गोरखा समाचारदाता
साउन ७ गते । नेपाली राजनीति र साहित्यका शिखर पुरुष विश्वेश्वरप्रसाद कोइरालाको ३७ औं स्मृति दिवश विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
दिवशको अबसरमा नेपाली काँग्रेस क्षेत्र नम्बर १ गोरखाले गरेको कार्यक्रममा बोल्दै काँग्रेसका नेताकार्यकताले अहिलेको समयमा विपीको बिचार र आर्दश झनै सान्र्दभिक भएको बताएका छन् ।
क्षेत्र नम्बर १ कार्यबाहक रोशन गुरुङको अध्यक्षता तथा पूर्व मन्त्री चिरन्जीवी वाग्लेको प्रमुख आतिथ्यितामा भएको कार्यक्रममा जिल्ला उप सभापती सुकदेव दवाडी, सचिवहरु पूणबहादुर दाहाल र नन्दप्रसाद न्यौपाने, कोषाध्यक्ष कृष्ण बहादुर आले, सह सचिव नारायण लामिछाने, महादिवेशन प्रतिनिधि किरण श्रेष्ठ, जिल्ला सदस्य राजनराज पन्त, जिवनप्रेम श्रेष्ठ, महिला संघकी गोरखा नगर अध्यक्ष बिनाकुमारी श्रेष्ठ, प्राध्यापक संघका अध्यक्ष यदु अधिकारी, विश्वेश्वरप्रसाद कोइरालाका बारेमा विद्या वारिधी गरेका डा.विरेन्द्र पुडासैनी, नेबिसंघका जिल्ला अध्यक्ष सुबास अधिकारी, रामबहादुर थापालगायतले मन्तव्य राखेका थिए ।
नेपाली काँग्रेसका संस्थापक कोइराला २०१५ सालको आम चुनावमा कांग्रेसले दुई तिहाई बहुमत ल्याएपछि पहिलो जन निवाचित प्रधानमन्त्री बनेका थिए । उनले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व दिएका थिए । तर २ वर्ष कामगर्न नपाउँदै तत्कालीन राजा महेन्द्रले जन निवाचित संसद् अपदस्त गरेपछि उनले लामो समय निर्वासन र जेलमा बिताउनु परेको थियो ।
पछि उनी विदेशमा बसेर देशका लागि लड्नु भन्दा देशभित्रकै सबै शक्ति बीचको एकता महत्वपूर्ण हुने भन्दै राष्ट्रिय मेल मिलापको नीति लिएर स्वदेश फर्किएका थिए । उनले प्रवद्र्धन गरेको प्रजातान्त्रिक समाजवाद र मेल मिलापको नीति अहिले पनि सान्दर्भिक मानिन्छ । कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो । विश्वेश्वरप्रसाद कोइराला राजनितिमा जस्तै साहित्यमा पनि चर्चित हुनुहुथ्यो । उनले लेखेका आत्म वृतान्त, दोषी चश्मा कथा सग्रहलगायका कृति संसार भर चर्चित छन् ।



