गोरखा समाचारदाता
रोटरी क्लब अफ गोरखाको अध्यक्ष शरदबाबु कट्टेल भएका छन् । क्लबले सदरमुकाममा पद हस्तान्तरण कार्यक्रम समेत समपन्न भएको छ । कट्टेल अग्रेजी बर्षको २०१९/०२० का लागि अध्यक्ष भएका हुन ।
त्यस्तै गरी आगामी अग्रेजी बर्ष २०२०/०२१ को अध्यक्ष काशीनाथ अम्गाई हुने भएका छन । सहमतीको आधार र जेष्ठ सदस्यताको आधारमा चयन हुने प्रकृया अनुसार अंगाईको अध्यक्ष पदका लागि केन्द्रमा सहमतीको लागि पत्रचार भई सकेको रोटरी क्लब अफ गोरखाले जानकारी दिएको छ । त्यस्तै गरी २०२१/०२२ को लागि विशाल रानालाई अध्यक्ष चयन गरी सकिएको छ ।

सहमती अनुसार उपाध्यक्षमा कृष्ण ढकाल चयन भएका छन् । सचिवमा रामहरी केसी, कोषाध्यक्षमा रामस्वरुप श्रेष्ठ, सह–सचिवमा शोभाप्रधान दवाडी चयन भएका छन । टिआरएफमा इश्वरकाजी मास्के, चियर मेम्बरसिप डेभलप्मेन्टमा शरण श्रेष्ठ चयन भएका छन् । चियर पब्लिक रिलेशनमा अञ्जनबाबु खत्री, चियर सर्भिस प्रोजेक्ट बसन्तकुमार श्रेष्ठ, चियर क्लब एड्मिनिष्ट्रेटिभमा सित्तलकाजी मास्के र चियर आरसिसिमा ज्ञानहरी अर्याल चयन भएका छन् । क्लबको बर्ष २०१८/०१९ का अध्यक्ष कृष्णप्रसाद ढकालको अध्यक्षतामा भएको पद हस्तान्तरण कार्यक्रममा रोटरी ३२९२ का पिडिजी रत्नमान शाक्यको समेत उपूिस्थती रहेको थियो ।
पद हस्तान्तरण कार्यक्रममा रोटरी ३२९२ का पिडिजी योगेन्द्रमान प्रधान, जोन १४ का असिस्टेन गर्भनर गोपी अधिकारी, गोरखा नगर पालिकाका प्रमुख राजनराज पन्त, उप–प्रमुख विनाकुमारी श्रेष्ठ, रोटरी क्लब गोरखाका संस्थापक अध्यक्ष सित्तलकाजी मास्के, पूर्व अध्यक्ष पवनरवण खनाल र किशोरजंग थापा लगायतले मन्तब्य राखेका थिए ।



