×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

आईसीसी टी २० मा कुबेत विरुद्ध नेपाल ७ विकेटले विजयी, एसिया फाइनल्सको विजेता बन्ने लक्ष्य नजिक

  •  
  • शनिबार, साउन ११, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    प्रजित शाक्य

    काठमाडौँ, साउन ११ गते । बसन्त रेग्मी र सन्दीप लामिछानेको बलिंग र कप्तान पारस खड्काको ब्याटिंगको सहयोगमा नेपालले शनिबार कुवेतलाई सात विकेटले हराएर आइसीसी टि२० विश्वकप एसिया फाइनल्सको विजेता बन्ने लक्ष्यको नजिक पुगेको छ ।

    सिंगापुरस्थित इन्डियाना एसोसियन क्रिकेट मैदानमा टस जितेर पहिले फिल्डिंग गरेको नेपालले ब्याटिंग पिचमा कुवेतलाई नौ विकेटको क्षतिमा १४१ रनमा रोकको थियो । त्यसपछि पारसले विस्फोटक अर्धशतकीय पालि खेलेपछि नेपालले १५.५ ओभरमा नै तीन विकेटको क्षतिमा १४३ रन बनाएर जित हात पार्यो ।

    नेपालले अब आयोजक सिंगापुरविरुद्ध अन्तिम दिन अन्तिम खेल खेल्नेछ । जुन खेल फाइनलमा परिमार्जित भएको छ । सो खेल जित्ने टिम आइसीसी टि२० विश्वकप एसिया फाइनल्स २०१९ को च्याम्यिन बन्नेछ । नेपालले सिंगापुरविरुद्ध जितेमा युईमा हुने अन्तिम खुड्किलो ग्लोबल विश्वकपमा खेल्न योग्य हुनेछ । सो प्रतियोगितामा शीर्ष छ स्थानमा रहने सके नेपालले सन् २०२० अक्टोबलमा अस्ट्रेलियामा हुने टि२० विश्वकप खेल्नेछ ।

    आयोजक सिंगापुर प्रतियोगितामा अपराजित एक मात्र टिम हो । यद्यपि उसलाई अगाडि बढ्न आइतबार नेपाललाई रोक्नुपर्ने हुन्छ । अंक तालिकाको शीर्ष स्थानमा रहेको सिंगापुरको तीन खेलबाट पाँच अंक छ । नेपाल आजको जितसहित चार अंकसहित दोस्रो स्थानमा उक्लेको छ ।

    पारस खड्काले उपकप्तान ज्ञानेन्द्र मल्लसँग मिलेर पहिलो विकेटका लागि २३ बलमा ४४ रनको साझेदारी निर्वाह गरेपछि नै नेपाल सहज जिततर्फ अग्रसर भएको थियो । ज्ञानेन्द्र १३ बलमा १९ रन बनाएर आउट हुनुभयो । मोहम्मद कासिफको ओभरमा लगातार एक छक्का र दुई छक्का प्रहार गरेपछि ज्ञानेन्द्र क्याच आउट हुनुभयो ।

    यद्यपि पारसले ४२ बलमा ६८ रन बनाएर ज्ञानेन्द्र आउट भएको दबाब नेपाललाई पर्न दिनुभएन । टि २० अन्तर्राष्ट्रिमा पारसको यो तेस्रो अर्धशतकीय पालि हो । नेपालका लागि यस संरचनामा तीन अर्धशतक बनाउने पारस एक मात्र ब्याट्सम्यान पनि हुनुहुन् छ। पारसको कप्तानी पालिमा एघार चौका र एक छक्का सामेल थियो । यसैगरी, अर्का अनुभवी ब्याट्सम्यान शरद भेष्वाकर ३० बलमा ३८ रन बनाएर अन्तसम्म आउट हुनुभएन । उहाँले चार चौका र एक छक्का पहार गर्नुभयो । नेपालले खेल जित्दा शरदसँगै रोहित पौडेल (६) हुनुहुन्थ्यो ।
    कुवेतका लागि नेपालले गुमाएका तीन विकेट कासिफले लिनुभयो । कासिफले ज्ञानेन्द्र र पारससँगै दिपेन्द्र सिंह ऐरी (१ रन) लाई पनि आउट गर्नुभएको थियो ।

    यसअघि, तेज बलर करण केसीले प्रारम्भिक ब्याट्सम्यान मित भाब्सरलाई पाँच रनमा पवेलियन फर्काएर नेपाललाई शानदार सुरुवात दिलाउनुभएको थियो । अदनान इद्रिस र सविना सान्दरुवानले दोस्रो विकेटका लागि तेज गतिमा ३१ रनका साझेदारी निर्वाह गरी पालि उकास्ने प्रयास गर्नुभयो । यद्यपि अनुभवी स्पीनर बसन्त रेग्मीले आप्mनो पहिलो ओभरमा नै दुई झटका दिएर कुवेतको पालि कमजोर बनाउनुभयो । कुवेतको पालिको छैटौँ ओभरमा बसन्तले अदननलाई २५ र सान्दरुवानलाई १५ रनमा आउट गर्नुभयो । अदनान चार चौका प्रहार गरेर शानदार लयमा देखिनुभएको थियो ।

    त्यसपछि नवौँ ओभरमा पनि नेपाललाई दुई विकेट प्राप्त भयो । स्टार स्पीनर सन्दीपले विलाल ताहिर र उस्मान वाहिदलाई शुन्यमा पवेलियन फर्काउनुभयो । जसले कुवेतको स्कोर पाँच विकेटको क्षतिमा ६४ रन भएको थियो ।

    यस्तो संकटको समयमा कुवेतका मोहम्मद कासिफले३६ बलमा चार छक्का र दुई चौकासहित विजित ४९ रन बनाएर कुवतेको पालि सम्मानजनक बनाउनुभएको थियो । तर कप्तान पारसको अर्धशतकीय पालिले सो स्कोर पनि नेपालका लागि सामान्य बन्यो ।

    नेपाल कालागि सन्दीप र बसन्तले समान तीन, तीन विकेट लिनुभयो । बसन्तले चार ओभरमा २० र सन्दीपले चार ओभरमा २१ रन दिनुभयो । बसन्त तीन विकेट लिएर टि२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि सवाृधिक विकेटकर्ताको सूचीम अग्रस्थानमा उक्लनुभएको छ । बसन्तको विकेट संख्या २५ पुगेको छ । सोमपालको खातामा २३ विकेट रहेको छ ।

    gorkhapatra

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, साउन ११, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.