गोरखा समाचारदाता
साउन १२ गते । नेपालमा मानव अधिकारको अबस्था दयनिय हुँदै गएको एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । देशमा राजनितिक संक्रमण सकिएर लोकतान्त्रिक शासन व्यवस्था लागु भएपनि नागरिकले नैसगिंक अधिकार उपयोग गर्न नपाएको उनीहरुले गुनासो गरेका थिए ।
नेपाल मानव अधिकार संगठनको आयोजनामा जिल्ला सदरमुकाम गोरखामा भएको मानब अधिकार शिक्षा विषयक कार्यक्रममा बोल्दै प्रमुख अतिथि गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले केन्द्र र प्रदेशको असहयोगका कारण स्थानीय सरकारले नागरिकका आधारभूत अपेक्षा परिपूर्ती गर्न नसकेको बताए । जनचाहना अनुसारको काम गर्नका लागि आवश्यक जनशक्ति र बजेट उपलब्ध नभएको उनको गुनासो छ । कार्यक्रममा बोल्दै मानव अधिकारीकर्मी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सरकारले संबिधानको मर्म र भावना विपरित काम गरेको दाबी गरेका छन् ।
नागरिकको अधिकार कुण्ठित गर्ने खालका ऐन कानून निर्माण गर्ने, वाक् तथा अभिव्यक्ति स्वतन्तरतामा अंकुश लगाउने, विधि र प्रक्रियाको उंघलन गर्ने लगायतका काम तर्फ सरकारको ध्यान केन्द्रित भएको भन्दै उनले नागरिकको अधिकार संकटमा पर्ने खतरा रहेको आंशका गरे ।
मानव अधिकार संगठनका जिल्ला अध्यक्ष डिलबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा संगठनका केन्द्रिय उपाध्याक्ष शम्भु लामा, पूर्व उपाध्यक्ष डा.गोबिन्द ढकाल, नेपाल बार यशोसियनका जिल्ला अध्यक्ष यादव शर्मा, मानव अधिकार सञ्जालका अध्यक्ष यदुप्रसाद अधिकारी, जेष्ठ नागरिक संघका जिल्ला अध्यक्ष मोहनलाल श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।



