×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • १० घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १५ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १६ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १९ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २० घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

गुप्सीपाखामा घर माग्दै नाम छुटेका लाप्राकी सदरमुकाममा

  •  
  • शनिबार, असार २१, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    लाप्राकका सुकबहादुर गुरुङको घर भूकम्पले पूर्ण रुपमा भत्कियो । उनी सँगै गाउँका करिब ६ सय घर एकसाथ ढले तर छिमेकको घर ठडिदाँसम्म पनि उनी भने सरकारी कार्यालय धाउँदैछन् । ‘सेतो कार्डपनि पाइयो, रातो कार्ड पनि छ तर घर पाइन्’ राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला समन्वय आयोजना कार्यान्वयन इकाइको परिसरमा कागजपत्रको पोको देखाउँदै उनले भने ‘घर त पाइएन नै दुखः भने धेरै पाइयो ।’

    लाप्राकमा गैरआवासिय नेपाली संघ (एनआरएनए) ले एकिकृत नमूना वस्ती निर्माण गरिहेको छ । पहिरोको उच्च जोखिममा रहेको उक्त गाउँलाई नै स्थानान्तरण गर्ने उदेश्यले धार्चे गाउँपालिका–४ गुप्सीपाखामा एकिकृत वस्ती निर्माण गरिएको छ । तर लाभग्राहीको सूचीमा नाम छुटेका ५० घर परिवार भने उक्त वस्ती निर्माणको काम टुलुटुल हेर्न विवश छन् । ‘पहिले हाम्रो घर लाभग्राही सूचीमा रहेनछ’ स्थानीय खुसि गुरुङले भनिन् ‘अहिले नाम त आयो तर हामीले गुप्सी पाखाको घर पाएनौं ।’ एनआरएनले पछि थपिएका लाभग्राहीको घर बनाउन नसक्ने भनेपछि उनीहरु हाहारगुहार गर्न बस रिर्जब गरेर जिल्ला सदरमुकाम आएका छन् ।

    उनीहरुले जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइमा पुगेर आफूहरुले पनि गुप्सी पाखामा घर पाउनु पर्ने माग गरेका हुन् । ‘करेसो जोडिएको छिकेकीले गुप्सी पाखामा घर पाउने हामीले चाहीँ नपाउने ? यो अन्याय भयो’ खुसिले भनिन् ‘हामी गाउँले सबै एकै ठाउँमा बस्न पाउनुपर्छ ।’ गुजुमुज्ज परेको सिङ्गै वडा एउटै गाउँ रहेको लाप्राकका अधिकाशं घर गुप्सीपाखामा सर्ने भएकाले आफूहरु पनि उहीँ बस्न पाउनु पर्ने उनीहरुको माग छ ।

    भूकम्प गएको ४ वर्ष बितिसक्दा पनि अन्य घर समेत निर्माण भइसकेको छैन् । सोही अनुरुप एनआरएनएले थप घर बनाउन नसक्ने स्पष्ट पारेका छ । ‘जिम्मा लिएको काम त उहाँहरुले पुरा गर्नभएको छैन’ जिल्ला आयोजना कार्यान्वय इकाइका प्रमुख रामशरण आर्चायले भने ‘थप घर उहाँहरुले जिम्मा लिनौं भनिसक्नु भएको छ । यसलाई कसरी संबोधन गर्न सकिन्छ हामी पनि सोचिरहेका छौं ।’ एनआरएनएले वस्ती नै स्थानान्तरण गर्ने भएपछि लाप्राकलाई नेपाल सरकारले जोखिमयुक्त बस्तीको सूचीमा नराखेकाले थप सुबिधा दिन पनि समस्या भएको उनले बताए ।

    केही दिन भित्र समन्वय समितिको बैठक बसेर उक्त समस्या बारे प्राधिकरणलाई जानकारी गराउने आर्चाय आश्वासन दिएका छन् । ‘पहिले लाभग्राही भएकाहरुले अनुदान पाए’ वडा अध्यक्ष राज गुरुङले भने ‘तर पछि थपिएका ३० जना र अझै थपिन बाँकी गुनासो भरेका २० जनाले नपाउने अवस्था आएको छ ।’ उनीहरुलाई घर दिलाउन आफू लागि परेको उनले बताए । एनआरएनएले थप घर नबनाउने भएपछि कहाँ गएर बस्ने भन्ने चिन्ता लाप्राकीलाई थपिएको छ । ‘कसैलाई काखा कसैलाई पाखा जस्तो भयो’ स्थानीय पूर्णिमा गुरुङले भनिन् ‘घर पनि छैन त्रिपालको टहरो चुइएर बस्ने ठाउँ छैन् ।’ उनीहरुले एनआरएनएले बनाएको जस्तै घर आफूहरुले पनि पाउनुपर्ने माग गरेका छन् ।

    यदी उक्त कुरा सम्भव नभए घडेरी खरिद बापतको अनुदान उपलब्ध गराईदिन अनुरोध गरेका छन् । ‘घर त बनाएर बस्ने प¥यो, गाउँले सबै उठेर जाने हामी मात्र यो असुरक्षित ठाउँमा बस्नु भएन’ सुकबहादुर गुरुङले भने ‘हामीलाई घडेरी दिओस् गुप्सी पाखाकै छेउछाउमा गएर आफै घर बनाउँछौं ।’ सरकारले गुप्सिपाखासँगै उपलब्ध गराईदिए सहज हुने अपेक्षा स्थानीयको छ । गाउँका ५ सय ७३ घरधुरी उठेपछि बाँकी रहेका मात्र त्यहाँ बस्न नसक्ने उनीहरुको तर्क छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, असार २१, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.