×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ६ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ११ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ११ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

भूकम्पको उपहार कालोपत्रे सडक

  •  
  • बुधबार, साउन ०८, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल

    २०७२ बैशाख १२ गतेको काहाली लाग्दो दिन सबैको स्मरणमा ताजै छ । भूकम्पले क्षतविक्षत बनाएको केन्द्र बिन्दु जिल्ला गोरखा बिस्तारै तङ्ग्रिदै छ । ७१ हजार १६२ घर भत्किएको गोरखामा ५३ हजार १२० घर बनिसकेका छन् । भूकम्पले भत्काएका विद्यालय भवन, स्वास्थ्यचौकी, विभिन्न सार्वजानिक पूर्वाधारहरु पनिपुनःनिर्माण भइरहेका छन् ।

    गोरर्खाली जनतालाई भूकम्प अबसर पनि बनिरहेको छ । पुराना संरचनाको पुनःनिर्माण र बिकास निर्माणका नयाँ काम समेत गर्ने मौका जुरेको देखिन्छ । भूकम्पको पिडाले आक्रान्त भएका गोरर्खाली जनताले कालोपत्र सडक उपहार स्वरुप पाएका छन् । एसियाली बिकास बैंक (एडिबि) र स्वीस सरकारको सहयोगमा भूकम्प आपत्तकालिन सहायता आयोजना अन्र्तगत ३१.५ किलोमिटर सडक कालोपत्र भएको छ । ‘लुँइटेल भञ्जाङ-भच्चेक सडक पिचको काम सम्पन्न भएको छ’ राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइका प्रमुख रामशरण आर्चायले भने ‘सो क्षेत्रका जनतालाई यो उपहार नै साबित भएको देखिन्छ ।’ लुँइटेल भञ्जाङ देखि आँपपिपल, हर्मी भञ्जाङ हुँदै तार्के डाँडा सम्मको १८.५ किलोमिटर सडक लामा अमर जेभी कन्स्ट्रक्सन निर्माण गरेको हो । यसैगरी तार्केडाँडा देखि नयाँ गाउँसम्मको १३ किलोमिटर भने लामा कन्स्ट्रसनले बनाएको हो । उक्त सडक निर्माणका लागि एसियाली बिकास बैंकले ७० करोड रकम र स्वीस् सरकारले प्राविधिक सहयोग उपलब्ध गराएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अन्र्तगतको जिल्ला आयोजना कार्यान्वयन इकाई गोरखाले जानकारी दिएको छ ।

    २०५५ सालतिर ट्रयाक खोलिएको गोरखा भच्चेक सडक अहिलेसम्म स्तरउन्नती हुन सकेको थिएन् । ‘भूकम्पपछि दाताहरुले हामीलाई दिएको मध्ये ठूलो उपहार हो यो’ सिरानचोक गाउँपालिका- १ का अध्यक्ष सुकमान गुरुङले भने ‘वर्षेनी वर्खा लागेपछि ठप्प हुने सडक पिच भएको छ । सरर्र गाडी चलेका छन्, हामी धेरै खुसि छौं ।’ हुन त अझै भच्चेक सम्मको सडक कालोपत्रे भइसकेको छैन् । नयाँगाउँ देखि सिरान डाँडासम्मको करिब १४ किलोमिटर सडक स्तरउन्नतीकालागि ठेक्का लागि सकेको छ । आगामी असार मसान्त सम्म उक्त सडक पनि कालोपत्र भइसक्ने बताइएको छ । ‘जब गोरखा जानु पर्ने भयो बाटो देखेर अत्यास लाग्थ्यो’ अजिरकोटकी शुलोचना अधिकारीले भनिन् ‘भूकम्पले एक मन डढाए पनि अर्को पलाएको छ ।

    अब त ढुक्कले हिड्न पाइने भयो । भच्चेकसम्मै पिच भएपछि अझै राम्रो हुन्थ्यो ।’ सडक कालोपत्र भएसँगै व्यापारीहरु समेत खुसि भएका छन् । दैनिक उपभोग्य सामाग्रीको ढुवानी सहज भएको छ । भूकम्प आपत्तकालिन सहायता आयोजना मार्फत नै निर्माण भएको घ्याम्पेसाल-बारपाक सडकको भने कार्यप्रगती केही सुस्त देखिएको छ । ‘उक्त खण्डमा कन्ट्रयाक्टरको काम चित्तबुझदो नदेखिएकाले भुक्तानी रोकेका छौं’ इकाई प्रमुख आर्चायले भने ‘त्यहाँ म्याद पनि बाँकी नै छ । समयमै काम कम्प्लिड गराउन हामी प्रयासरत छौं ।’

    भूकम्प गएको गत वैशाख १२ गते ४ वर्ष पुगि सकेको छ । भूकम्पले भत्काएको मनकामना मन्दिर पुनःनिर्माण भइसकेको छ । करिब ५ सय वर्ष पुरानो गोरखा दरबार पनि पुनःनिर्माणकै क्रममा छ । गोरखा-बारपाक सडक, आरुघाट-गोरखा बजार सडक, आरुघाट-बेनीघाट सडक लगायत जिल्लाका महत्वपूर्ण योजनाहरुमा भूकम्प पछि प्राथमितामा परे पनि काम भने निकै सुस्त देखिएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, साउन ०८, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.