×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ५ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ९ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १० घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

भारतको दुर्गम १३२ गाउँमा छोरी नै नजन्मिएको विवरणको वास्तविकता

  •  
  • शुक्रबार, साउन १०, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    सौतिक विश्वास,भारत सम्वाददाता, बीबीसी

    यसैहप्ता केही अघि भारतको उत्तराखण्ड राज्यस्थित १३२ गाउँहरूमा गत तीन महिनामा कुनै पनि बालिकाको जन्म नभएको भन्ने विवरणहरू सार्वजनिक हुँदा चिन्ता व्यक्त हुनुका साथै यस विषयमा सरकारले अनुसन्धान थालेको छ।

    उत्तरकाशी क्षेत्रका ती केही गाउँहरूमा छोरीको जन्म नभएको भन्ने विवरणहरू आएका थिए, जुन क्षेत्रमा ५५० गाउँ र ५ वटा नगरमा झण्डै चार लाख मानिसहरूको बसोबास छ। र त्यहाँको भूगोल पहाडी र दुर्गम छ।

    खासगरि गैरकानुनी रुपमा लिङ्ग पहिचान गरी हुने गर्भपतनका कारण देखिएको लैङ्गिक असन्तुलनको समस्याबाट ग्रस्त भारत जस्तो देशमा त्यस्तो समाचारले ठूलै चर्चा र चिन्ता निम्त्याउनु असामान्य होइन।

    सत्य के हो ?

    तर त्यस्तो समाचार विवरण पूर्ण रुपमा सत्य भने होइन।

    उक्त विवरणमा उल्लेख भएअनुसार गत ‌एप्रिल र जुन महिनाकोबीचमा त्यहाँका १३२ वटा गाउँमा २१६ जना बालकको जन्म भएको थियो भने कुनै पनि बालिकाको जन्म भएन।

    तर अधिकारीहरूले सोही अवधिमा अन्य १२९ गाउँमा १८० जना बालिकाको जन्म भएको र कुनै पनि बालक नजन्मिएको तथ्याङ्क फेला पारेका छन्। त्यसैगरी अरू १६६ गाउँमा ८८ बालिका र ७८ बालकहरू जन्मिएका थिए।

    हिसाब गर्ने हो भने उत्तरकाशीमा एप्रिल र जुन महिनाकोबीचमा कुल ९६१ बालबालिकाको जन्म भएको अभिलेख छ। ती मध्ये ४७९ बालिका र ४६८ जना बालकहरू छन् भने बाँकीको सम्भवत: जन्मने बित्तिकै मृत्यु भएको हुन सक्छ। यो संख्या १००० जना पुरुषको तुलनामा १०२४ जना महिला रहेको उक्त जिल्लाको लैङ्गिक अनुपातसँग सहजै मेल खान्छ। जुन अनुपात राष्ट्रिय औसतभन्दा उच्च नै छ।

    भारतमा महिला पुरुषको राष्ट्रिय औसत ९३३ महिलाका तुलनामा १००० पुरुष रहेको छ।

    अधिकारीहरू भन्छन् उत्तरकाशीका गाउँहरूमा तीन महिनामा कुनै बालिकाको जन्म नै नभएको भन्ने विवरणलाई संचारमाध्यमहरूले स्वयंसेवी स्वास्थ्य तथ्याङ्क संकलनकर्ताहरूबाट लिई आफूखुशी छानेर प्रस्तुत गरेका हुनसक्छ।

    करिब ६ सयजना त्यस्ता स्वयंसेवकहरूलाई ती क्षेत्रमा गर्भवती महिला, शिशुको जन्मको अभिलेख राख्‍नुका साथै खोप र परिवार नियोजनका कार्यक्रम संचालन गर्ने जिम्मा दिइएको थियो।

    सो जिल्लाका वरिष्ठ सरकारी अधिकारी आशिष चौहानले बीबीसीसँग कुरा गर्दै छोरी नजन्मिएको गाउँ भन्ने समाचारलाई गलत रुपमा अर्थ्याइएको आफूलाई लागेको बताएका छन्। उनले यस तथ्यका पछाडिको सन्दर्भलाई बुझ्ने प्रयास नगरिएको भन्दै आफूले यसबारेमा छानबिनको आदेश दिएको पनि बताए।

    २६ जना सरकारी अधिकारीहरू तथ्याङ्क पुष्टि गर्न र वास्तवमै केही समस्या पो छ की भनेर बुझ्न ८२ वटा विभिन्न गाउँहरूमा गएका छन्।

    नमिलेको कुरा के हुन सक्ला त ?

