×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ५ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ९ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १० घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

दिल्लीमा नेपाली बालिकाको बलात्कारपछि हत्या, न्याय माग्दै सांसदले भेटे परराष्ट्रमन्त्री

  •  
  • शुक्रबार, साउन १०, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कृष्ण ओली

    बाजुरा– भारतको राजधानी नयाँदिल्लीमा एक नेपाली बालिकाको बलात्कार प्रयासपछि हत्या गरिएको छ। बाजुराको बुढीगंगा नगरपालिका १ कुडी घर भएकी ९ वर्षीया बालिका लक्ष्मी चदाराको दिल्लीस्थित सक्कपुरमा गत शुक्रबार दिउँसो बलात्कारको प्रयासपछि हत्या गरिएको नयाँदिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश अधिकारीले भारतीय प्रहरीलाई उद्धृत गर्दै जानकारी दिए।

    उनका अनुसार भारतीय नागरिक बसिम अहमद उर्फ सनुले लक्ष्मीको हत्या गरेका हुन्। तीब्र दबाबपछि उनलाई भारतीय प्रहरीले गिरफ्तार गरेको छ। बुवा देब चदाराले चौकीदारी गर्ने घरमा उक्त घटना भएको हो। उक्त घरमा बसिमले होस्टल सञ्चालन गर्दै आएका छन् भने लक्ष्मीकी आमा उक्त होस्टेलमा खाना पकाउने काम गर्दै आएकी थिइन्। लक्ष्मी आमाबुबासँगै बस्दै आएकी थिइन्।

    परिवारका सदस्यका अनुसार अभियुक्त बसिमले आफैंले सञ्चालन गरेको होस्टेलमा लक्ष्मीलाई बलात्कारको प्रयास गरेका थिए। बलात्कार गर्दा चिच्याएपछि घाँटी थिचेर हत्या गरेको परिवारको दाबी छ। चौकीदारी गर्दै आएका लक्ष्मीका बुबाले छोरीलाई बेहोस अवस्थामा फेला पारेका थिए। एसएसपी अधिकारीले पनि सोही घरमा होस्टेल चलाउँदै आएका बसिमले बलात्कारको प्रयासपछि हत्या गरेको पुष्टि गरे।

    छोरीको हत्या भएको खबर पाएपछि देब चदाराले भारतस्थित विभिन्न नेपाली संघ, संगठन नेपाली र राजदूतावाससँग सहयोग मागेका थिए। अन्य नेपालीको सहयोगमा प्रहरी कहाँ मुद्दा दर्ता गर्न र पीडकलाई समात्न सहयोग गरेको नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्रीय महासचिव खगेन्द्रबहादुर सिंहले बताए।

    हत्यारालाई कारवाहीको माग, न्याय माग्दै सांसदले भटे परराष्ट्रमन्त्री 

    बलात्कारको प्रयासपछि हत्या गरिएकी लक्ष्मी चदाराको न्यायका लागि चौतर्फी दबाब बढेको छ। हत्यारालाई कारवाही तथा पीडितलाई न्यायको माग गर्दै सामाजिक सञ्जालदेखि उच्चस्तरीय संयन्त्रले दबाब बढाएका छन्। देशविदेश चारैतिर न्यायका लागि अपिल गरिएको छ। घटनाको कारवाहीमा भारतीय प्रहरी संवेदनशील नभएपछि नेपालीहरुले जनदबाब बढाएका छन्।

    यता जिल्लाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद लालबहादुर थापाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेटेर आवश्यक पहल गर्न अनुरोध गरेका छन्। विदेशी भूमिमा गएर अन्यायपूर्वक जीवन बिताउनु पर्ने अवस्थाको अन्त्य र लक्ष्मीको आत्माको न्यायका लागि सरकारी पहल हुनुपर्ने माग थापाले मन्त्री ज्ञवालीसँग राखेका छन्। भेटपछि सांसद थापाले भने, ‘परराष्ट्रमन्त्री ज्ञवालीजीले घटनाबारे अध्ययन तथा उच्चस्तरीय छलफल गर्ने आश्वासन दिनुभएको छ।’

    यता बुढीनन्दा नगरपालिकाका उपप्रमुख सृष्टि रेग्मीले पनि उच्चस्तरीय परामर्श जारी राखेकी छन्। ‘सरकारले घटनालाई गम्भीर रुपमा लिनुपर्छ, भारतीय मिडिया र प्रहरीले वास्ता नै गरेका छैनन्, यसमा हाम्रो सरकार गम्भीर हुनुपर्छ’, रेग्मीले भनिन्। भारतमा यस्ता घटना धेरै हुने गरे पनि भारतीय दबाबले लुकाउनुपर्ने अवस्था रहेको प्रवासी नेपाली संघ रोहिणी दिल्लीका अध्यक्ष तुलाराम नेपालीले बताए।

    भारतीय प्रहरीले हत्या आरोपित बसिममाथि नाबालिकाको हत्या र बलात्कार प्रयास गरेको आरोपमा दण्डहिनताको दफा ३०२ र यौन अपराधबाट बालबालिकालाई संरक्षण गर्ने सम्बन्धी कानुनअन्तर्गत मुद्दा चलाएको दाबी गरेको छ। भारतीय कानूनअनुसार अपराध प्रमाणित भए अभियुक्तलाई फासीको सजाय हुने भारतस्थित नेपाली दूताबासले जनाएको छ।

    पीडित परिवारका सदस्यका अनुसार पीडकले पैसाको प्रलोभन दिएर घटनालाई नउचाल्न दबाब दिइरहेको छ।

    nagarik

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, साउन १०, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.