×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ५ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ९ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १० घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

कतारमा नेपाली कामदारलाई झुक्याएर २ करोड ऋण

  •  
  • शनिबार, साउन ११, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    • कम्पनीले ५७ नेपालीमध्ये ५४ जनालाई तलब नदिई फर्काएको छ । तीन नेपाली कामदारका नाममा बैंकबाट ऋण निकालेर अलपत्र पारेको छ । उनीहरुले पनि ९ महिनादेखि तलब पाएका छैनन् । न त घर फर्कन पाएका छन् ।

    होम कार्की

    श्रावण ११, २०७६ काठमाडौँ — बर्दियाका उमेश थारू स्वदेश फर्कन कतारको गृह मन्त्रालयअन्तर्गतको खोज तथा अनुगमन विभाग (एसफडी) पुगेका थिए । उनी कार्यरत साइमा समूह कम्पनीले नेपाल पठाइदिन्छु भन्दै टारिरहेको थियो ।

    कम्पनीले पठाउने छाँट नदेखाएपछि उनले ९ महिनाको बाँकी तलब छाडी घर फिर्नका लागि आफैंले टिकट काटेर विभाग पुगे । तर विभागले उनलाई नेपालको होइन, अदालतको बाटो देखाइदियो ।
    विभागले कतारमा कार्यरत आप्रवासी कामदारको आगमन, बसोबास र निष्कासनसम्बन्धी मामिला हेर्छ । जसलाई नेपाली कामदारले सीआईडी कार्यालय भनेर बुझ्छन् । रोजगारदाता कम्पनीले नेपाल नपठाइदिएपछि उमेश, धनुषाका रामविनय महरा र सिरहाका विजन माझी एसफडीको कार्यालय पुगेका थिए । ‘तिमीहरूलाई बैंकले कालोसूचीमा राखेको छ, कतारबाट बाहिर निस्कन पाउँदैनौ,’ एसफडी कार्यालयमा रहेका प्रहरीले उनीहरूलाई भने, ‘सिभिल कोर्टमा मुद्दा छ । त्यहाँ गएर बुझ्नू । कालोसूचीबाट नहटेसम्म पठाउन मिल्दैन ।’ उनीहरू मुद्दाबारे बुझ्न दफनास्थित सिभिल अदालत पुगे ।
    कम्पनीले उपलब्ध गराएको अंकमा (परिचयपत्र) कर्मचारीलाई देखाए । कर्मचारीले परिचयपत्रको नम्बरका आधारमा मुद्दाको कागज निकालिदिए । कतारको ४० वर्ष पुरानो कमर्सियल बैंकले ऋण र ब्याज नतिरेको भन्दै मुद्दा हालेको रहेछ । कागजमा लेखिएअनुसार उमेशले २ लाख १ हजार २ सय रियाल (६० लाख ३६ हजार रुपैयाँ), रामले ३ लाख रियाल (९० लाख रुपैयाँ) र विजनले १ लाख ९५ हजार रियाल (५८ लाख ५० हजार रुपैयाँ) तिर्न बाँकी रहेछ ।
    तीनै जना छाँगाबाट खसेझैं भए । कम्पनीले तलब नदिएको ८ महिना भइसकेको थियो । खाना दिएको थिएन । पैसा नभएर घरबाट टिकट मगाइएको थियो । ‘हामीलाई थाहै छैन, यत्रो ऋण हाम्रो नाममा बैंकबाट कसले निकाल्यो ?’ रामविनयले भने, ‘हामी उपस्थित नभई बैंकले कसरी ऋण दियो ?’
    कसलाई सोध्न कहाँ जाने ? कम्पनीको कार्यालय जाऊँ, ठेगाना थाहा छैन । कम्पनीका मुदिर (म्यानेजर) सम्पर्कविहीन छन् । कतारी स्पोन्सर (मालिक) लाई चिनेको छैन । तीनै जना अलमलमा परे । उनीहरूले दोहाको अबुहम्मरस्थित नेपाली दूतावासका श्रम सहचारी नरेन्द्र ज्ञवालीसमक्ष समस्या सुनाए । दूतावासले निकै प्रयास गर्दा पनि कम्पनीका व्यवस्थापक भारतीय नागरिक कृष्णकुमार जोशी दूतावास आउन मानेनन् ।
    कतारबाट बाहिर भाग्ने स्थिति भएपछि दूतावासको अनुरोधमा कृष्णकुमारलाई कतारबाहिर जाने अनुमति रोकियो । कम्पनीमा ५७ जना नेपाली कामदार थिए । कम्पनीले सन् २०१७ को अन्तिमबाट कामदारलाई काम दिन सकेको थिएन । कम्पनीले सनैया २१ नम्बरस्थित क्याम्पमा कामदारलाई राखेको थियो । कामदारले तलब र काम नपाएपछि सन् २०१८ फेब्रुअरीमा श्रम विभागमा उजुरी हालेका थिए । विभागमा रोजगारदाता उपस्थित नभएपछि अदालतमा मुद्दा गयो । कम्पनीले ८ महिना लगाएर ५४ जना कामदारलाई नेपाल पठायो तर उमेश, राम र विजनलाई पठाएन ।
    कम्पनीले उनीहरूको नाममा ऋण निकालेको रहेछ । ‘हाम्रो राहदानी कम्पनीसँगै थियो,’ उमेशले भने, ‘तलब नदिई हामीलाई भोकै राखियो । घर फिर्ता पठाउनुको साटो उल्टो हाम्रै नाममा ऋण झिकेछ ।’
    कहिले घर फिर्ने ?

