कैलासबावु श्रेष्ठ
साउन ८ गते । गोरखाको पालुङ्गटारमा सञ्चालित ‘खेलो खर्को’ कार्यक्रम प्रभावकारी देखिएको छ ।
महिला तथा बालबालिका उद्वार केन्द्र गोरखाले पालुङटार वडा नम्बर ९ मा सञ्चालनमा ल्याएको राष्ट्रपती महिला उत्थान जिविकोपार्जन सुधार कार्यक्रम अन्तरर्गत ‘खेलो खर्को’ कार्यक्रम प्रभावकारी भएको हो ।
देशभरी ३१ जिल्लामा सञ्चालित उत्त कार्यक्रम मध्ये गोरखामा मात्रै ‘खेलो खर्को’ कार्यक्रम सञ्चालनमा ल्याईएको केन्द्रले जानकारी दिएको छ ।
उत्त कार्यक्रम अन्तरर्गत गरिब, न्यून आय भएका महिला र आदीबासी महिलाहरुलाई समेटेर केन्द्रले ब्यवसाय गरी आय स्तर सुधारको लागि जनही १७ हजारका दरले लगानी गरेको छ ।
कार्यक्रममा सहभागि मध्ये पालुङ्गटार नगरपालिका ९ बिर्दीकी रसमायाँ कुमालले स्थानिय स्तरमा उत्पादीत तरकारी र केरा दैनिक खरिद गरी बजार सम्म ल्याएर बिक्री गर्ने गर्दछीन । उनले दैनिक १ हजार देखी १ हजार ५ सय लगानी गर्दा २ हजार देखी २ हजार ५ सय सम्म आर्जन हुने बताए ।

त्यस्तै उदाहरण बनेकि छिन सदिक्षा कुवरको । कार्यक्रम लागु हुनुभन्दा अगाडी त्यसै घरमा बस्दै आएकी उनले कार्यक्रमबाट प्राप्त पैसाले फर्निचर निर्माण गरेर शेरा बजारमा रहेको त्रिवेणी माविको अगाडी खाजा घर निर्माण गरेकी छिन । उनले दैनिक ५ सयको लगानी गरेर १ हजार ५ सय सम्म आम्दानी गरेको बताईन ।
कार्यक्रम लागु भए पछिको अर्को उदाहरण बनेकी पालुङटार भञ्ज्याङ डाडाँकी लालमायाँ तामाङ्ग हुन । उनले ‘खेलो खर्को’ बाट पाएको १७ हजार खाजा घरमा लगाई । अहिले उनले स्थानिय रामज्योति प्राविको छेवैमा खाजा घर सञ्चालन गरेकी छिन । उनले पनि दैनिक ४ देखी ६ सय लगानी गर्दा २ हजार देखी २ हजार ५ सय सम्म आम्दानी लिन सफल भएकी छिन । उनको खाजा घरमा समोसा, मुरी तरकारी, पानी पुरी र चनाचटप पाइन्छ ।

थोरै लगानीमा धेरै आम्दानी गर्ने ३० जना महिलाहरुले कुनै न कुनै काम गरेका छन । अरु महिला दिदी बहिनीहरुले मासु पसल, खाजा घर, कपडा सिलाई, तरकारी उत्पादन तथा स्थानिय स्तरमा पाउने बाख्रा, बोका, खशी, रागाँ, भैसी तथा गाई गोरुको समेत कारोबार गरेको केन्द्रका अध्यक्ष सम्झना देवकोटाले बताईन । कार्यक्रम लागु भए पछि अधिकांश महिला दिदी बहिनीहरुमा परिवर्तन देखीएको र सधै सक्रिय रहने गरेको देवकोटाले बताईन ।
केन्द्रले ति सबै महिलाहरुलाई ५ दिनको उद्यमशिलता विकास तालिम समेत दिएको थियो ।


