×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ९ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १४ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १४ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १७ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १९ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

२०६३ वैशाख ११ गते राजा ज्ञानेन्द्रसँग पाँच बुँदे सहमति भयो ! राजासँग भएका प्रतिबद्धता र सहमति तोड्ने ?

  •  
  • बिहिबार, असार २६, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    -दीर्घराज प्रसाई

    २०६३ वैशाख ११ गते राजा ज्ञानेन्द्रसँग ७ राजनीतिक दलको राजतन्त्र राख्ने विषयमा भएका पाँच बुँदे सहमतिमा ‘पहिलो बुँदामा थियो– परिवर्तन २०४७ सालकै संविधानलाई टेकेर हुने, दोस्रो बुँदामा विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्ने, तेस्रो बुँदामा वहदलीय व्यवस्था कायम रहने र चौथो बुँदामा संवैधानिक राजतन्त्र कायम रहने उल्लेख थियो । पाँचौ बुँदामा यी सबै सहमति एक अर्कामा कायम रहने, सहमति भयो |

    २०४७ को संविधानअनुसार विघटित प्रतिनिधिसभा ब्युँताई संसदीय व्यवस्था र संवैधानिक राजसंस्थाअन्तर्गत नै गिरिजाप्रसादलाई प्रधानमन्त्री पदको शपथ खुवाइएको थियो । २०६३ साल जेठ ४ गते प्रतिनिधिसभामा संसदीय घोषणामार्फत राजाको जेठो सन्तान छोरी भएमा उनलाई राजगद्दीमा राखिने प्रतिबद्धता व्यक्त गरियो ।

    तर राजाको जेठो सन्तान छोरी भएमा उनलाई राजगद्दीमा राखिने प्रतिबद्धता भएको त्यो घोषणा कसरी कहिले विस्थापित भयो, कसैको जानकारीमा छैन । राजासँग भएका सहमति तोड्न थालियो र एकपछि अर्को गर्दै देश, राजा र जनतालाई धोका दिने काम भयो । जनताको अभिमतबिना र प्रचलित संविधानवादलाई कुल्चेर ०६३ साल जेठ ४ गते धर्मनिरपेक्ष राज्य घोषणा गरियो ।

    यस अवस्थामा सबै पार्टीहरुबाट राजा ज्ञानेन्द्रको राष्ट्रवादी वचनवद्धतालाई शिरोपर गर्न सक्नुपर्दछ । राजा ज्ञानेन्द्रको मध्यस्ततामा सबैपार्टी र पार्टी बाहिरका देशभक्तहरुले मुलुकको निकाश खोज्नुपर्दछ । नेपालको वास्तविकता यस्तो छ कि राजाको अनुपस्थितिमा नेपाल भन्ने देश रहदैन । राजा र जनताको संयुक्त प्रयासमा बनेको देश हो यो ।

    राष्ट्रको स्थिरताका लागि राजा ज्ञानेन्द्रसँग सहकार्य गरी राजसंस्था र हिन्दु अधिराज्य कायम गर्नुपर्छ !

    पृथ्वीनारायण शाहले १८०० मा बनारसमा विश्वनाथको दर्शन गर्न गएको अवस्थामा मुसलमान शासक औरङ्गजेवले विश्वनाथको मन्दिर भत्काएको र जीर्णोद्धार नभएको अवस्था थियो। त्यसले पृथ्वीनारायण शाह अत्यन्त दुःखी भए। भारतमा हिन्दुहरुको दुःखदायी अवस्था देखेर पृथ्वीनारायण शाहलाई गोर्खालगायत हिमवतखण्डका हिन्दु राज्यहरु जोगाउने उत्पे्ररणा जाग्यो। त्यसैले बनारसबाटै केही मुसलमान योद्धा र हतियार बनाउने मुसलमान कालिगढहरु लिएर उनी गोर्खा फर्किई हिमवतखण्डका हिन्दु राज्यहरुको एकीकरण गर्न शुरु गरे।

