गोरखा समाचारदाता
साउन ६ गते । धादिङको खयरघारीमा सोमबार बिहान बस र माइक्रोबस ठोकिदा १ जनाको मृत्यु भएको छ भने १३ जना घाईते भएका छन ।
संघिय राजधानी काठमाडौँबाट भैरहवाको लागि छुटको लु. १ ख ३१३४ नम्बरको बस र चितवनको टाँडीबाट काठमाडौँ तर्फ जादै गरेको बा. ५ ख ३१५१ नम्बरको माइक्रो एक आपसमा ठक्कर खाएको थियो ।
बस संग ठक्कर खाएको माईक्रो बस भने महेश खोलामा खसेको छ । घाईते सबै माईक्रो बसमा यात्रागर्ने रहेको प्रहरीले जानकारी दिएको छ ।



