×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ६ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ११ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १२ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १५ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

रअका प्रमुखले प्रचण्डलाई भेटे, प्रधानमन्त्री ओलीले भेट्न मानेनन्

  •  
  • सोमबार, साउन ०६, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    बिनु सुवेदी

    तीनदिने भ्रमणका लागि नेपाल आएको भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्त गोयल भ्रमण छोट्याएर स्वदेश फर्किएका छन्।

    एक महिना अघि रअ प्रमुखमा नियुक्त भएका गोयल आइतबार नेपाल आएका थिए।

    गोयलले सोमबार बिहान साढे ८ बजे नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्।

    तर उनीहरुबीच के विषयमा कुराकानी भयो भन्ने खुलाइएको छैन।

    यद्यपी प्रचण्डको स्वकीय सचिवालयले भने भेटबारे थाहा नभएको जनाएको छ। स्वकीय सचिव गंगा दाहाले आफू सोमबार निवासमा नभएकाले भेटघाटबारे थाहा नभएको  बताइन्।

    रअ प्रमुखमा नियुक्त भएपछि गोयल नेपाल आउनेबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि जानकारी गराइएको थियो।

    ‘सरकारले उनलाई आवश्यक सुरक्षा प्रबन्ध गर्नुपर्छ भनेर पनि नेपालका तर्फबाट सोधिएको थियो तर भारतीय पक्षले पर्दैन भने,’ स्रोतले सेतोपाटीसँग भन्यो।

    गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट्ने प्रयास गरेका थिए। तर ओलीले उनलाई भेट्न चाहेनन् ।

    ‘भारतीय पक्षबाट भेट्ने प्रस्ताव आएको थियो, प्रधानमन्त्री ज्यूले रअ प्रमुखलाई भेट्न कुनै आपत्ती नभएता पनि भारतमा नयाँ सरकार बनेपछि कोही पनि राजनीतिक व्यक्तित्व नेपाल नआएको र राजनीतिक भेटघाट नगरी गुप्तचर संस्थाका प्रमुखलाई भेट्दा गलत सन्देश जाने भएकाले रअ प्रमुखलाई भेट्दिन भनेपछि गोयल भ्रमण एकदिन छोट्याएर फर्किए’ प्रधानमन्त्री निकट उच्च स्रोतले भन्यो।

    यसैबीच भारतीय राजदूत मन्जिवसिंह पुरीले सोमबार दिउँसो साढे ४ बजे  प्रतिनिधि सभाका संसदीय समितिका सभापतिहरूलाई रिसेप्सनका बोलाएका थिए।

    ‘भारतीय राजदूतका राजनीतिक मामिला विज्ञले फोन र म्यासेज गर्नुभएको थियो। तर कुनै पनि एजेण्डा नखुलेकाले भेट्न गइनँ,’ संसदको महिला, बालबालिका तथा सामाज कल्याण समितिका सभापति निरु पालले भनिन्।

    विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्काले पनि दूतावासबाट आफूलाई पनि निम्तो आएको बताइन्।

    ‘भारतीय दूतावासबाट निम्तो आएको थियो। के कार्यक्रम भन्ने खुलेको थिएन,’ उनले सेतोपाटीसँग भनिन्, ‘मलाई महत्वपूर्ण लागेन। त्यसैले सहभागी भइनँ।’

    उनले निम्तो आएपछि प्रयोजन नखुलाई आएकाले आफूले वास्ता नगरेको बताइन्।

    संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डले भने सभापतिहरुलाई निम्तो आएको विषयमा कुनै जानकारी नरहेको बताए।

    ‘सचिवालयलाई जानकारी छैन,’ उनले सेतोपाटीसँग भने।

    गोयलको नेपाल भ्रमणबारे सेतोपाटीको जिज्ञासामा भारतीय दूतावासका प्रवक्ता अभिषेक दुवेले यसबारेमा आफूसँग कुनै प्रतिक्रिया नभएको बताए।

    setopati

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, साउन ०६, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.