    तथ्याङ्कको प्रस्तुतिमा त्रुटि कहाँनिर भएको हुन सक्ला ?

    उत्तरकाशीभारतको उत्तरकाशीमा दुर्गम पहाडी गाउँहरू छरिएर रहेका छन्

    पहिलो सम्भावना त्यो विवरण नै गलत वा अपूरो हुन सक्छ र स्वास्थ्य स्वयंसेवकहरूबाट त्रुटि भएको हुनसक्छ। एउटा गाउँमा छोरी मात्रै अर्को गाउँमा छोरा मात्रै भनेर गणना गरिएको पनि हुन सक्छ।

    दोस्रो, उत्तरकाशीको जनसङ्ख्या एकदमै पातलो छ। एउटा गाउँको औसत जनसङ्ख्या ५०० जति हुनसक्छ र केही दुर्गम गाउँमा त १०० जना मानिसहरू मात्र बसोबास गर्ने पनि छन्। स्वास्थ्य अधिकारीहरू भन्छन् एउटा सानो गाउँमा १०-१५ वटा घर हुनसक्छन् र त्यस्तो प्रकारको गाउँहरूमा एकथरी लिङ्गका मात्रै शिशुको जन्म भएको तथ्याङ्कले “खासै ठूलो” अर्थ राख्दैन।

    “यदि थुप्रै गाउँहरूमा छोरीको जन्म नै नभएको भए उक्त जिल्लाको लैङ्गिक सन्तुलनमा नकारात्मक प्रभाव पर्ने थियो,” चौहानले भने।

    स्थानीय बासिन्दाहरू त्यहाँ छोरा र छोरीमा भेदभावको कुनै इतिहास नरहेको दाबी गर्दै आफ्नो जिल्लाको राम्रो समग्र लैङ्गिक अनुपातमा जोड दिने गर्छन्।

    हिन्दुस्तान टाइम्स पत्रिकासँग कुरा गर्दै एकजना स्थानीय महिला रोशनी रावतले भनिन्,”छोराको जन्म होस् की छोरी, हामी खाली भगवानसँग नवजात शिशु स्वस्थ र खुशी रहोस् भनेर प्रार्थना गर्छौं।”

    त्यस क्षेत्रमा पुरुषको दाँजोमा महिलाले बढी मेहनत गर्नुपर्छ: खेतमा काम गर्ने, घाँस काट्ने, गाई दुहुने, खानेकुरा पकाउने, घरको सबै काम गर्ने सबै महिला नै हुन्। पुरुषहरूमा मदिराको अम्मलको समस्या चर्को देखिएको छ।

    अधिकारीहरू भन्छन् केही वर्षदेखि तिनीहरूले उकति जिल्लामा महिला भ्रूणहत्या सम्बन्धी तथ्याङ्क संकलन गरेका छैनन्। जिल्लामा तीनवटा अल्ट्रासाउण्ड उपकरणहरू छन् र ती सबै सरकारी क्लिनिकहरूमा रहेका छन्।

    आशिष चौहान भन्छन् त्यहाँ थोरै जनसङ्ख्याका कारण नाफा नहुने हुँदा ठूलो स्तरमा गैरकानुनी गर्भपतन सेवा उपलब्ध भएको देखिँदैन।

    तर यहाँ एउटा उदेक लाग्दो कुरा पनि देखिन्छ।

    एप्रिल र जुन महिनाकोबीचमा भएको ९६१ जन्म मध्ये २०७ घरैमा सुत्केरी भएको अभिलेख छ। ती मध्ये १०९ बालक र ९३ बालिका रहेका छन्। जुन तथ्याङ्कले जिल्लाका समग्र लैङ्गिक सन्तुलन अनुपातलाई नै तरंगित पारिदिएको छ। जिल्लाका एकजना वरिष्ठ चिकित्सा अधिकारी चन्दनसिंह रावत भन्छन् “यो बुझ्नै नसकिने तथ्याङ्क भएको छ। यस विषयमा हामीले थप अनुसन्धान गर्नुपर्छ।”

    अब केही समयपछि नै उत्तराखण्डका “नजन्मिएका छोरीहरू” का बारेमा थप जानकारी प्राप्त हुने अपेक्षा गर्न सकिन्छ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, साउन १०, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.