×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ६ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ११ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १२ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १५ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

एसईईमा नयाँ व्यवस्था पूरक परीक्षा सबैले दिन पाउने

  •  
  • मङ्गलबार, साउन ०७, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    प्रकृति अधिकारी

    काठमाडौँ, साउन ७ गते । परीक्षा नियन्त्रण कार्याललय (पनिका)ले ‘माथिको आदेश’मा पूरक परीक्षाको सिद्धान्तविपरीत दुईभन्दा बढी विषयमा कम ग्रेड ल्याउने विद्यार्थीलाई पनि परीक्षामा सामेल गराउन लागेको खुलेको छ ।

    गत वर्ष पनि यस्तै व्यवस्थाअनुसार परीक्षा लिइएको थियो । तर परीक्षा अव्यवस्थित भएपछि यस वर्ष बढीमा दुईवटा विषयसम्म त्यस्तो नतिजा ल्याउने विद्यार्थीलाई परीक्षामा सामेल गराउने सूचना पनिकाले सार्वजनिक गरेको थियो । यद्यपि ‘माथिको आदेश’मा सूचना परिमार्जन गर्नुपरेको पनिकाका पदाधिकारीहरूले बताएका छन् । पूरकको सिद्धान्तअनुसार बढीमा दुई विषयसम्मको पुनः परीक्षा दिन पाइन्छ । नयाँ सूचनाअनुसार परीक्षार्थीले चाहेजति सबै विषयमा पूरक परीक्षा दिन पाउने छन् ।

    परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले पूरक परीक्षाको मर्म नै बढीमा दुई विषयसम्म पुनः परीक्षा दिन पाउने बताउनुभयो । उहाँ भन्नुहुन्छ, “त्यसैअनुरूप सूचना प्रकाशित गरेका थियौँ । माथिबाट सबै विषयमा परीक्षा गर्नू भनियो । यो पूरक परीक्षाको मर्म नै होइन । यसले प्रवेशिकाको स्तरलाई कमजोर तुल्याउने छ । ” हालै प्रकाशित २०७५ सालको एसईई परीक्षाको नतिजा लाजमर्दाे छ । यसलाई ढाक्न शिक्षा मन्त्रालयले नै सबै विषयमा पूरक परीक्षा दिन पाउने व्यवस्था गराएको शिक्षाविद्हरूको आशङ्का छ ।

    पनिकाले साउन २६ र २७ गते पूरक परीक्षा सञ्चालन गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको थियो । पछिल्लो निर्णयअनुसार आगामी भदौ १ देखि ११ गतेसम्म पूरक परीक्षा सञ्चालन गरिनेछ । पनिकाका अनुसार सी वा सीभन्दा कम ग्रेड ल्याएका परीक्षार्थीहरू तीन लाख ६० हजार छ सय छन् । ती सबैले परीक्षा दिनेछन् भन्ने मान्यताअनुरूप परीक्षाको व्यवस्थापन तथा तयारी गर्नुपर्ने हुन्छ ।

    “एक, डेढ लाखले मात्र परीक्षा दिनेछन् भन्ने अनुमानका आधारमा तयारी गर्नु गल्ती हुनेछ” उहाँले भन्नुभयो, “त्यस्ता विद्यार्थी सबैले परीक्षा दिनेछन् भन्ने मान्यताअनुरूप तयारी गर्नुपर्ने हुन्छ । सबैका लागि १५ लाख उत्तरपुस्तिका तयार गर्नुपर्ने हुन्छ । यो भनेको झण्डै एसईई सरहकै परीक्षा हुनेछ । ” पूरक परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले साउन १० गतेसम्ममा फाराम भर्नुपर्ने र साउन १५ गतेसम्ममा जिल्लास्तरीय निकायले फारामलाई एकीकृत गर्नुपर्ने गरी समयावधि तोकिएको छ ।

    एसईई परीक्षा सञ्चालनसम्बन्धी निर्देशिकामा सी वा सीभन्दा कम ग्रेड प्राप्त गरेका परीक्षार्थीले चाहेका विषयमा पूरक परीक्षा दिन पाउने व्यवस्था छ । निर्देशिकामा त्यस्ता परीक्षार्थीले के कति विषयसम्म परीक्षा दिन पाउने भन्ने उल्लेख नभएकाले पनिकाले यस पटक बढीमा दुई विषयसम्मका लागि मात्र अवसर दिने निर्णय गरेको थियो । शिक्षा मन्त्रालयले परीक्षा बोर्डको निर्णयलाई अमान्य ठहर गर्दै सबै विषयमा परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।

    परीक्षा नियन्त्रक अधिकारीले सबैले परीक्षा दिएमा मङ्सिरयता नतिजा सार्वजनिक गर्न कठिन हुने बताउनुभयो । त्यसो भएमा पूरक परीक्षामा सहभागी भएकाहरूले यस वर्ष कक्षा ११ मा भर्ना हुन नपाउने अवस्था देखिन्छ । शिक्षाविद् प्रा.डा. मनप्रसाद वाग्लेले एक वर्षको अध्ययनपछि १५ अङ्क ल्याउन नसक्नेले लगत्तै लिइने परीक्षामा त्योभन्दा निकै बढी ल्याउन नसक्ने दाबी गर्दै भन्नुभयो, “१५ अङ्क ल्याउन नसक्नेलाई पुनः परीक्षामा किन बसाउनुप¥यो ? कमजोर रहेका बढीमा दुई विषयसम्म मात्र पूरक दिन पाउने व्यवस्था उपयुक्त हुन्छ । ”

    प्रयोगात्मकमा कुल २५ अङ्क ल्याएका र बाँकी ७५ अङ्कमा १५ ल्याएकाहरूको जोड्दा सी ग्रेड हुन्छ । उहाँले एक महिनाको तयारीमा परीक्षार्थीले आठवटै विषयको तयारी गर्न सम्भव नहुने तर्क गर्दै यस वर्ष बढीमा दुई विषयका लागि पूरक परीक्षा दिन पाउने र आगामी छ महिनापछि सबै विषयको परीक्षा दिन पाउने व्यवस्था गर्दा उपयुक्त हुने बताउनुभयो । अर्का शिक्षाविद् प्रा.डा. बालचन्द्र लुइँटेलले आठवटै विषयमा लिइने परीक्षालाई पूरक भन्न नसकिने र यसलाई नियमित परीक्षा भन्नुपर्ने तर्क गर्दै थप्नुभयो, “राज्यले शिक्षाको गुणस्तर नियन्त्रण गर्नुपर्दछ । आठवटै विषयमा पूरकको अवसर दिएर गुणस्तर नियन्त्रण हुनै सक्दैन । ”

    gorkhapatra

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, साउन ०७, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.