×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ६ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ११ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ११ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

एसईईका उत्तरपुस्तिका पुनः परीक्षणको व्यवस्था

  •  
  • बुधबार, साउन ०८, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    प्रकृति अधिकारी

    भक्तपुर, साउन ८ गते । प्रवेशिका परीक्षा (एसईई)मा प्राप्त नतिजाप्रति असन्तुष्ट परीक्षार्थीका लागि खुसीको खबर छ । परीक्षा नियन्त्रण कार्यालयले यस पटकदेखि परीक्षार्थीका उत्तरपुस्तिका पुनःपरीक्षण गर्ने व्यवस्था सुरु गर्दै छ । त्यसका लागि एसईई परीक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै आवेदन भने दिनुपर्ने छ ।

    यसभन्दा पहिले निवेदन दिनेहरूले उत्तरपुस्तिका जाँचपछि प्राप्त अङ्क मात्र पुनः जोड्ने व्यवस्था थियो । अब निवेदन आए उत्तरपुस्तिका नै पुन जाँच गरिने छ । परीक्षकहरूले जथाभावी रूपमा उत्तरपुस्तिका परीक्षण गरिदिने र त्यसबाट परीक्षार्थी अन्यायमा पर्ने गरेको तथ्य परीक्षा नियन्त्रण कार्यालयकै अध्ययनले प्रमाणित गरिसकेको छ । त्यसैले अभिभावक, विद्यार्थी तथा विद्यालयका पदाधिकारीले निकै अघिदेखि प्रवेशिका परीक्षाको उत्तरपुस्तिका पुनःपरीक्षण गर्ने व्यवस्थाका लागि माग गर्दै आएका थिए ।

    परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले यस्तो अभ्यास यसैपटकबाट थालनी गर्न लागिएको जानकारी दिँदै भन्नुभयो, “सम्बन्धित विद्यार्थी, उनका अभिभावक र सम्बन्धित विषयका विज्ञलाई राखेर पुनःपरीक्षण गराउने व्यवस्था थाल्दै छौँ । यसबाट विद्यार्थी र उनका अभिभावक सन्तुष्ट हुन सक्ने छन् । ” उत्तरपुस्तिका पुनःपरीक्षणका लागि शुल्क तोक्न बाँकी छ ।

    प्रवेशिका परीक्षामा पुनःपरीक्षणको व्यवस्था नौलो होइन । राणाकालमा पनि यस्तो सुविधा विद्यार्थीलाई प्रदान गरिन्थ्यो । त्यो बखत प्रधानाध्यापकमार्फत ‘परीक्षा नियन्त्रकको कार्यालय’मा ‘पाएको नम्बर दोहो¥याई पाऊँ’ भनी दरखास्त दिनुपथ्र्याे ।

    वि.सं. २००४ वैशाख १ गतेको गोरखापत्रमा “एसएलसी रेगुलेसनबमोजिम कापी दोहो¥याई जाँच्दा २००३ सालको एसएलसी परीक्षा पास हुन आएका स्कुलमा पढी जाँच दिने केदारलाल श्रेष्ठ तेस्रा श्रेणीमा पास भएको छ । हरमणि आदी भनेर सूचना छापिएको थियो । हरमणि आदी त्यसबेलाका परीक्षा नियन्त्रक हुनुहुन्थ्यो ।

    उत्तरपुस्तिका पुनःपरीक्षण गर्दा उत्तीर्ण भएको अवस्था २००६ सालमा पनि देखिएको थियो । उत्तरपुस्तिका पुनःपरीक्षण गराउँदा तृतीय श्रेणीमा उत्तीर्ण भएका दिवाकरविक्रम राणा दोस्रो श्रेणीमा र अनुत्तीर्ण भएका रामनिधि तेवारी तेस्रो श्रेणीमा उत्तीर्ण भएका थिए । पछि यस्तो सुविधा हट्यो । कहिलेबाट हटेको भन्ने यकिन छैन ।

    उत्तरपुस्तिकाका प्रतिलिपि हेर्न चाहने परीक्षार्थी थुप्रै हुन्थे तर गोपनीयता कायम राख्नुपर्ने भएकाले उत्तरपुस्तिका देखाउने अभ्यास भने थिएन । राष्ट्रिय सूचना आयोगले उत्तरपुस्तिकाको प्रमाणित प्रतिलिपि परीक्षक तथा सम्परीक्षकको नाम नामेसी नखुल्ने गरी उपलब्ध गराउन आदेश दिएपछि २०६८ सालबाट उत्तरपुस्तिकाको प्रतिलिपि उपलब्ध गराउन थालियो । पनिकाका अनुसार २०७५ सालको एसईई परीक्षाको नतिजा चित्त नबुझेको भन्दै पुनर्याेगका लागि सानोठिमीस्थित पनिकामा करिब आठ हजारले आवेदन दिएका छन् । हुलाकबाट पठाएर वाजिल्लास्थित शिक्षा निकायबाट पनि यस्तो आवेदन दिन पाउने भएकाले थप दुई हजारको आवेदन आउन सक्ने अनुमान पनिकाले गरेको छ । पुनर्याेगका लागि प्रतिविषय पाँच सय रुपियाँ बुझाउनुपर्ने नियम छ ।

    परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले पुनर्याेगका लागि आवेदन दिनेहरूले प्रतिलिपि वा पुनःपरीक्षण गर्न सक्ने बताउँदै प्रतिलिपि लिन चाहनेहरूले पछि पुनःपरीक्षणको सुविधा माग गर्न नपाउने स्पष्ट गर्नुभयो । गत वर्षबाट कक्षा ११ र १२ मा पनि पुनःपरीक्षणको सुविधा सुरु भएको थियो । ती कक्षामा प्रतिविषय दुई हजार रुपियाँ बुझाएर पुनःपरीक्षण गराउन सक्ने व्यवस्था छ ।

    gorkhapatra

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, साउन ०८, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.