    वि.सं. १८०१ देखि साम, दाम, दण्ड, भेदको नीति अख्तियार गरी नेपालको एकीकरणमा लागेको हुँदा आज हामी नेपालीहरु विश्वमा शिर ठड्याएर हिँड्न पाएका छौं। राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले हिमवतखण्डलाई एकीकृत गर्ने सन्दर्भमा काठमाडौं उपत्यकालाई चन्द्रागिरिबाट हेरेर ‘यो असल हिन्दुस्थान हो’ भनेका थिए। चन्द्रागिरिबाट दृश्यावलोकन गरेको प्रभावले नेपाल एकीकृत भएपछि गोर्खाका राजाले गोर्खा अधिराज्य नभनेर सगौरव यस भूभागलाई नेपाल अधिराज्य भनेर पुकारेका थिए।

    साम्राज्यवादी शक्तिसँग भिडेर पृथ्वीनारायण शाह, बहादुर शाहलगायत नेपालका विभिन्न जातिका सपुतहरुले नेपालको सार्वभौमसत्ता बचाएर अनेकौं जाति, भाषा, धर्म र क्षेत्रीयतालाई सन्तुलित राख्न र अनेकतामा एकताको नीति कायम गरेर विशाल नेपालको सिर्जना हुन सकेको हो। त्यस बेला विश्वका धेरैजसो प्रभावशाली कहलिएका राष्ट्रहरु टुक्रा–टुक्रामा विभाजित थिए। नेपालको एकीकरण भएको एक सय वर्षपछि टुक्रा–टुक्रामा विभाजित जर्मनीलाई विस्मार्कले एकीकरण गरेका थिए। पृथ्वीनारायण शाहले सूर्य र चन्द्रमाको झन्डा फहराएर अंग्रेजी साम्राज्यले खान लागेको अवस्थामा हिमवतखण्ड नेपालका स–साना ५४ भन्दा बढी स्वतन्त्र हिन्दुराज्यहरुलाई एकीकरण गरेर नेपाल विश्वको एकमात्र हिन्दुअधिराज्य बनेको हो।

    गौरवमय स्वर्णभूमि नेपाललाई विदेशीहरूको पारामा लागेर २०६३ सालपछि नेपालका माओवादी, कांग्रेस, एमाले पार्टीका नेताहरूले यहाँको सार्वभौमसत्ताको मेरुदण्डको रुपमा स्थापित राजसंस्था र पहिचानको रुपमा स्थापित विश्वको एकमात्र हिन्दु अधिराज्य विस्थापित गरे । त्यसपछि बितेको यो १३ वर्षमा देश भ्रष्टाचार र विदेशी हस्तक्षेपबाट तहसनहस भइसकेको छ । नेपालमा गणतन्त्रात्मक संविधान घोषित भइसके पनि राष्ट्रिय राजनीतिका मुद्दा ज्यूँकात्यूँ छन् ।

    अब हामीले राष्ट्रिय राजनीतिमा मुख लुकाएर बोल्ने होइन । देश सबैको साझा हो । गणतन्त्र घोषित भए तापनि राजसंस्थाप्रति नेपाली जनताको ठूलो आस्था रहेको छ भन्ने कुरा राजा ज्ञानेन्द्रबाट गरिएका भ्रमणमा जनताको असंख्य उपस्थितिले पनि बताउँछ ।

    दुई ठूलो देशको च्यापोमा अवस्थित नेपाल गणतान्त्रिक मूलुक भएमा चीन र भारतबीचमा संतुलन कहिले कायम हुनसक्तैन । त्यसैले अवको विकल्प हो- राजा ज्ञानेन्द्रसँगको सहमति र मध्यस्ततामा सारा व्यवस्था मिलाएर नेपालको राष्ट्रियता, राजसंस्था तथा हिन्दुअधिराज्यलाई निरन्तरता दिएर संसदीय प्रजातन्त्रलाई सुदृढीकरणगर्दै देश निर्माणमा सरिक हुन बाहेक अरु विकल्प छैनन् ।

    माथिका सबै लेख तथा बिचार लेखकको आफ्नै निजी हो

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, असार २६, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.