×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

‘गृहमन्त्री र विप्लव सँगै भएको फोटो छ, उहाँलाई पनि पक्रिने!’

  •  
  • मङ्गलबार, साउन ०७, २०७६ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    प्रशन्न पोखरेल
    काठमाडौं, साउन ७ गोरखा नगरपालिका-१० छेपेटारका रामचन्द्र पाण्डे गत आइतबार बिहान आफ्नै क्लिनिकमा बिरामी जाँच्दै थिए।

    उनी सरकारी स्वास्थ्यकर्मी पनि हुन्।

    गोरखा नगरपालिकाअन्तर्गत छेपेटार सहरी स्वास्थ्य केन्द्रमा सिनियर अहेबसमेत रहेका उनले छेपेटार बजारस्थित आफ्नै घरमा क्लिनिक चलाएका छन्। अरूबेला परिवारका सदस्यले क्लिनिक चलाउँछन्। फुर्सद हुँदा पाण्डे पनि बिरामी जाँच्छन्।

    पाण्डेले बिरामीको रोगबारे सोधखोज गरिरहेका बेला एक हुल प्रहरी उनको घरमा आए। खानतलासी गरे र पाण्डेसँग प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीबारे सोधपुछ गरे।

    ‘तँ विप्लव कार्यकर्ता रैछस्। हतियार कहाँ लुकाएको छस् भनेर लछारपछार गरे,’ पाण्डेले सेतोपाटीसँग भने।

    सुरूमा किन प्रहरी घरमा आएको भन्ने थाहा नपाएका उनी आफूलाई विप्लव कार्यकर्ताको रूपमा प्रहरीले हेरेपछि भने छाँगाबाट खसेजस्तो भए।

    उनले बिरामी जाँचिरहेका बेला आमाले खाना पस्किसकेकी थिइन्।

    ‘बाबु खाना खान आइज भन्नुभएको थियो। बिरामीसँग भएकाले ढिला भयो,’ उनले भने, ‘पाकेको खाना खान्छु। अर्को कपडा लगाउँछु। हातगोडा धुन्छु भन्दासमेत दिएनन्। प्रहरी कार्यालय हिँड् भने।’

    पाण्डेलाई प्रहरीले १५ किलोमिटर पर जिल्ला प्रहरी कार्यालय लग्यो। हिरासतमा राखेर अनुसन्धान सुरु गर्‍यो।

    ‘म सरकारी कर्मचारी हो, आफ्नै बाइकमा जान्छु भन्दा मानेनन् जबरजस्ती गरे,’ पाण्डेले भने, ‘अनुसन्धानका नाममा मलाई मानसिक तनाव दिए। हुँदै नभएका कुरा हो भनेर टर्चर दिए।’

    बारा, सिन्धुपाल्चोक, काभ्रेलगायत ठाउँमा विप्लवका बैठकमा गएको भनेर हुँदै नभएको कुरामा केरकार गरेको उनले बताए।

    ‘तँ किन विप्लवको कार्यक्रममा गइस्? बारा, सिन्धुपाल्चोक, काभ्रे पनि मिटिङमा गइछस् होइन? भन्दै सोधे,’ उनले भने, ‘म गएको होइनभन्दा विश्वास गरेनन्।’

    २४ घन्टासम्म केरकार चल्यो। विप्लवको पार्टीसँग पाण्डेको संलग्नता पुष्टी भएन। सोमबार दिउँसो प्रहरीले उनलाई छोडिदियो।

    प्रहरीले उनलाई किन पक्रियो त?

    पाण्डेलाई प्रहरीले विप्लव समूहको गतिविधिमा संलग्न रहेको आरोप लगाएको छ। तर उनको घरबाट विप्लव समूहका गतिविधिमा संलग्न हुने खालका कागजातसमेत प्रहरीले फेला पारेको छैन।

    उनलाई पक्राउ गर्नुको एक मात्र कारण युट्युब भिडियो हो।

    २०७२ सालको भूकम्पको केन्द्र बारपाकमा विप्लवलगायत नेता भूकम्प प्रभावित भेट्न गएका थिए।

    त्यही पूरानो भिडिओलाई  ‘यस्तो अवस्थामा भेटिए विप्लव, यस्तो छ तयारी’ शीर्षकमा  २४ मार्च, २०१९ मा बोल्ड टिभी नामको युट्युब च्यानलले पोष्ट गरेको थियो।

    उक्त भिडिओमा पाण्डे देखिएका छन्।

    सोही भिडिओलाई आधार बनाएर प्रहरीले उनको घरमा छापा मारेको हो।

    त्यो भिडिओमा कसरी देखिए त पाण्डे?

    ०७२ मा भुइँचालोपछि सरकारले स्वास्थ्यकर्मीलाई आफ्नो कार्य क्षेत्रमा प्रभाव नपरेको भए अन्यत्र गएर सेवा दिनू भनेको थियो। त्यही निर्देशनअनुसार मिरकोट स्वास्थ्य चौकीमा कार्यरत अहेब पाण्डे गोरखाका भच्चेक, सिम्जुङ, पन्द्रुङ, घ्याम्पेशाल, मकैसिङलगायत गाउँमा गएर घाइते तथा बिरामीको उपचार गरेका थिए।

    त्यही क्रममा उनी भुइँचालोको केन्द्रविन्दु बारपाक जाँदै थिए। बाटोमा विप्लवको टोलीसँग भेट भयो।

