×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ५ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ९ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १० घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

७० करोडको कालोपत्रे सडक एक महिनामै भासियो

  •  
  • मङ्गलबार, साउन १४, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    विकास मरहट्टा

    १४ साउन, गोरखा । ७० करोड रुपैयाँ खर्च गरेर कालोपत्रे गरिएको गोरखाको सिरानचोक गाउँपालिकाको सडक एक महिना नबित्दै भत्किएको छ । लुइँटेल भञ्ज्याङदेखि चित्रेपोखरीसम्मको सडकको पहिलो खण्ड ठाउँ ठाउँमा भासिएको छ र केही ठाउँमा पहिरोले छोपेको छ ।

    ‘सडक बनाएको एक महिना पनि भएको छैन भत्किन थालिसक्यो,’ सिरानचोक गाउँपालिका–३ ठानीस्वाँराका स्थानीय ईश्वर लम्सालले भने, ‘कतै भासिने कतै लच्किने भएको छ, ठेकदारले कस्तो काम गर्‍यो खै !’

    चिउरीबोटमा ग्याविन वाल नै भत्किएर सडक भासिएको छ । भत्किएको सडकमा गाडी चल्नै नसक्ने अवस्था आएको स्थानीय अशोक गुरुङले बताए । चिउरीबोट मात्र होइन थुम्की र साततलेमा समेत सडक भत्किएको र ठाउँठाउँमा ‘ग्याविन वाल’ बगाएको स्थानीयले गुनासो गरेका छन् ।

    भूकम्पीय आपतकालीन सहायता परियोजना अन्तर्गत एशियाली विकास वैंकको ७० करोड रुपैयाँ र स्वीस सरकारको प्राविधिक सहयोगमा लुइँटेल भञ्ज्याङदेखि भच्चेकसम्मको करिव ३० किलोमिटर सडक कालोपत्रे भएको थियो ।

    दुई खण्डमा विभाजन गरी ठेक्का लगाइएको उक्त सडकको पहिलो खण्डको १७.६ किलोमिटर सडक लामा अमर जेभी कन्स्ट्रक्शनले कालोपत्रे गरेको हो । उक्त सडक कालोपत्रेका लागि ४० करोड ४१ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गत अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाइ गोरखाले जनाएको छ । १२.९७ किलोमिटरको दोस्रो खण्डका लागि २९ करोड रुपैयाँमा लामा कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएर कालोपत्रे गरिएको इकाइका इन्जिनियर शैलेन्द्र भट्टले बताए ।

    दोस्रो खण्ड भन्दा पहिलो खण्डमा बढी समस्या आएको स्थानीयले बताएका छन् । ‘ग्याविन वाल पनि गतिलो लगाएको छैन, ठाउँठाउँमा पहिरिएर सडक भासिएको छ, नाला पुरिएको छ । कालोपत्रे पनि देख्नको मात्रै छ, गाडीले ब्रेक लगायो भने भत्किएला जस्तो,’ पालुङटार नगरपालिका–४ का स्थानीय सुन्दर विश्वकर्माले भने ।

    ठेकेदारले काममा लापरवाही गरेको भन्दै उनले आक्रोशसमेत व्यक्त गरे । ‘सडक बनाउन भनेर घर उक्लिने सिँढी भत्काइदिए, अहिले सिढी पनि हालिदिएनन्, घर उक्लिनै समस्या छ,’ सिरानचोक गाउँपालिका–३ सापकोटा गाउँका स्थानीय मिठुराम दमाइले भने ।

    घरै अगाडि काम अधुरो गरेको ठानीस्वाँरा हर्मीका टेकबहादुर नेपालीको गुनासो छ । ‘खोपिल्टो छ, ठाउँठाउँमा भासिएको छ, नाली पनि गतिलो बनाएको छैन, नाली छुने गरी कालोपत्रे गरिदेउ भन्दा पनि मानेनन्,’ उनले भने । अनुगमनका लागि आएको टोलीले पनि राम्र्ररी अनुगमन नगरेको उनले गुनासो गरे ।

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार विकास इकाइका गोरखा प्रमुख रामशरण आचार्यले भत्किएको सडक मर्मतका गर्न ठेकेदारलाइ भनिसकेको बताए । ‘ठेकेदारालाइ ओर्क अर्डर दिइसकेका छौ, मर्मतको काम भइरहेको छ,’ उनले भने ।

    सिरानचोक गाउँपालिका–३ चिउरीबोटमा गएको पहिरो हटाउने काम बुधबारदेखि शुरु हुने उनले दावी गरे । पहिरोका कारण दुइ सातादेखि उक्त सडकखण्डमा सवारी आवागमन ठप्प छ । यातायात ठप्प हुँदा स्थानीयले समस्या भोग्नुपरेको छ ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, साउन १४, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.