गोरखा समाचारदाता
साउन ६ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जिल्ला ईञ्चाजमा कृष्ण धिताल चयन भएका छन् ।
आइतबार ७७ वटै जिल्लाको नेतृत्व टुंग्याएको नेकपाले धिताललाई गोरखा जिल्ला इञ्चार्जको जिम्मेवारी दिएको हो । ‘सबै साथीहरुबाट दाईले नै एकिकृत पार्टीको जिल्ला नेतृत्व लिनु पर्छ भन्नुभएको थियो’ गोरखा समाचारसँग कुराकानी गर्दै उनले भने ‘पार्टीले पनि मूल्याङ्कन ग¥यो होला, म खुसि छु ।’
केही समय अघि अध्यक्ष सचिव चयन गरेको नेकपाले पूर्व दुई पार्टीको भाग बण्डामा इञ्चार्ज र सह इञ्चार्ज चयन गरेको छ । सह–ईञ्चाज भने ३ जनालाई बनाइएको छ । सुशीला सिंखडा, परशुराम रम्तेल र चुडामणि जङ्गली सह–इञ्र्जाजको जिम्मेवारी दिएको छ । इञ्चार्ज धिताल, सह–इञ्चार्ज सिंखडा र रम्तेल पूर्व माओवादी खेमाका हुन् । पूर्व एमाले पक्षले भने कास्कीका जंगलीलाई सह–इञ्र्चाज बनाएको छ ।
गोरखामा साबिक एमालेबाट केन्द्रीय सदस्य नभएकाले कास्कीका चुडामणि जंगलीलाई पनि गोरखाका सह इञ्चार्ज बनाइएको नेकपा गोरखाले जानकारी दिएको छ । ‘अब हामी छिटै पहिलो बैठक बस्छौं, सबैलाई मिलाएर लैजाने मेरो योजना छ’ धितालले भने ‘माथिको निर्देशन जिल्लाको निणर्य अनुसार नै पार्टी अगाडी बढ्छ ।’ तत्कालिन माओवादीका इञ्चार्ज समेत रहेका धितालले आफ्नो छुट्टै योजना भने नरहेको बताए ।
जिल्ला पार्टी नेतृत्वले पूर्णता पाइसकेका ले अबभातृ संगठन, जनवर्गीय संगठन, सुभेक्षुक सस्थाहरुको एकताको काम पनि छिटै हुने उनको भनाई छ । ‘गाउँ पालिकाहरुमा हामीले टुंग्याइ सकेका छौं, नगर पालिकामा बाँकी छ’ उनले भने ‘त्यहाँ धेरै साथीहरु योग्य हुनुहुन्छ कसलाई जिम्मेवारी दिदा सबैको भावना समेट्न सकिन्छ भनेर हामी छलफल गरिरहेका छौं ।’



