गोरखा समाचारदाता
साउन ६ गते । महा मावन गौतम बुद्धको मुर्ति तोडफोड भएको प्रति गोरखाका बौद्धमागीहरुले आपत्ती जनाएका छन् ।
केही दिन अघि रुपन्देही जिल्ला तिलोतमा नगरपालिका–६ स्थित बुटवल बेलिया सडक खण्डमा राखिएको बुद्धको मुर्ती तोडफोड भएको थियो । उक्त घटना प्रति आफ्नो ध्यानाकर्षण भएको नेपाल मगर बौद्ध सेवा समाज गोरखाले जनाएको हो ।
आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै धार्मिक सहिष्णुता भड्काउने, अशान्ती निम्त्याउने उदेश्यले नेपालीको गौरव माथी चोट पुरयाउने गरी उक्तकार्य गरिएको दाबी गरिएको छ । समाजका अध्यक्ष मिनबहादुर थापा मगर द्धारा जारी विज्ञप्तीमा दोषीको पहिचान गरी अभिलम्ब कारवाही गर्न माग सरकार सामु माग गरिएको छ ।




















