दीर्घराज प्रसाई
- गिरिजा, प्रचण्ड, बाबुराम भट्टराई, माधव नेपाल, झलनाथ बाबुराम, शेरबहादुर दउवाहरुले नेपाल सिद्धयाउन राष्ट्रलाई भ्रष्टाचारको दलद्लमा फसाए !
२०४८ पछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बनेर देशको प्रशासकीय व्यवस्थालाई भ्रष्ट बनाए र हरक्षेत्रलाई राजनीतिककरण गरेर लुट मच्चाए । २०५१ सम्ममा संस्थान र उद्योगहरु करोडौं कमिसन खाएर बेचे । बोइङ्गकाण्ड, धमिजाकाण्ड, लाउडाकाण्ड मच्चाएर छोरी सुजाता जोष्ठको नाममा देशको टाठ पल्टाए । कम्युनिष्टहरुलाई दबाउने नाममा माओवादी विद्रोह उठाए । पद पाउँदा राजाको समर्थन गर्ने र पदबाट हटेपछि राजाको विरोधमा सशक्त बने । पटक–पटक अनेकौं षडयन्त्र गरेर प्रधानमन्त्री बनेर देशलाई बन्दकीमा राख्न सक्रिय भइरहे गिरिजाप्रसाद ।
नेपालमा माओवादी विद्रोहले आतंककारी बाटो लिन लागेपछि भारतीय गुप्तचर संस्थाले बाबुराम भट्टराई मार्फत प्रचण्ड लगायत माओवादीहरुलाई तालीम दिएर सुरक्षकासाथ भारतमा नैं राखियो । माओवादीको आक्रामक व्यवहारबाट त्रसित भएर वहुमतमा रहेको कांग्रेसका प्रधानमत्री शेरबहादुर दउवा आफैले २०४७ सालको संविधान अनुसार १२७ धारा प्रयोग गरेर राजालाई सत्ता बुझाएका थिए । राजाले देशको कार्यकारिणी अधिकार ग्रहण गरिसकेपछि कांग्रेसका गिरिजाप्रसाद र एमालेका माधव नेपालले राजाबाट प्रधानमन्त्री नपाएपछि उनीहरु भारतको इशारामा आफैले आतंकवादी भनेको माओवादीसँग मिलेर राजासँग प्रतिशोध राखेर मिल्न पुगे । नेपालको संकटको कारक गिरिजा नैं थिए। उनी राष्ट्रघातका मतियार थिए ।
भारतीय कांग्रेस ९आई० ले नेपाललाई आफ्नो प्रभावक्षेत्र बनाउन माओवादी, कांग्रेस, एमाले र थपनाकारुपमा अन्य केही पार्टीका नेताहरु समेतलाई २०६२ साल मंसिरमा १२ बुँदे सहमतिमा हस्ताक्षर गराएर २०६३ सालको जनआन्दोलनमा अथाहा आर्थिक सहयोग गरेको थियो । २०६३ सालको जनआन्दोलन सफल भएपछि जनआन्दोलनको नेताको हैसियतबाट प्रधानमन्त्री बनेर, २०४७ सालको संविधान अनुसार गिरिजाप्रसादले राजदरबारमा राजा ज्ञानेन्द्रबाट सपथग्रशण गरे । तर त्यसलाई धोका दिएर विदेशीको इशारामा आफै राष्ट्रप्रमुख बनेर संवैधानिक मर्यादा तोडे । त्यसैको परिणम आज देश अन्योलग्रस्त बनेको छ ।
२०६३ सालपछि माओवादीका प्रचण्डको राष्ट्रपति बन्ने लोभमा परेर गिरिजाले नेपाललाई धर्मनिरपेक्ष, गणतन्त्र, संघीयता घोषित गराएर नेपालको पहिचान सिद्धयाउने कामगर्दै राष्ट्रलाई भ्रष्टाचारको दलद्लमा फसाए ।
माधव नेपाल दुबै निर्वाचनक्षेत्रबाट चुनाउ हारेका पदलोलुप एमालेका भारतीय चासोमा प्रधानमन्त्री बने । उनी एक पङ्गु, ओसरवादी पदलोलुप्त व्यक्ति हुन् । राजा ज्ञानेन्द्रको राज्यरोहणमा सजिएर दाम चढाएर अभिवादन गर्ने, प्रधानमन्त्री बन्न आमाको क्रिया नगर्ने, प्रधानमन्त्री बन्न राजदरबारको ढोकामा राजा ज्ञानेन्द्र समक्ष निवेदन हाल्ने ती गद्दार माधव नेपाल राजाले प्रधानमन्त्री बनाएनन् भन्ने रिसले कट्टर गणतन्त्रवादी बने। यस्ता गद्दार पनि नेपालको राजनीतिमा अझै एमालेको हर्ताकर्ता बनेका छन् ।
