×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ६ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ११ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १२ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १५ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

युवाको पहुँच अभिबृद्धिमा जोड

  •  
  • मङ्गलबार, साउन ०७, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    साउन ७ गते । राज्यका हरेक निकायमा युवाको पहुँच बढाउनुपर्ने सदरमुकाममा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । सोच युथ र गोरखा नगर युवा स्वयम सेवक सञ्जालको संयुक्त आयोजनामा भएको नेपाल लिडरशिप कन्क्लेभमा बोल्दै युवा वक्ता अब्दुस मियाँले युवाहरुलाई अवसरबाट बञ्चित गराइदा पलायन हुनुपर्ने अवस्था बढेको बताए । राजनिती देखि राज्यका हरेक क्षेत्रले सक्षम युवा नेतृत्व खोजेको भन्दै उनले जस्ता सुकै चुनौती आए पनि त्यसबाट युवा भाग्न नहुने तर्क गरे ।

    उमेरका कारण मात्रै युवा हुन नसक्ने जिकिर गर्दै मियाँले त्यसका लागि नेतृत्व क्षमता हुनुपर्नेमा जोड दिएका छन् । देशको सम्बृद्धि र विकासका लागि राजनितीमा युवा पहुँच बढाउनु पर्ने उनको भनाई छ । सञ्जालका अध्यक्ष अनिल राना मगरको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अर्का वक्ता प्रिया सिग्देलले आफ्नो ब्यक्तित्व र नेतृत्व विकास नगरी समाज परिवर्तन गर्छु भन्ने कुरा ब्यर्थ भएको टिप्पणी गरिन् । मिस नेपाल अर्थ २०१८ समेत रहेकी सिग्देलले युवाहरुमा समेत महिला र पुरुषको विभेद रहेको भन्दै त्यसले कसैको हित नगर्ने बताईन् ।

    त्यस्तै अर्का वक्ता निगम हुमागाईले युवाले विकास निर्माणका काममा समेत चासो देखाउनु पर्ने बताएका छन् । देशकै गौरवको स्थानका रुपमा परिचित गोरखा दरवार पुर्ननिर्माणको काम अलपत्र बन्दा समेत युवाहरु रमिते बनेको भन्दै नागरिक समुहका अध्यक्ष समेत रहेका उनले असन्तुष्टी ब्यक्त गरे । इतिहास जोगाउने काम नेताको मात्रै नभई युवाको समेत भएकाले जागरुक हुन गोर्खाली युवाहरुलाई आब्हान गरे । ब्यक्तिगत र राजनैतिक स्वार्थ त्यागेर युवाहरु एकजुट नभई देशमा सम्बृद्धि नआउने उनको तर्क छ ।

    त्यस्तै गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले समाजको अग्रपंतीमा युवा आउनुपर्नेमा जोड दिएका छन् । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका उनले गोरखा नगरपालिकाले गर्ने हरेक गतिविधीमा युवा सहभागिता बढाउन चाहेको र सोही अनुसार योजना अघि सारेको जानकारी समेत गराए ।

    कार्यक्रममा झण्डै २ सय भन्दा बढि युवाहरु सहभागी भएको आयोजक संस्था मध्ये सोच युथका जिल्ला संयोजक मोहसिन अलि मियाँले बताए । देशका बिभिन्न १० शहरहरुमा आयोजना गरिएको यो कार्यक्रम गोरखामा पहिलो पटक भएको हो । कार्यक्रममा सहभागी युवाहरु संग अन्तरकृया समेत भएको थियो । सहभागी युवाहरुले उठाएका प्रश्न एवं जिज्ञासाको अब्दुस मियाँ, प्रियासिग्देल र निगम हुमागाईले जवाफ दिएका थिए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, साउन ०७, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.