×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ५ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ९ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १० घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

दरौंदी लिफ्टिङको पानी दशै सम्म

  •  
  • आइतबार, साउन १२, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल

    साउन १२ गते । जिल्ला सदरमुकामका स्थानीयले आउँदो दशैमा दरौंदी लिफ्टिङको पानी उपभोग गर्न पाउने भएका छन् । आयोजनाको काम अन्तिम चरणमा पुगेसँगै दशैबाट उपभोक्ताले पानी प्रयोग पाउने भएका हुन् । ‘८५ प्रतिशत काम सकिएको छ, यो विचमा अरु काम हुन्छ’ संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख रामचन्द्र काफ्लेले भने ‘आगामी दशै अघि उपल्लोकोटमा पानी पु¥याउने हाम्रो योजना छ ।’ सोही अनुरुप उपभोक्ताहरुले पनि सहजीकरण र समन्वय गरिहेका छन् । जग्गा प्राप्ती देखि स्थानीय स्तरमा आउने समस्याको समाधान गर्ने काम उपभोक्ता समितिले गरेको छ । ‘कसरी छिटो काम गर्न सकिन्छ भनेर हामीले कन्टूयाक्टरलाई सहयोग र समन्वय गरिरहेका छौं’ दरौंदी गोरखा (बृहत पम्पिङ) खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष बद्रि मास्केले भने ‘दशैसम्म पानी ल्याउने हाम्रो पनि जोड छ ।’

    गोरखा नगरपालिका–३ को जरेबर स्थित दरौंदी नदिको किनारबाट विद्युतिय प्रबिधि (लिफ्टिङ) मार्फत तानिएको पानी सर्वसाधरणको धारामा पु¥याइने छ । त्यसका लागि ८ वटा लिफ्टिङ र अन्य २३ वटा वितरण ट्याङ्की निर्माण गरिएको छ । ‘पाँच लिफ्टमा दरौंदीको पानी उपल्लो कोटमा पुग्छ’ उनले भने ‘अनि हामी जसले जहाँबाट पानी खाइरहनुभएको छ, सोही ट्याङ्की मार्फत दरौंदीको पानी उहाँको घरघरमा पु¥यादिन्छौं ।’ गोरखा नगरपालिकाको वडा नम्बर ३ देखि ९ सम्मका विभिन्न २३ खानेपानी तथा सरसफाई उपभोक्ताले दरौंदी लिफ्टिङको पानी प्रयोग गर्न पाउँ भनि निवेदन दिएका छन् ।

    तीनै समितिले सञ्चालन गरेका साबिककै ट्याङ्कीसम्म दरौंदीको पानी घरघरमा पु¥याइनेछ । ‘हामीले अहिले सञ्चालन भइरहेका आयोजनालाई होलसेलमा पानी उपलब्ध गराउने हो’ उपभोक्ता संस्थाका अध्यक्ष मास्केले भने ‘पुरानै सिस्टमलाई एक्टिभ गरी अपुग पानी दिन्छौं त्यसपछि उपभोक्ताले पानीको समस्या झेल्नु पर्दैन ।’ दरौंदी लिफ्टिङको पानी प्रयोग गरेपनि उपभोक्ताले साबिकै समितिमा महसुल बुझाउनु पर्नेछ । ६० करोड लागतमा ४ हजार ८ सय ४८ घरधुरीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उदेश्य सहित २०७४ असारबाट आयोजना निर्माण सुरु गरिएको हो ।

    २०७७ असारसम्म समयसिमा रहेपनि केही महिना भित्र काम सम्पन्न हुने अबस्थामा पुगेको छ । ‘विद्युतले हेम्पर गरेन भने हामीलाई अबरोध गर्ने अरु कुनै कारण छैन’ निर्माण कम्पनीका प्रतिनिधिले भने ‘साउनसम्म विद्युतको काम सकियो भने दशै अघि हामी पानी दिन सक्छौं ।’ नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गोरखाले साउन भित्र विद्युत जडानको काम सम्पन्न गर्ने प्रतिवद्धता जनाएको आयोजना प्रमुख काफ्लेले बताए ।

    तुदी रमन जेभीले निर्माण गरेको उक्त खानेपानी आयोजनालाई आधुनिक प्रविधि मार्फत सञ्चालन गर्ने कार्यालयले योजना बनाएको छ । शुद्धिकरणलाई समेत विशेष जोड दिएकोले स्वच्छ पानी उपलब्ध हुने बताइएको छ । ‘दरौंदीको इनारमा सम्प वलय मार्फत तानिएको पानी सर्वप्रथम प्रशोधन नगरिएको पोखरीमा हाल्छौं । त्यसपछि थिग्रयाउने ट्याङ्कीमा तानिन्छ’ उनले भने ‘अनि पानी छान्ने पोखरीमा पानी पठाइन्छ र त्यसपछि अर्को ट्याङ्कीमा तानेर किटाणु मार्ने पाउडर समेत हाली हामी रिर्जव ट्याङ्कीमा पानी पु¥याउछौं ।’

    उक्त आयोजनामा उपभोक्ताले जुटाउनु पर्ने लागत सहभागगिता बारे शनिवार छलफल भएको छ । २३ वटा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको सहभागीतामा भएको छलफलमा जुटाउनु पर्ने लागत सहभागी उपलब्ध गराउन आफू तयार रहेको उपभोक्ता समितिका पदाधिकारीहरुले बताएका छन् ।सोही अनुरुप आगामी भाद्र १५ गतेसम्म उपभोक्ताले बुझाउनु पर्ने ६० लाख रकम उपलब्ध गराउने उपभोक्ता संस्थाका अध्यक्ष मास्केले बताए ।

    ६० करोड लागत निर्माण हुने उक्त आयोजनामा १ प्रतिशत आर्थिक र बाँकी ९ प्रतिशत उपभोक्ताले भौतिक सहयोग उपलब्ध गराउनुपर्ने काफ्लेको भनाई छ । उक्त आयोजनाले चौबिसै घण्टा प्रति सेकेन्ट ३१ लिटर पानी तान्न सक्ने भएकाले जिल्ला सदरमुकाममा अब पानीको समस्या नहुने विश्वास लिइएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, साउन १२, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.