कैलासबावु श्रेष्ठ
साउन ६ गते । गोरखा उद्योग बाणिज्य संघ र नेपाली सेनाले संयुत्त रुपमा वृक्षारोपण गरेको छ ।
गोरखा उद्योग बाणिज्य संघ र रण सिंह दल गणले सदरमुकामको गोरखा दरर्बार जाने बाटोमा वृक्षारोपण गरेको हो ।
गोरखा नगरपालिका ६ को महेन्द्र ज्योति मावि देखी चकनचौतारा सम्म विभिन्न जातको रुख रोपिएको संघले जानकारी दिएको छ । डिभिजन बन कार्यालय गोरखाले उपलब्ध गराएको फुल प्रजातिका रुखहरु उत्त क्षेत्रमा रोपिएको हो ।

गणका जवानहरु र संघका पदाधिकारीले बेल, पारीजात, जामुन, तेजपात र म्यागों स्ट्रिट जातको २ सय १० वटा बिरुवाहरु रोपेका थिए । वृक्षा रोपणमा प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, उप प्रमुख बिनाकुमारी श्रेष्ठ, रण सिंह दल गणका गणपति द्वय चन्दन थापा र उज्वल के.सी. र डिभिजन बन अधिकृत तोयनाथ पौडेलको उपस्थिती रहेको थियो ।



