×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ५ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १० घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १० घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

‘लत्रिएको बिजुलीको तार समाएर बाँचेँ’

  •  
  • शुक्रबार, साउन १०, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बेलिना थापा

    लमजुङ, साउन १० गते । ‘कसरी बाँचेँ भन्ने कुरा अहिले राम्ररी भन्न सक्दिनँ । यस्तो दशा आइलाग्ला भन्ने कल्पना पनि गरेको थिइनँ’, लमजुङ सामुदायिक अस्पतालमा उपचार गराइरहेका अर्जुन आलेले काँपेको स्वरमा भन्नुभयो, “बाँच्ने दिन अझै रहेछ । बाढीमा लत्रिएको बिजुलीको तार समाउन पाएँ । ”

    लमजुङको दोर्दीखोलामा बुधबार अचानक आएको भीषण बाढीमा बगे पनि बाँच्न सफल आलेले अहिले आफू सपनामा छु कि विपनामा भन्ने अवस्थामा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सबै कुरा सपनाजस्तो लागिरहेको छ । ”

    “बाढीले चँुडाएको बिजुलीको तार हाम्रा लागि भावी बन्यो”, आले मगरझँै दुई सय मिटरभन्दा बढी बाढीमा बगेपछि बाँच्न सफल बारा सिमराका सन्तोष सरदारले भन्नुभयो, “दिन नसकिएर होला, काललाई पनि जितेझैँ लागिरहेछ । ” निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनामा आले, सरदारलगायत अन्य १० जना कामदार थिए । बुधबार एक्कासि खोलामा आएको बाढी र छालका कारण उनीहरू आवास छेउको बगरमा तितरबितर भए । कोही छालसँंगै बग्न थाले । कोही खोलामै अड्किए । बिजुलीको तार समाएर दुईजना खोलापारि पुग्न सफल भए पनि अरू बाढीमा बगे ।

    बाढीबाट बचेका उनीहरू भन्छन्, “खोला हो बढिरहन्छ भनेर वास्ता नगर्दा आफ्नै आवासस्थल पनि सुरक्षित भएन । पछि एक्कासि बाढी आउँदा बगाएको पत्तै भएन । ”

    खोलामा बाढी आएकोबारे समयमै जानकारी पाएको भए सतर्क रहने घाइतेहरूको भनाइ छ । बाढीमा बगेर पनि पौडिएर बाँच्न सफल बारा सिमराका हरि विकले भन्नुभयो, “आवासस्थल सुरक्षित स्थानमा नभएकाले हामी बाढीसँंगै बग्नु प¥यो । ”

    दोर्दीखोलाको बाढीले बगाउँदा मृत्यु भएका चार जनाको सनाखत भएको प्रहरीले बताएको छ । पोस्टमार्टमका लागि लमजुङ जिल्ला सामुदायिक अस्पतालमा ल्याइएका चारैजनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा बारा जिल्ला, जितपुर–सिमरा उपमहानगरपालिकाका सइद अन्सारी, पर्सा जिल्ला पोखरिया नगरपालिकाका शिवधुन चौधरी, सप्तरी जिल्ला सप्तकोसी नगरपालिका–८ का भुवनेश्वर चौधरी र डडेल्धुराको आलिताल गाउँपालिका–६ का रमेश बुढा रहेको प्रहरी निरीक्षक वसन्त पाण्डेले बताउनुभयो । उहाँका अनुसार शव पोस्टमार्टमका लागि बेँसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा राखिएको छ ।

    बाढीमा परेका छ जना अझै बेपत्ता रहेको प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार उद्धार गरिएका घाइतेको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

    बेपत्ता भएकाको बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जलविद्युत् आयोजना, जनप्रतिनिधि र स्थानीयवासीले खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बताउनुभयो ।

    gorkhapatra

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, साउन १०, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.