नेपालको दुर्भाग्य नै हो कि २०६३ सालपछि नेपालमा गिरिजा, प्रचण्ड, माधव नेपाल, झलनाथ बाबुराम भट्टराई, सुशील कोइराला, शेरबहादुर दउवा जस्ता दृष्टिकोणविहीन राष्ट्रघाती प्रधानमंत्री हुनु । बाबुराम भट्टराई(भारतीय गुप्तचर संस्थाका प्रमुख आलोक जोशीको रोहवरमा ४ बुँदे सहमति गराएर माओवादी नेता प्रचण्डलाई हस्ताक्षर गर्न लगाएर २०६८ भदौ १२ मा बाबुराम भट्टराई भारतको चहानामा प्रधानमंत्री बने । २०४७ सालपछि बनेका प्रधानमंत्रीहरुमा बाबुराम भट्टराईले आफूलाई खतरनाक देशद्रोहीको रुपमा चिनाए । यिनले नेपालको राष्ट्रिय पोसाक हटाए, राजा त्रिभूवनको शालीक हटाउने निणर्य गरे । धर्मनिरपेक्षको आडमा नेपालका गाउँहरुमा इसाईकरण गर्न गरिबी निवारण कोष जस्ता हरेक कार्यक्रम मार्फत ब्रम्हलुट मच्चाए । अर्बौं राजश्वको दुरुपयोग गरे । राज्यका हरक्षेत्रमा आफ्नी श्रीमतीलाई अघि सारेर ब्रम्हलुट मच्चाउन लगाए । हालै फाल्गुणमा दिल्लीकोभ्रमण गरेर बाबुराम भट्टराई को र कहाँबाट परिचालीत रहेछन् भन्ने कुरा आफै स्पष्ट पारे ।
एकपटक रुसका शक्तिशाली राष्ट्रपति स्टालिनले आफ्नो सहायक खु्रस्चोबलाई छेउमा राखेर हजारौं मानिसहरुको उपस्थितिमा कडा भाषण गरिरहेका थिए । त्यो भाषणमा जनताको ठूलो उपस्थिति थियो । यसरी जनताको आकर्षक र समर्थन देखेर खु्रस्चोबले भनेछन्– ‘तपाईसँग जनताको कति ठूलो समर्थन छ, हेर्नुहोस्–जनताको कत्रो भीड रु तपाईलाई रुसका जनताको ठूलो समर्थन छ, यी जनताले कति मायाँ गर्दा हुन्’ भनेर स्टालिनलाई भन्दा स्टालिनले तुरुन्तै जवाफ दिएछन्– ‘जनताको के विश्वास हुन्छ रु भोलि मलाई झुण्ड्याउने भन्ने कुरा भयो भने यिनै जनताको यो भन्दा चौखण्ड ठूलो भीड लाग्छ’ ।
वास्तवमा यो यथार्थ सत्य हो । अहिले नेपालमा कांग्रेस, एमाले, माओवादी नेताहरु पनि जनता हाम्रो पक्षमा छन् भनेर नाक फुलाएर बसेका छन् । भोलि यिनै पार्टीका नेताहरुलाई पाता कसेर जेलमा कोच्न लाने निणर्य भयो भने यिनै जनताको अपार भीड लाग्छ । त्यसैबेला थाहा हुन्छ कांग्रेस, एमाले, माओवादीका नेताहरुलाई आफ्नो हैसियत । त्यसैले कसैले पनि जनताको नाम भाँजेर देश र राजालाई फसाउने कुकर्म नगरुन् ।
अतस् कुनै विदेशीले नेपाल बनाइदिन्छ भनेर सोच्ने हो भने नेपालको अस्तित्व बच्न सक्तैन । नेपालमा राष्ट्रिय एकीकरणको समयदेखि स्थापित विश्वको एक मात्र हिन्दू अधिराज्यको रुपमा चिनिएको देवभूमि नेपाललाई राजसंस्थाको संरक्षणमा युगयुगान्तरसम्म अटल रहनसक्ने बाटोको अवलम्बन गर्न सक्नुपर्छ ।


