×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ११ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १६ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १६ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १९ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २१ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

गुलियो पेयपदार्थ: ‘असामयिक मृत्युको सम्भावना बढाउँछ’

  •  
  • बिहिबार, चैत २१, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    एउटा नयाँ अनुसन्धानले गुलियो पेयपदार्थका कारण असामयिक निधन हुने सम्भावना बढाउने देखाएको छ।

    हार्भर्ड विश्ववद्यालयको टीएच चान स्कूल अफ पब्लिक हेल्थले गत महिना प्रकाशित गरेको अनुसन्धानमा मानिसहरूले जति धेरै गुलियो पेयपदार्थ पिउँछन् – कारण जे भए पनि – उनीहरूमा असामयिक निधन हुने खतरा उति नै धेरै बढ्ने देखिएको छ।

    सो अनुसन्धानका लागि ३० वर्ष उमेरभन्दा माथिका ३७ हजार पुरुष र ८० हजार महिलाबाट तथ्याङ्क सङ्कलन गरिएको थियो।

    “महिनामा एक पटकभन्दा कम पिउनेभन्दा महिनामा एकदेखि चार पटक पिउनेहरूमा खतरा एक प्रतिशतले बढ्ने, हप्ताको दुईदेखि छ पटक पिउनेहरूमा खतरा छ प्रतिशत बढ्ने, दिनमा एक वा दुई पटक पिउनेहरूमा १४ प्रतिशत खतरा बढ्ने र दैनिक दुईभन्दा बढी पटक पिउनेहरूमा २१ प्रतिशत खतरा बढ्ने देखिन्छ,” प्रमुख अनुसन्धानकर्ता वसन्ती मलिकले भनिन्।

    विश्वव्यापी खपत

    अनुसन्धानले गुलियो पेयपदार्थ र मुटुसम्बन्धी समस्याबाट हुने असामयिक निधनका बीच गहिरो सम्बन्ध एवम् क्यान्सरबाट मृत्यु हुने सम्भावना रहेको देखाएको छ।

    संसारभरि गुलियो पेयपदार्थको खपत बढिरहेको छ। सन् २०१८ मा संसारभरि औसतमा एक व्यक्तिले वार्षिक ९१.९ लिटर गुलियो पेयपदार्थ पिउने युरोमोनिटर इन्टर्न्याश्नलले बताएको छ।

    गुलियो पेय पदार्थको विश्वव्यापी खपत

    अर्ब लिटरमा

    स्रोत: युरोमोनिटर इन्टर्‌न्याश्‌नल

    हार्भर्डको अध्ययनले ‘डायट’ वा चिनी कम भएका पेयपदार्थ खाँदा कम खतरा देखिए पनि उक्त प्रकारको पेयको विश्वव्यापी खपत औसतमा प्रतिव्यक्ति प्रतिवर्ष ३.१ लिटर मात्रै रहेको जनाएको छ।

    बोतलमा बेचिने पेयपदार्थ धेरै खपत गर्ने देश –

    पेयपदार्थका पारखी देश: सन् २०१८ मा प्रतिव्यक्ति ‍औ‍सत खपत (लिटरमा)
    चीन ४१०.७
    अमेरिका ३५६.८
    स्पेन २६७.५
    साउदी अरेबिया २५८.४
    अर्जेन्टिना २५०.४
    नाइजेरिया २३३
    जापान १८५.८
    यूके १६८.३
    टर्की १६०.६
    ब्राजिल ११४.६

    चीनमा प्रतिव्यक्ति दैनिक ‍औसत खपत एक लिटरभन्दा बढी छ।

    माथिको सूचीको पेय पदार्थमा बोतलमा पाइने पानी पनि समावेश छ।

    तर तथ्याङ्कले के देखाउँछ भने चीनमा सन् २०१७ मा चीनमा बोतलको पानीको खपत प्रतिवर्ष प्रतिव्यक्ति औसत ३०.८ लिटर मात्रै छ।

    गुलियो पेययूके र चिलीसहित अन्य धेरै राष्ट्रमा गुलियो पेयमा चिनीकर लाग्छ

    क्यालरीको हिसाब

    सन् २०१५ मा ल्यान्सेट जर्नलमा प्रकाशित प्रतिवेदनमा अमेरिकीहरूले गुलियो पेयपदार्थबाट दैनिक औसतमा १५७ क्यालरी प्राप्त गर्ने तथ्याङ्क थियो।

    त्यति क्यालरी प्राप्त गर्नका लागि दिनमा एउटाभन्दा बढी कोला पिउनुपर्छ।

    कोका-कोलाको ३३० मिलिलिटरको बोतलमा ३५ ग्राम वा सात चम्चाबराबर चिनी हुन्छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार दिनमा ५० ग्रामभन्दा बढी चिनी खानुहुँदैन।

    तर अमेरिकाभन्दा धेरै चिनी खाने देशरू पनि छन्।

    A spoonful of sugar
    • ३५ ग्राम३३० मिलिलिटरको कोका-कोलामा चिनीको मात्रा जुन
    • ७चम्चा चिनी बराबर हो
    • १२.५ चम्चा चिनीविश्व स्वास्थ्य सङ्गठनले वयस्यका लागि तोकेको दैनिक मात्रा

    स्रोत: कोका-कोला/विश्व स्वास्थ्य सङ्गठन

    चिलीमा दैनिक प्रतिव्यक्ति खपत १८८ क्यालोरी थियो। तर यो चिलीले चिनी कर लगाउनु अगाडिको तथ्याङ्क हो।

    चिनीकरपछि चिलीमा गुलियो पेयपदार्थको खपत २१ प्रतिशतले घटेको थियो।

    संसारका ३० देशमा चिनीमा कर लाग्छ।

    मलिकको अध्ययनपछि अरू देशले पनि चिनीकर लगाउने नीति लिनुपर्ने केही विज्ञहरूको भनाइ छ।

    “यो अध्ययनले बालबालिका र किशोरकिशोरीका लागि गरिने गुलियो पेयपदार्थको विज्ञापनमा रोक लगाउने र चिनीकर लगाउनु पर्ने देखाएको छ किनभने अहिलेको चिनीको मूल्यमा यसको कारण हुने रोगहरूको उपचार खर्च जोडिएको छैन,” हार्भर्डका प्राध्यापक वाल्टर विलेटले भने।

    चीनको पौडी पोखरीमा बालकहरूबालबालिकामा पनि मोटोपन बढिरहेको छ

    गुलियो पेयपदार्थको बालबालिका र किशोरकिशोरीमा पार्ने असरबारे विश्वभरि चिन्ता व्यक्त हुने गरेको छ।

    विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् १९७५ मा मोटोपन भएका पाँचदेखि १९ वर्षका व्यक्ति एक करोड १० लाख रहेकोमा सन् २०१६ मा त्यो सङ्ख्या १२ करोड ४० लाख पुगेको थियो।

    तर गुलियो पेयपदार्थको असर मोटोपनभन्दा घातक हुनसक्ने हार्भर्डको अध्ययनले देखाएको छ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, चैत २१, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.