×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ५ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १० घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १० घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

क्षेप्यास्त्र परीक्षण दक्षिण कोरियाका लागि ‘औपचारिक चेतावनी’

  •  
  • शुक्रबार, साउन १०, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    उत्तर कोरियाले बिहीवार गरिएका दुईवटा नयाँ क्षेप्यास्त्र प्रक्षेपण ‘युद्ध चाहने दक्षिण कोरियालीहरू’ का लागि ‘एउटा औपचारिक चेतावनी’ भएको जनाएको छ।

    उत्तर कोरियाको पूर्वी तटीय क्षेत्र वोन्सानबाट ‘इस्ट सी’ भनेर पनि चिनिने ‘सी अफ जापान’ मा छोटो दूरीका क्षेप्यास्त्रहरू प्रहार गरिएका थिए।

    उत्तर कोरियाली नेता किम जङ-अनले ‘सम्भावित तथा प्रत्यक्ष खतराहरूको सामना गर्नका लागि’ अस्त्रहरूको विकास गर्न आफ्नो मुलुक बाध्य भएको बताएका छन्।

    दक्षिण कोरियाका सेना प्रमुखका अनुसार एउटा क्षेप्यास्त्रले करिब ६९० किलोमिटर दूरीसम्म यात्रा गरेको थियो।

    संयुक्त राज्य अमेरिकाले पनि ती क्षेप्यास्त्रहरू ‘छोटो दूरीको’ भएको पुष्टि गरेको छ।

    ती क्षेप्यास्त्रहरू आफ्नो जलक्षेत्रसम्म नपुगेको जापानले जनाएको छ।

    किमले के भने ?

    किमले नयाँ अस्त्र प्रणालीबाट ‘सन्तुष्ट’ भएको र त्यसको ‘प्रतिरक्षा गर्न सहज नहुने’ दाबी गरेका छन्।

    दक्षिण कोरियाले ‘चेतावनीलाई बेवास्ता गरेर भूल गर्न नहुने’ उनको भनाइ छ।

    दक्षिण कोरियाले तनाव मत्थर पार्ने काममा असहयोगी हुने गतिविधि बन्द गर्न प्योङयाङलाई आग्रह गरेको छ।

    उसले क्षेप्यास्त्र परीक्षणहरू एउटा सैन्य खतरा भएको पनि बताएको छ।

    अमेरिकी विदेश मन्त्रालयले उत्तर कोरियालाई उक्साहटपूर्ण कार्यबाट टाढा रहन आग्रह गरेको छ।

    सन्दर्भ के हो ?

    जुन ३० तारिखमा उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच उत्तर तथा दक्षिण कोरियालाई छुट्ट्याउने असैनिकृत क्षेत्रमा भेटेपछिको प्योङयाङबाट गरिएको पहिलो क्षेप्यास्त्र परीक्षण हो।

    दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाबीचको निर्धारित वार्षिक संयुक्त सैन्य अभ्यासलाई लिएर उत्तर कोरिया क्रुद्ध भएपछि ती परीक्षणहरू गरिएका हुन्।

    अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास रद्द गर्न अस्वीकार गरेका छन्। यद्यपि उनीहरूले उल्लेख्य रूपमा आकार घटाएका छन्।

    गत वर्ष किम र उत्तर कोरियाले पारमाणविक परीक्षण तथा अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्रहरूको प्रक्षेपण नगर्ने बताएका थिए।

    यद्यपि उत्तर कोरियाले पारमाणविक गतिविधिहरू जारी राखेको देखिन्छ।

    उत्तर कोरिया

    गत महिना प्राप्त उसको प्रमुख पारमाणविक केन्द्रका भूउपग्रह तस्वीरहरूले गतिविधिहरू भइरहेको देखाएका थिए।

    कठोर आर्थिक प्रतिबन्धहरू लगाइए पनि प्योङयाङले नयाँ अस्त्रहरूको विकास गर्न सक्ने आफ्ना क्षमता प्रदर्शन गर्ने क्रम जारी राखेको छ।

    उत्तर कोरियाली सञ्चारमाध्यमहरूका अनुसार यसै हप्ताको शुरूतिर किमले एउटा नयाँ प्रकारको पनडुब्बीको अवलोकन गरेका थिए।

    प्योङयाङले गत मेमा पनि छोटो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको थियो।

    सन् २०१७ मा उसले अन्तरमहादेशीय क्षेप्यास्त्र प्रक्षेपण गरेयताको त्यो पहिलो परीक्षण थियो।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, साउन १०, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.