गोरखा समाचारदाता
साउन ११ गते । विगत ३ वर्ष देखि पत्रकारिता क्षेत्रमा समर्पित मनाङका क्रियाशिल यूवा पत्रकार नविन लामिछाने सम्मानित भएका छन् । उनलाई नेपाल टेलिभिजनले उत्कृष्ट संम्वाददाताको रुपमा शुक्रवार संम्मान गरेको हो । उनीसंगै अरु प्रदेशका ७ जना पत्रकारलाई नेपाल टेलिभिजनले उत्कृष्ट संम्वाददाताको रुपमा सम्मान गरेको हो ।
लामिछाने मनाङमा रही दुरदराजका खोजमुलक समाचार संम्प्रषण गर्दै आईरहेका छन् । विकट हिमाली जिल्ला मनाङको हिउ चिसो ,पहाड र उकाली उराली छिचोल्दै मनाङमा भईरहेको गतिविधि उजागर गर्दै आईरहेका छन् । उनको योगदानको कदर गर्दै नेपाल टेलिभिजनले सम्मान गरेको हो । सम्मान कार्यक्रममा प्रमुख अतिथि संञ्चारमन्त्री गोकुल बास्कोटा तथा नेपाल टेलिभजनका उच्च ब्यक्तिहरुले उनका दोसल्ला र प्रमाणपत्रले सम्मान गरे ।
सम्मानपछि लामिछाने आफुले विकट जिल्लामा रहेको संञ्चारक्षेत्रमा पूरयाएको योगदान भएको बताए । सहर केन्द्रित पत्रकारिता र दुरदराजको पत्रकारिता नितान्त फरक र चुनौतिपूर्ण हुने भन्दै पत्रकार लामिछानेले मनाङको प्राकृतिक सौन्दर्यता र त्यहाको भोगाईलाई चित्रण गर्न पाउदा गौरव लागेको बताए । उनले विकट ठाउको कष्ट र मेहनतलाई सच्चा रुपमा मूल्याङ्कन गरेकोले आभार व्यक्त गरे ।
पत्रकार लामिछाने पत्रकार महासंघ मनाङको उपाध्यक्ष तथा एन टिभि र रासस संम्वाददाता हुन् ।



