता नभएको जिकिर गर्छन् । ‘उनिहरुले भने जस्तो ४० लाख होइन १५÷१६ लाख जति मैले तिर्नुपर्ने हुन्छ’ वाइवाले भने ‘उनिहरु मन लागे किस्ता तिर्ने नलागे नतिर्ने । २२ महिनासम्म त सबैको किस्ता मैले नै तिरिदिएको हुँ, अहिले आएर हिसाब खोजेर हुन्छ ?’ उनले प्रतिप्रश्न गरे । यता साँग्रिला विकास बैंक भने ऋण सबै चुक्ता नभई जग्गा फुकुवा गर्न नमिल्ने बताउछ । ‘जग्गा फुकुवा हुन त ऋण चुक्ता हुनै पर्छ’ बैंकका कर्जा विभागका सन्दिप श्रेष्ठले भने ‘किस्ता नतिरेपछि म आफै १ हप्तासम्म उहाँहरुको घरघर गएको हुँ, अहिले आएर केहिले चुक्ता गर्नुभएको छ, तर सबै नआई फुकुवा गर्न हाम्रो पोलिसीले मिल्दैन ।’

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, साउन १४, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.