गोरखा समाचारदाता
साउन ९ गते । पाल्पामा मोटरसाइकल चिप्लिएर बिहीबार १ जनाको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–३ श्रीडाँडा ढुङ्गाखानी नजिकै मोटरसाइकल चिप्लिएर पल्टिदा घाइते भएका स्थानीय ३१ वर्षीय बुद्धबहादुर दर्लामीको बुटवल अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
खानीबाट श्रीडाँडा घरतर्फ जाने क्रममा लु. ४५ प ७८१२ नंम्बरको मोटरसाइकल अनियन्त्रित भई कच्ची मोटरबाटोबाट चिप्लिएर २० मिटर तल खसेर घाइते दर्लामीको लुम्बिनी अञ्चल अस्पताल बुटवल लैजादै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।



