गोरखा समाचारदाता
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गोरखाको ११ किलो छेपेटार-भालुस्वाँरा-बारपाक सडकको ठेक्का तोडेको छ। सडक विभागको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले निर्माण व्यवसायी नागार्जुन त्रिशुली जेभी बालाजु काठमाडौंलाई गोरखापत्रमा आइतबार सूचना निकालेर ठेक्का तोडेको जानकारी दिएको हो।
समयमा सडक निर्माण कार्य सम्पन्न नगरेको भन्दै कार्यालयले गएको माघ ६ गते अन्तिम पटकका लागि काम सुरू गर्न समय दिएको थियो। वैशाख १२ गते फेरि स्पष्टिकरण सहित सम्पर्कमा आउन पत्राचार गरे पनि ठेक्का पाएको निर्माण कम्पनी सम्पर्कमा आएको थिएन। कार्यालयले सार्वजनिक खरिद नियमावली २०६४ बमोजिम उक्त ठेक्का तोडेको जानकारी गराएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक प्रधानमन्त्री भएका बेला २ बर्ष भित्र बारपाक सडक कालोपत्रे गर्ने बताए पनि अहिलेसम्म यो सडक कच्ची नै छ।
जाईकाद्वारा निर्माण गरीदिएको राङरुङ खोला पुल



