- उत्कृष्ट कर्मचारी पुरस्कृत सम्मानित
गोरखा समाचारदाता
पालुङ्टार नगरपालिकाले आफ्नो पालिका भित्र एसईई परिक्षामा राम्रो अंक ल्याउने बिद्यार्थीलाई १ लाख सहित सम्मान गरेको छ ।
शैक्षिक सत्र २०७५ को एसईई परीक्षामा प्रथम हुन सफल विद्यार्थी अञ्जली परियारलाई एक सम्मान कार्यक्रम राखेर प्रमाण–पत्र सहित नगद रु १ लाख बाट पुरस्कृत गरिएको थियो । परियारले भवानीमा.विमाबाट २०७५ सालको एसईई परिक्षामा सम्मिलित भई ३.८५ जिपिए प्राप्त गरेकी थिइन् ।
त्यस्तै गरी सोही कार्यक्रममा नगरपालिकाको ३ जना कर्मचारीलाई समेत राम्रो काम गरेको भन्दै पुरस्कृत गरेको छ । गत वर्ष उत्कृष्ट कामगर्ने ती कर्मचारीहरुलाई सम्मान–पत्र सहितजनही रु २० हजार नगदले पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेहरुमा लेखा अधिकृत सुवास अधिकारी, कर्मचारी कृष्णकला अधिकारी र कार्यालय सहयोगी सुमन अधिकारी रहेका छन् ।
पुरस्कृत सबैलाई नगर प्रमुख ई.दीपकबाबु कंडेल र उप–प्रमुख पम्फा बसेलले संयुत्त रुपमा खादा, टिका, सम्मानपत्र सहित सम्मान सहित नगद प्रदान गरीएको थियो ।



