×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ५ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १० घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १० घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

मालाबीमा तीन नेपाली युवती अलपत्र

  •  
  • शुक्रबार, साउन १०, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    • कूटनीतिक सम्बन्ध र पहुँच नहुँदा ७ महिनादेखिको प्रयास निरर्थक

    देवेन्द्र भट्टराई

    श्रावण १०, २०७६ काठमाडौँ — मानव तस्करीको सञ्जाल हुँदै दक्षिणपूर्वी अफ्रिकी मुलुक मालाबी पुगेका तीन नेपाली युवतीको ७ महिना बित्दा पनि उद्धार हुन सकेको छैन । मालाबीसँग नेपालको कूटनीतिक सम्बन्ध नरहेको र दक्षिण अफ्रिकास्थित नेपाली नियोगले पनि तस्करीमा परेका युवतीबारे प्रत्यक्ष सरोकार नराख्दा उद्धार प्रक्रिया अल्झिएको हो ।

    मालाबीस्थित गैरआवासीय नेपाली संघ ९एनआरएनए० का अध्यक्ष दीपक पोखरेलका अनुसार गत वर्ष माघको सुरुमै मुम्बई र दुबईको नाका हुँदै पुगेका युवती अलपत्र परेको जानकारी संघले ५ महिनाअघि पाएको हो । ‘हामीले सुरुकै दिनदेखि उद्धारमा समन्वय गर्दै आएका हौं,’ पोखरेलले भने, ‘आवश्यक कागजात र भिसासमेत नरहेको अवस्थामा यहाँको मानव अधिकारसहितको सहयोगका सरकारी ‘सेफ हाउस’ मा राखिएको थियो । तर यसै साताबाट उनीहरू त्यहाँबाट भगौडा बनेको सूचना छ ।’

    परराष्ट्र मन्त्रालयको पश्चिम एसिया महाशाखाका अनुसार, मालाबी पुगेर बिचल्ली पर्नेमा काभ्रेपलाञ्चोककी २५ वर्षीया सीता खनाल, सिन्धुलीकी ३२ वर्षीया सीता थिङ र प्यूठानकी वसन्ता जैसी छन् । ‘हाउसमेड’ का रूपमा काम गर्न भनी मालाबी पुर्‍याइएका यी युवतीबारे जानकारी पाएर परराष्ट्र र गृह मन्त्रालयले ५ महिनाअघि उद्धारका लागि पत्राचार थालेका थिए ।

    तर दक्षिण अफ्रिकाको नियोगले पनि मालाबी मामला हेर्ने कूटनीतिक सम्पर्कको दिल्ली वा न्युयोर्क कार्यालयबाट आवश्यक पहल गर्नुपर्ने भएकाले युवती थप बिचल्लीमा पुगेका हुन् । दक्षिण अफ्रिकाबाट मालाबीको हवाई उडान ३ घण्टा लामो छ ।

    कुनै कूटनीतिक जिम्मेवारी वा अनिवार्य सहप्रमाणीकरण नभएको अवस्थामा दक्षिण अफ्रिकाको प्रिटोरियास्थित नियोगबाट कुनै नेपाली अधिकारी अहिलेसम्म मालाबी गएकै छैनन् । युवतीहरूलाई केही महिना ‘बन्धक’ बनाएर राखिएको सूचना पाएपछि स्थानीय मानव अधिकार निकाय, एनआरनएको समन्वयमा ‘सेफ हाउस’ लगिएको थियो ।

    ‘युवती बिचल्ली परेकोबारे जानकारी पाएका छौं,’ प्रिटोरियास्थित नेपाली नियोगका कार्यवाहक राजदूत घनश्याम लम्सालले कान्तिपुरसँग भने, ‘त्यहाँ कानुनी प्रक्रिया लड्न भाषागत समस्या हुने भएकाले राष्ट्रसंघीय नियोगमा काम गर्ने एक नेपाली प्रतिनिधिमार्फत समन्वयको काम पनि गरिरहेका छौं ।’ मालाबीको राजधानी लिलोङवेमा रहेको सेफ हाउसबाट झन्डै ४ घण्टा बसयात्रामा पुगिने जुम्बा सहरमा युवतीहरू गएको जानकारी आफूले पाए पनि तत्काल कम्पनीको काम छाडेर जान नसकेको एनआरनए अध्यक्ष पोखरेलले बताए ।

    युवतीको उद्धार गर्न गृह मन्त्रालयको शान्तिसुरक्षा तथा अपराध नियन्त्रण शाखाले गत फागुनमै परराष्ट्र मन्त्रालयमार्फत इन्टरपोललाई पत्र पठाएको देखिन्छ । तर केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० र प्रहरीकै मानव बेचबिखन ब्युरोसमेत यसबारे बेखबर रहेको पाइयो । ब्युरोका प्रमुख प्रहरी उपरीक्षक गोविन्द थपलियाले भने, ‘मालाबीको युवती प्रकरणबारे हामीकहाँ कुनै रिपोर्ट आएको छैन ।’

    अलपत्र युवतीको उद्धार र आश्रयका लागि माइती नेपालले पनि पहल गर्दै आएको छ । तर अलपत्र युवतीको उद्धार समन्वय जुट्न नसकेको अध्यक्ष विश्वराम खड्काले बताए । आकारमा नेपालभन्दा सानो र गरिब अफ्रिकी भूपरिवेष्टित मुलुक मालाबीमा अहिले झन्डै दुई दर्जन नेपाली कार्यरत छन् ।

    kantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, साउन १०, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.