×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ६ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ११ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १२ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १५ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

बारपाकको दलित बस्तीमाअझै बनेन् घर

  •  
  • सोमबार, साउन ०६, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल

    साउन ६ गते । बिनाशकारी भूकम्प गएको ४ वर्ष बित्यो । रङ्गीचङ्गी घरहरु बनेसँगै केन्द्र बिन्दु बारपाक अहिले निकै मनमोहक देखिएको छ । तर छेवैको दलित बस्ती भने बत्तिमुनीको अध्यारोँ जस्तै भएको छ ।

    ‘त्रिपाल फाटेर गयो, जस्ताको छानो पनि चुहिने बेला भइसक्यो’ स्थानीय उत्तम विकले भने ‘तर अहिले सम्म हामीले घर बनाउने ठाउँ पाएनौं ।’ बारपाक गाउँ सगै ८ रोपनी ५ आना क्षेत्रफलमा फैलिएको एउटा सुन्दर बस्ती थियो । स्थानीयहरु त्यसलाई गैरी गाउँ भन्थे । ३२ घर धुरी दलित समूदाय (विश्वर्कमा) को बसोबास रहेको उक्त बस्ती भूकम्पले तहसनह बनायो ।

    त्यसपछि स्थानीयहरु सरकारी जमिनमा आश्रय लिन पुगे । उनीहरु अहिले सम्म कृषि सेवा केन्द्र, पशु सेवा केन्द्र र रेन्ज पोष्ट रहेको आरसीयुपीको जग्गामा अस्थायी टहरो बनाएर बसिरहेका छन् । ‘त्यहाँ पहिरोको खतरा छ बस्नु हुँदैन भनेर हामीलाई यहाँ पठाइयो’ स्थानीय सुकबहादुर विकले भने ‘देशभर बाढि पहिरोले मानिस मरिहेका छन् ।

    बस्नु हुँदैन भनेको ठाउँमा कसरी गएर बस्ने ?’ भुर्ग विदहरुले असुरिक्षत ठह¥याएको उक्त ठाउँका स्थानीयलाई अन्यत्र सारेर त्यहाँ भूकम्प स्मृति खुल्ला संग्राहालय बनाउने निर्णय भएको थियो । तर केही स्थानीयले जग्गा नदिने बताएपछि सरकारले उक्त निर्णय फिर्ता लिइसकेको छ । तर बस्ती स्थानान्तरणको काम भने अहिलेसम्म टुङ्गो लागेको छैन् । ‘म ३८ पटक सिंह दरबार धाएँ, जिल्लाका अड्डा चाहारेको त हिसाब किताब छैन’ सुकबहादुरले भने ‘भेट्नु पर्ने सबै मानिसलाई भेटि सकँे तर अहिले सम्म काम भएको छैन् ।’

    ३२ घर मध्ये ७ घरले संग्राहालय निर्माणका लागि आफ्नो पुर्खेली जमिन दिन नसक्ने भन्दै पुरानै स्थानमा फर्र्किएका छन् । ‘मन्त्रालयमा गयो अब यो काम स्थानीय सरकारको हो भनेर पठाइदिन्छ’ सुकबहादुरले भने ‘यहाँआयो गाउँपालिकाले सधै आलटाल मात्र गर्छ ।’ वडा अध्यक्ष रोशन विकको इसारामा गाउँपालिकाले अनिर्णयको बन्दी बनाएको सुकबहादुरको दाबी छ ।

    भु–संरक्षणको नाममा रहेको जग्गामा कुनै समस्या नरहेको तर कृषि र पशुले स्थानीयतहको सिफारिस प्राप्त भएपछि मात्र जग्गा उपलब्ध गराउने सक्ने बताउँदै आएका छन् । ‘मैले गएको पुसमा गाउँ पालिका अध्यक्ष विष्णु भट्टलाई मन्त्रालयले दिएको पत्र ल्याएर बुझाएको हुँ’ सुकबहादुरले भने ‘तर उहाँले हाम्रो दुःख देखेर पनि नदेखे जस्तो गर्नुभएको छ ।’ यता बारपाक सुलिकोट गाउँपालिकाका वडा–१ अध्यक्ष रोशन बिकले भने आफूले सिफारिस नदिएको भन्ने कुरा गतल भएको दाबी गरेका छन् । ‘त्यो कुरा सरासर गतल हो’ उनले भने ‘बरु उहाँहरुले ५० हजार लिइसक्नु भएको छ । पुरानो ठाउँमा घर बनाउन नहुने भए किन ५० हजार लिनु भयो ?’ सरकारले संग्राहालयन बनाउने भनेपछि उक्तजग्गा बस्न योग्य हो की होइन भु–गर्भबिद्हरु मार्फत एकिन गरिदिनु पर्ने विकको भनाई छ ।

    गाउँका सबैले घर बनाएर सुरिक्षत स्थानमा सारि सकेको पनि दलित बस्तीका स्थानीहरु भने दुःख कष्ट भोग्नबाध्य छन् ।

    तस्विर : कैलासबावु श्रेष्ठ

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, साउन ०६, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.