×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ५ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ९ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १० घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

राष्ट्रपतीय निर्वाचनअघि अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने ट्रम्पको दाउ

  •  
  • मङ्गलबार, साउन १४, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले सन् २०२० सम्ममा अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्न सुरु गर्ने अमेरिकाको योजना रहेको बताएका छन्।

    यो लामो समयदेखिको द्वन्द्वबाट अमेरिकालाई अलग गर्ने राष्ट्रपति डोनल्ड ट्रम्पको प्रतिबद्धताको स्पष्ट सङ्केत हो।

    वाशिङ्टनमा बोल्दै विदेशमन्त्री पोम्पेओले राष्ट्रपतीय निर्वाचनअघि सैनिक फिर्ता गर्न सुरु गर्ने योजना खुलाएका हुन्।

    उनले राष्ट्रपतिबाट आफूले आउँदो वर्षको नोभेम्बर महिनामा हुने निर्वाचनसम्ममा उक्त क्षेत्रमा अमेरिकी सैनिकको सङ्ख्या घटाउने निर्देशन पाएको जानकारी दिए।

    वार्तामा बल

    पोम्पेओले राष्ट्रपति ट्रम्पको निर्देशन “अन्त्यहीन युद्धको समाप्ति”बारे स्पष्ट रहेको बताए।

    अफगानिस्तानमा अमेरिकी उपस्थिति घटाउने राष्ट्रपतिको प्रतिबद्धताले अहिले जारी सघन शान्तिवार्तालाई बल दिने ठानिएको छ।

    अफगानिस्तान

    अमेरिका र तालिबान दुवै पक्षका वार्ताकारहरूले आफूहरूबीचको संवाद सहमतिको नजिक पुगेको बताएका छन्।

    त्यसले अमेरिकाको बहिर्गमनको बाटो खुला गर्न सक्छ।

    तर त्यो कुन मूल्यमा भन्ने केही विश्लेषकहरूको प्रश्न छ।

    सङ्ख्या

    बीबीसीका संवाददाताका अनुसार मानवाधिकार, कानुनको शासन र तालिबानले मान्यता दिन अस्वीकार गर्दै आएको अफगान सरकारको भविष्यको सुनिश्चिततालाई लिएर आशङ्काहरू जीवित छन्।

    गत साता समाचार संस्था रोएटर्सले विदेशमन्त्री पोम्पेओ र अफगान राष्ट्रपति अशरफ गनीबीच तालिबानसँगको युद्ध अन्त्य गर्ने प्रयास तीव्र पार्न सहमति भएको साथै पोम्पेओ शान्ति सम्झौता हुनेमा आशावादी रहेको उल्लेख गरेको थियो।

    अफगानिस्तानमा रहेको अमेरिकी फौजको सङ्ख्या झन्डै १४ हजार छ।

    अफगानिस्तानमा अमेरिकी उपस्थिति कुनै पनि युद्धमा उसको अहिलेसम्मकै लामो संलग्नता हो।

    ट्रम्प प्रशासनले बहिर्गमनको योजना बनाएपछि अमेरिकी वार्ताकारहरू तालिबान र अफगान अधिकारीहरूसँगको शान्ति वार्तामा संलग्न छन्।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, साउन १४, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.