×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

महिनावारी हुँदा प्रयोग हुने मेन्स्ट्रूअल कप ‘विश्वसनीय’

  •  
  • आइतबार, साउन ०५, २०७६ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    महिनावारीका बेला प्रयोग गरिने स्यानीटरी सामानहरूको पहिलोपटक बृहत् वैज्ञनिक समीक्षा गरेका अनुसन्धानकर्ताहरूले मेन्स्ट्रुअल कप पनि ट्याम्पून र प्याड जस्तै रगत नचुहिने भन्दै त्यसबारे महिलाहरू ढुक्क हुनसक्ने बताएका छन्।

    महिनावारीका क्रममा हुने रक्तस्रावलाई मेन्स्ट्रुअल कपले सोस्ने भन्दा पनि जम्मा गर्ने गर्छ।

    मेन्स्ट्रुअल कप योनिमा राखिन्छ र पुन: प्रयोग पनि गर्न सकिन्छ। जबकि ट्याम्पून भने पुन: प्रयोग गर्न मिल्दैन।

    मेन्स्ट्रुअल कप प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको छ तर त्यससम्बन्धी जनचेतनाचाहिँ महिलाबीच तुलनात्मक रुपमा कम भएको पाइएको छ।

    द ल्यान्सेट पब्लिक हेल्थ जर्नलमा प्रकाशित एउटा लेखले ४३ वटा अध्ययनलाई समेटेको छ जसमा गरिब र धनी देशका ३३ सय किशोरी र महिलालाई समावेश गरिएको छ।

    उनीहरूका साझा चासो भनेको मेन्सट्रुअल कप लगाउन र निकाल्न कठिन अनि पीडादायी हुने र रगत चुहिने भन्ने छ।

    तर उक्त अध्ययनमा जटिलता नगण्य भएको पाइएको बताइएको छ।

    १३ वटा अध्ययनको परिणामले मेन्स्ट्रुअल कपले कसरी काम गर्छ भन्ने विषयमा अभ्यस्त भएपछि ७० प्रतिशत महिलाहरूले त्यसकै प्रयोगलाई निरन्तरता दिन चाहेको देखाएको छ।

    तीनसय महिला सहभागी भएको चारवटा अध्ययनले मेन्स्ट्रुअल कप र ट्याम्पून्स, प्याडबीच चुहावटको तुलना गरेको थियो।

    तीनवटा अध्ययनले चुहावटको अवस्था उस्तै देखाएको थियो र एउटा अध्ययनले चाहिँ मेन्स्ट्रुअल कपबाट निकै कम भएको देखाएको थियो।

    कपले कसरी काम गर्छ ?

    मेन्स्ट्रुअल कप रबरजस्तै एकदमै नरम र लचिलो सामग्रीबाट बन्छ।

    योनिमा राखेपछि रगत बाहिर ननिस्कियोस भनेर त्यसले बिर्को बन्द गर्ने जस्तो (सिलबन्दीको) काम गर्छ।

    ट्याम्पून्स वा स्यानिटरी प्याडले भन्दा मेन्स्ट्रुअल कपले धेरै रगत जम्मा गर्छ। तर त्यसलाई निरन्तर खाली गर्दै जानुपर्छ र सफा गर्नुपर्छ।

    मेन्स्ट्रुअल कप दुई प्रकारका हुन्छन्। एउटा ‘भजाइना कप’ जो योनिको तल बस्छ र घन्टी आकारको हुन्छ। अर्को चाहिँ ‘सर्भिकल कप’ हो जो अलिमाथि बस्छ।

    ‘मैले एउटै कप २० वर्षभन्दा बढी प्रयोग गरेँ’

    स्पेनकी ६२ वर्षीया क्याथरिन पेटिट-भ्यान होइले आफूले सन् १९८० को दशक अन्त्य यतादेखि एउटै मेन्स्ट्रुअल कप प्रयोग गरेको बताइन्। उनले सुरुमा त्यसबारे आफ्नी साथीबाट थाहा पाएकी थिइन्।

    “सुरुमा बानी पार्न केही समय लाग्यो तर जब म यसको प्रयोगमा अभ्यस्त भएँ मैले पछाडि फर्किएर हेर्नै परेन,” उनले भनिन्।

    “यो सजिलो हुन्थ्यो। मैले पैसा पनि बचाएँ र पर्यावरण जोगाउन पनि थोरै केही गरेँ।”

      क्याथरिन पेटिट होइ
    पेटिट भ्यान होइले मेन्स्ट्रुअल कप छोरीहरूलाई विश्वविद्यालय जाँदा दिइन् र, “उनीहरूले कति पैसा जोगिन्छ महसुस गरे”

    उनले थपिन्: “मैले २० वर्षभन्दा बढी समय आफू महिनावारी हुँदा एउटा मात्रै कप प्रयोग गरेँ। मैले साबुनले राम्रोसँग पखालेँ तर जीवाणु रहित बनाउने अरु उपायचाहिँ गरिनँ। त्यसमा सम्भवत प्रश्न उठाउन सकिन्छ।”

    सार्वजनिक शौचालयमा मेन्सट्रुअल कप सफा गर्दा चाहिँ कहिलेकाहिँ हात धुने धारामा कोही नभएको समय कुर्नुपरेको वा अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्ने शौचालयमा जानुपरेको उनले बताइन्।

