गोरखा समाचारदाता
अनाथ बालबालिकाको सहयोगार्थ लियो क्लब अफ गोरखाले सदरमुकाममा रमाइलो गाईजात्रा साँझ गर्ने भएको छ ।
जिल्लामा रहेका अनाथ, असाहाय विद्यार्थी बालबालिकाहरुको शैक्षिक सामाग्री सहयोगका लागि साउन २५ गते सनिबार क्लबले सो कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ । युवाहरुलाई सामाजिक काममा प्रेरित गर्दै आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुको शैक्षिक स्तर अघि बढाउन कार्यक्रम गर्न लागेको क्लबका द्धितिय उपाध्यक्ष सुमन श्रेष्ठले बताए ।
अघिल्लो बर्ष समेत गाइजात्रा साँझ आयोजना गरेर करिब १ लाख रुपैयाले बिभिन्न विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेको क्लबले यस बर्ष समेत कार्यक्रमलाई निरन्तरता दिदै बिभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको उपस्थितीमा कार्यक्रम गर्न लागेको हो ।
रानीपोखरी परिसरमा हुने कार्यक्रममा लोकदोहोरी गायिका शान्ती श्री परियार, दिपसागर थापा, हरिराम परियार, हाँस्य कलाकार दिपक थापा लगायतका कालाकारहरुको सहभागी हुने कार्यक्रम संयोजक बालकृष्ण परियारले बताए । कार्यक्रममा करिब ५ लाख ८० हजार खर्च हुने आयोजकले अनुमान गरेको छ ।