    मुद्दाको अन्तिम टुंगो नलागेसम्म उनीहरू स्वदेश फिर्न पाउने छैनन् । उमेश पहिलो पटक २०१४ मा लेबर भिसामा कतार गएका थिए । कम्पनीले स्काप फोल्डिङको तालिम दिएपछि उनले लेबर काम गर्न छाडे । ‘सुरुमा न्यूनतम तलब ८ सय र खाना २ सय रियाल थियो,’ उनले भने, ‘स्काप फोल्डिङको काम दिएपछि एक हजार रियाल तलब र २ सय खानाका लागि दिन थाल्यो ।’

    उनी दुई वर्ष करारपत्र पूरा गरेपछि पुनः त्यही कम्पनीमा काम गर्न गएका थिए । घर बिदा सकेर फर्केपछि कम्पनी धराशायी हुन थालेको हो । ‘हामीलाई सप्लाइको रूपमा पठाउँथे, काम गर्ने निश्चित प्रोजेक्ट थिएन, कम्पनीले जहाँ काम पाउँथ्यो, त्यहीं पठाउँथ्यो,’ उनले भने, ‘कहिले रेल बनाउने लाइनमा काम गर्न पुग्यौं । कहिले कतार ग्यासमा स्काप फोल्डिङको काम गर्‍यौं ।’

    उनी घर फर्कन नपाएको चार वर्ष पुगेको छ । ‘एक वर्षअगाडि नै घर जान खोजेका हौं, ७ महिनाको तलब पनि माया मार्‍यौं, अब यसरी ऋणको भारी बोकाइदिएको छ भन्ने के थाहा ?’ उनले भने, ‘कम्पनीले हाम्रो शोषण गर्‍यो । त्यो पनि नपुगेर हामीलाई बन्धकी राखेर ऋण लिइदिएछ । हाम्रो मूल्य त दुई लाख रियाल रहेछ ।’

    अहिले तीनै जना अलगअलग ठाउँमा बस्छन् । उमेश अलजम्बार कम्पनीको क्याम्पमा बस्दै छन् । ‘कम्पनीले क्याम्पको भाडा तिरेको छैन रहेछ, क्याम्पबाट निकालिदियो । एक जना आफन्त अलजम्बार कम्पनीमा काम गर्छन् । उसले आफ्नो रिस्कमा कसैलाई थाहा नदिई भित्र ल्याएर राखिदिएको छ,’ उनले भने, ‘राम र विजन आ–आफ्नै हिसाबले बाहिर बसेका छन् ।’

    उनीहरू दूतावास जाने र अदालत जाने बेला मात्रै भेट गर्छन् । ‘मुद्दा भइराख्ने समयसम्म अर्को कम्पनीमा काम गर्न पाए हुन्थ्यो भनेर एसफडीमा निवेदन दिएको छ । एसफडीले पनि मिलाइदिन्छु भनेको छ तर मिलेको छैन,’ उनले भने, ‘घरमा वृद्ध बुवाआमा हुनुहुन्छ । यस्तो कुरा थाहा पाएपछि तनावमा पर्नुहुन्छ । म पनि तनावमा छु । फेरि अदालतले कस्तो फैसला गर्ने हो ?’

    बैंकको लापरबाही

    कम्पनी ग्यारेन्टी बसे बैंकले कामदारले मागेजति ऋण पत्याउँछ । त्यही आधारमा कम्पनीले ऋण निकाल्न प्रक्रिया सुरु गर्‍यो । बैंकले कामदारलाई सोध्दै नसोधी निकासा गरिदियो ।
    कामदारले बैंकले लापरबाही गरेको बताएका छन् । ‘हामी हजार रियाल कमाउनेलाई के विश्वास गरेर यत्रो ऋण दिइयो ?’ रामले भने, ‘बैंकको अत्यन्तै लापरबाही छ ।’ ऋण लिने प्रक्रियामा बैंकले कहिल्यै पनि उनीहरूलाई सम्पर्क गरेको थिएन । ‘हाम्रो नाममा पैसा लिएर अर्कैलाई दिने ?’ उनले भने, ‘यस्तो जालझेलमा पनि बैंक सहभागी हुँदो रहेछ ।’ कमर्सियल कतारको पुरानो बैंक हो ।
    उक्त ऋण कतारी वा कम्पनीका भारतीय व्यवस्थापक जोशी कसले चलाएको हो खुलेको छैन । दूतावासका अनुसार कामदारको नक्कली हस्ताक्षर गरी बैंकबाट ऋण झिकिएको हो । बैंकबाट विवरण झिक्न दूतावासले कामदारलाई ४५० रियाल दिएको थियो । विवरण झिक्न बैंकलाई यो रकम बुझाउनुपर्थ्यो ।
    ‘बैंकमा हाम्रो पद म्यानेजर र महिनाको २० हजार रियाल तलब देखाइएको रहेछ, हाम्रो नामको एटीएम पनि कम्पनीले नै राखेको रहेछ,’ उमेशले भने, ‘मोबाइल नम्बर पनि अर्कै राखिएको रहेछ,’ उमेशले भने ।
    जालझेल गरेको आरोपमा दूतावासले कम्पनीका स्पोन्सर र भारतीय व्यवस्थापकविरुद्ध अदालतमा मुद्दा हालेको छ । कम्पनीका स्पोन्सर अर्को मुद्दामा जेलभित्रै छन् । ‘दूतावासले मुद्दा दर्ता गर्न प्रतिव्यक्ति ३१ सय रियाल (झन्डै ९२ हजार रुपैयाँ) दिएको थियो,’ उनले भने, ‘हामीले पैसा लिएको छैन भनेर प्रमाण जुटाउनैसमय लाग्यो ।’
    kantipu
    r

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, साउन ११, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.