    ‘भुइँचालोका बेला धेरै ठाउँमा पुगेर बिरामी/घाइतेको उपचार गरें। बारपाक जाँदै थिएँ, राङरूङ (बारपाकको फेदी) पुगेपछि परकम्प आयो। जमीन हल्लियो। डाँडाँमा पहिरो गयो। म डराएँ। त्यो ठाउँमा ठूलो भिड आइपुग्यो। विप्लवहरू रहेछन्। त्यो बेला म एकैछिन उनीहरूसँग हिडेको थिएँ,’ उनले भने, ‘कसले, के उद्देश्यले भिडिओ खिचेको थियो मलाई थाहा हुने कुरा भएन। एउटा युट्युबले त्यो पूरानो भिडिओ हालेको रहेछ त्यही आधारमा मलाई प्रहरीले पक्रेर दु:ख दियो।’

    उनी त्यसबेला बारपाक जान सकेनन्। मोटरसाइकलमा गएका उनी घर फर्किए।

    ‘त्यो बेला खिचेको भिडिओलाई अहिले राखेको रहेछ,’ उनले भने, ‘प्रहरी कार्यालयमा त्यो भिडियो देखाए। म त छक्क परें।’

    विप्लवको पार्टीमाथि प्रतिबन्ध पनि नलागेको बेलाको पूरानो भिडिओ देखाएर आफूमाथि तनाव दिएपछि उनले प्रहरीको अनुसन्धान पाटोमाथि प्रश्न उठाएका छन्।

    ‘खुलमखुला हुँदाका बेलाको भिडिओमा म देखिएँ भनेर दु:ख दिने? जबकी त्यसबेला विप्लवसँग नारिएर पनि फोटो खिच्न सक्ने अवस्था थियो। अहिलेजस्तो प्रतिबन्ध लगाएको थिएन,’ उनले भने, ‘प्रहरीले पूराना भिडिओ/फोटो हेर्दै जाने हो भने त क-कसलाई पक्रेर साध्य हुन्छ? गृहमन्त्री बादल र विप्लव सँगै भएको फोटो आएको छ। गृहमन्त्रीलाई नै समाउने!’

    फेसबुकमा लेखेका स्टाटसलाई गलत अर्थ लगाउँदै प्रहरीले तनाव दिएको उनले बताए।

    ‘छिमेकी दाइ बित्नुभएको थियो। मैले फेसबुकमा हार्दिक श्रद्धाञ्जली लेखेको थिएँ,’ उनले भने, ‘त्यही दिन धनगढीमा विप्लव कार्यकर्ता मरेको घटनालाई जोडेर तनाव दिए। गाउँमा गएर सोधे हुन्छ, छिमेकी दाइ बित्नुभएको हो कि होइन भनेर भनेपछि अलि मत्थर भए।’

    प्रहरीले आइतबार पक्रेर सोमबार छोडेका गोरखा छेपेटारका सरकारी स्वास्थ्यकर्मी रामचन्द्र पाण्डे।

     

    घुम्न सिन्धुपाल्चोकको मेलम्चीमा गएको फोटो पनि उनले फेसबुकमा राखेका थिए। त्यो फोटोमाथि पनि प्रहरीले लामो समय केरकार गरिराख्यो।

    ‘सहरी स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्दै स्वास्थ्य चौकी बनाउनुपर्‍यो भनेर वडादेखि नगरसम्मको चिठी लिएर म काठमाडौं गएको थिएँ। त्यो बेला शुक्रबार, शनिबार थियो। मेलम्ची घुम्न जाम् न त भनेर गइयो। फेसबुकमा फोटो पनि राखेको थिएँ,’ उनले भने, ‘विप्लवको मिटिङमा भाग लिन मेलम्ची पुगिछस् होइन? भन्दै तर्साए।’

    अन्तिममा पाण्डेलाई त्यो भिडियो विगतको हो, संयोगवश म त्यहाँ देखिएँ भन्ने स्वघोषणा गर्न लगाएर प्रहरीले तारेखमा छाडेको छ।

    पाण्डेलाई पक्राउ गरी अनुसन्धान गरेका गोरखाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले भिडिओ हेरेरै पक्राउ गरेको पुष्टि गरे।

    ‘भिडिओ पनि एउटा कारण हो,’ उनले सेतोपाटीसँग भने।

    पाण्डेको घरबाट केही बरामद गर्नुभयो त? भन्ने प्रश्नमा एसपी अधिकारीले केही फेला परेन भन्ने जवाफ दिए।

    उनले पाण्डेलाई पक्राउ गर्नुको प्रष्ट आधारहरु दिन सकेनन्। सबै आधार भन्ने कुरा भएन भनेर आलटाल गरे।

    ‘आशंकामा ल्याइयो, तारेखमा छाडियो,’ उनले यत्ति भने।

    पूरानो भिडियो हेरेर अरू कोही पनि पक्राउ परेका छन् कि भन्ने प्रश्नमा एकछिन हाँसेपछि उनले जवाफ दिए, ‘त्यस्तो छैन। हामी बुझ्दैछौं।’

    प्रहरीले विप्लव समूहको आरोप लगाएका पाण्डे नेपाली कांग्रेस निकट स्वास्थ्यकर्मी संगठनमा आवद्ध छन्।

    उनी कांग्रेस शुभेच्छुक संस्था नेपाल स्वास्थ्यकर्मी संघ गोरखा उपाध्यक्ष, निजामती कर्मचारी युनियन (संघ) को जिल्ला सदस्य र स्वास्थ्यकर्मीको साझा संस्था नेपाल स्वास्थ्यकर्मी संघको गण्डकी प्रदेश उपाध्यक्ष हुन्।

    setopati

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, साउन ०७, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.