    म्यान्चेस्टरकी ३१ वर्षीया मर्टिना फ्राटेरनलीले पनि आफूले झण्डै १० वर्षयता मेन्स्ट्रअुल कप प्रयोग गर्दै आएको बताएकी छन्।

    “हो कुनैकुनै बेला जब सफा पानी भएको धारा पाइँदैन शौचालयमा त्यतिबेला झन्झटिलो हुन्छ तर यसलाई कम खर्च लाग्ने र यसको पर्यावरणीय फाइदाले त्यो झन्झट्‍लाई जित्छ।”

    “यो यस्तो सजिलो र सुविधाजनक छ कि धेरैजसो त यो लगाएको जस्तो नै महसुस हुँदैन।”

    “म त एकदमै सुझाउँछु र अहिलेजस्तो पर्यावरणको धेरै चिन्ता भइरहेको बेला यसमा कर घटाएर महिनावारीका बेला प्रयोग गरिने अन्य सामग्री जस्तै यसको पनि प्रचारप्रसार गर्नुपर्छ।”

    कसरी प्रयोग गर्ने?

    आफ्नो शरीरलाई मिल्ने आकारको कप छान्नुहोस्। तपाईँको शरीरबाट कति रक्तस्राव हुन्छ भन्नेसँग यसको सम्बन्ध छैन।

    तर कप प्रयोग गर्नुअघि त्यो सफा र सुख्खा हुनुपर्छ।

    कपलाई दोबार्नुस् र योनिभित्र राख्नुस्। त्यसपछि त्यो आफैँ खुल्छ र रगत नचुहिने गरी सिल गरेर बस्छ।

    सिल हटाउनका लागि चाहिँ कपको तलको भाग हल्लाउनुपर्छ र तान्नुपर्छ।

    कपमा जम्मा भएको फोहोरलाई शौचालयमा फाल्नुस् र राम्रोसँग पखालेर पुछ्नुस्।

    प्रत्येक महिनावारीका बेला कपको किटाणु मर्ने गरी त्यसलाई सफा गर्नुस्।

    स्कुले छात्रा

     मलावीका केही स्कुले छात्राहरू पनि मेन्स्ट्रुअल कप प्रयोग गर्छन्

    प्रयास गर्नका लागि थुप्रै प्रकारका ब्राण्डहरू उपलब्ध छन्। तर मेन्स्ट्रुअल कप सबैका लागि नहुन सक्छ। त्यसको प्रयोगबारे सहज अनुभव गर्न केहीपटक प्रयास गर्नुपर्ने हुनसक्छ।

    रोएल कलेज अफ नर्सिङकी सदस्य एवं स्त्रीरोगकी परामर्शदाता डेब्रा होलोवेले भनिन्: “यहाँ थुप्रै प्रकारका सामग्रीहरू छन्। आफूलाई मिल्ने राम्रो खोजेर प्रयोग गर्नुपर्छ।”

    विज्ञहरू भन्छन्, के प्रयोग गर्ने भन्ने कुरा महिलाहरूको व्यक्तिगत छनोटको विषय हो।

    तर उनीहरूलाई राम्रो सुझाव र प्रमाणहरू दिन आवश्यक छ ताकि उनीहरूले यस विषयमा निर्णय लिन सकुन्।

    अनुसन्धानका प्रमुख लेखक तथा लिभरपुल स्कुल अफ ट्रपिकल मेडिसिनका प्राध्यापक पेनेलोप फिलिप्स-होवार्डले भन्छन्: “विश्वव्यापि रुपमा १ अरब ९० करोड महिलाहरू महिनावारी हुने उमेर समूहका भए पनि स्यानीटरी उत्पादनबारे राम्रा अध्ययनहरू कमैमात्रै भएको छ। ती महिलाले वर्षमा सरदर ६५ दिन महिनावारीसँग जुझ्नुपर्छ।”

    के मेन्सट्रुअल कप ट्याम्पून वा स्यानीटरी प्याड भन्दा सस्तो हुन्छ ?

    न्याशनल हेल्थ साइन्सका अनुसार १२ देखि ५२ वर्ष उमेर समूहका महिलाहरूको जम्मा ४८० पटक महिनावारी हुन्छ।

    एउटा कपको १५ पाउण्डदेखि २५ पाउण्डसम्म पर्छ जुन ट्याम्पूनको एउटा प्याकेट भन्दा धेरै महङ्गो हो। तर यो प्रत्येक महिना पुन: प्रयोग गर्न सकिन्छ र १० वर्षसम्म पुग्छ।

    त्यसैले लामो समयलाई हेर्ने हो भने आर्थिक रुपमा यो निकै प्रभावकारी हुन्छ।

    फाल्ने भन्दा पुनर्प्रयोग गर्ने भएकाले पनि मेन्स्ट्रुअल कपलाई ट्याम्पुन वा स्यानीटरी प्याड भन्दा पर्यावरणीय दृष्टिकोणबाट पनि राम्रो विकल्पको रुपमा हेरिएको छ।

    महिनावारीका बेला धुन मिल्ने र पुनर्प्रयोग गर्न मिल्ने कट्टु पनि उपलब्ध छ।

    विश्वव्यापिरुपमा मेन्सट्रुअल कप उपलब्ध गराउन सके त्यसले महिनावारीसँग सम्बन्धित सङ्क्रमणलगायतका स्वास्थ्य समस्या र गरिबीसँग जुध्न पनि सघाउ पुग्ने अनुसन्धानकर्ताहरू विश्वास गर्छन्।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, साउन ०५, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.