×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

चुनौतिका बीच पनि मोफसलमा अवार्ड कार्यक्रम

  •  
  • शनिबार, माघ २६, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    पछिल्लो समय नेपाली चलचित्रको विकास भएसंँगै अवार्डका कार्यक्रमहरुको संख्यामा पनि बृद्धि भइरहेको पाउंँछौ । नेपाली कला , संस्कृति र समाजमा भए गरेका समसामयिक बिषयवस्तुलाई चलचित्रको माध्यमद्धारा समाजलाई सही मार्ग्निर्देशन दिनुपनि चलचित्रको उद्धेश्य हुन्छ । तर सबै चलचित्र सामाजिक , राजनैतिक बिषयवस्तुमा आधारित हुदैनन ।

    चलचित्रमा मनोरञ्जन दिनुका साथै आफूले बनाएका चलचित्रबाट आम्दानी गर्नुपनि सबै चलचित्रकर्मीको उद्धेश्य हो । व्यवसायिक रुपमा निर्माण गरिएका कतिपय चलचित्रले चर्चाको साथै लाखौं रुपैया पनि आम्दानी गरिरहेको हामीले देख्दै आएका छौं । बर्षमा सयौं चलचित्र निर्माण भइरहंँदा औलामा गनिन् केही चलचित्रले मात्र सफलता पाउनु भने दुःखद कुरा हो ।

    चलचित्रको संख्यात्मक रुपमा बृद्धि भएसंँगै चलचित्रमा अवार्डका कार्यक्रम राख्नु अहिले फेशन जस्तै बनेको छ । काठमाडौमा विभिन्न विधामा विभिन्न संस्थाहरुले अवार्डको आयोजना गर्दै आएका छन । तर यी दिइएका अवार्डहरु कति न्यायिक छन , यसका मापदण्ड के के हुन भन्ने कुरामा त्यति गम्भिर रुपमा लिइएको पाइदैन । लोकप्रियता र गुणस्तरलाई प्राथमिकता दिनुपर्ने यस्ता कार्यक्रममा पछिल्लो समय सस्तो लोकप्रियता कमाउने नाउंँमा अवार्ड किनबेच गर्ने घटनाहरु पनि नौला होइनन ।

    तर चलचित्र क्षेत्रको मुख्य व्यवसायिक थलो काठमाडौंमा जस्तो मोफसलमा भने अवार्ड कार्यक्रम गर्नु ठूलो चुनौतिहरु छन । कारण कलाकारहरु सहज पहुंँच मोफसलमा नहुन, अवार्ड गराउने आयोजकहरु तथा विज्ञहरुको कमी तथा खर्च ज्यादा हुने गरेका कारण पनि मोफसलमा अवार्ड कार्यक्रम हुन सकेका छैनन । मोफसलमा रहेर निरन्तर रेड कार्पेट प्रिमियर शो, प्रिमियर शो, विशेष शो र च्यारीटी शो गर्दै पनि आएको र विभिन्न सामाजिक कार्यमा सक्रिय लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक हरि कार्की “लक्की“ संँग यिनै बिषयसंँग केन्द्रीत रहेर गरिएको कुराकानीको अंश ।

    १) लक्की मिडिया हाउस चितवन के कस्ता संस्था हो , यसले के के गर्दै आइरहेको छ ?
    विगत एक दशक अगाडीबाट नेपाली सिनेमा बजारको प्रचार–प्रसार र सिनेमा क्षेत्रको प्रवद्र्धनको लागि निरन्तर लागिरहेको मोफसलकै एकमात्र संस्था लक्की मिडिया हाउस चितवन हो । यसले चितवन तथा यस वरीपरीका क्षेत्रमा रहेर नेपाली चलचित्रहरुको कलाकारहरुको साथमा निरन्तर रेड कार्पेट प्रिमियर शो, प्रिमियर शो, विशेष शो र च्यारीटी शो गर्दै आएको छ । साथै यसले सञ्चारमाध्यमबाट नेपाली चलचित्र , कला, संस्कृतिको लागि जगेर्ना र संरक्षण गर्न टेवा पुरयाउंँदै आइरहेको छ । यसका साथै यस संस्थाले सामाजिक क्रियाकलापमा समेत आफ्नो हात बढाईरहेको छ ।

    २) लक्की मिडिया हाउस चितवनले नेपाली सिनेमा क्षेत्रको उत्थानमा कस्तो भूमिका खेलेको छ ?
    बिशेषगरी हाम्रो संस्थाको मूल उद्धेश्य भन्नु नै यस क्षेत्रको प्रर्वद्धन गर्दै , राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रमा कलाको माध्यमद्धारा नेपाललाई चिनाउने उद्धेश्य हो । यसको अलावा नेपाली सिने तथा कला क्षेत्रमा भएका समस्यालाई दिशा निर्देश गराउन र सम्बन्धित निकायको ध्यान आर्कषण गर्नपनि यसले भूमिका खेलेको छ भन्ने ठानेको छु । हामीले केन्द्रमा हुने रेड कार्पेट प्रिमियर शो, प्रिमियर शो, विशेष शो , च्यारीटी शोे र अवाड लगायत अन्य गतिविधिलाई मोफसलमा नै नेतृत्व दिनेगरी काम गरिरहेका छौ । शायद हामी केही हदसम्म आफ्नो लक्ष्यमा सफल भइरहेका छौं ।

    ३) पछिल्लो समय फिल्मी क्षेत्रको महत्व र प्रभावकारीता घट्दै गएको छ , यसको गुणस्तर विकास गर्न के गर्नुपर्ला ?
    हो , पछिल्लो समय गुणात्मक रुपमा भन्दा पनि सस्तो र संख्यात्मक रुपमा चलचित्र निर्माण हुने क्रम बढ्दो छ । सीमित श्रोत साधन र अस्वस्थ प्रतिस्पर्धाका कारणपनि यसको गुणस्तर घट्दै गएको छ । त्यसैले संख्यात्मक रुपमा चलचित्रको निर्माण गर्नुभन्दा गुणात्मकरुपमा चलचित्र निर्माण हुनु जरुरी छ । बिशेषगरी यस क्षेत्रमा काम गर्ने कलाकर्मी, सञ्चारकर्मी लगायत सम्बद्ध सरोकारवालाहरुले समयमै यसको गुणस्तरीयता तर्फ ध्यान दिनु जरुरी छ ।

    ४) लक्की मिडिया हाउस चितवन सिनेक्षेत्रको लागि लोकप्रिय संस्थाको रुपमा स्थापित भइसकेको छ , आगामी दिनमा यसले सिनेक्षेत्रको लागि के के काम गर्दैछ ?
    हो, लक्की मिडिया हाउस चितवनले मोफसलमा मात्र नभई सिंगो देशमा यस क्षेत्रको विकासको लागि अनवरत लागिरहेको छ । विभिन्न चुनौति र समस्याका बाबजुद , सिने क्षेत्रको बजारलाई प्रर्वद्धन गर्न तथा यहांँका कलाकारहरुलाई प्रोत्साहित गर्न हाम्रो संस्थाले विभिन्न अवार्ड कार्यक्रमको साथै श्रष्टा सम्मानका कार्यक्रम गर्दै आइरहेका छौं । आगामी दिनमा यसलाई थप व्यवस्थित र गुणस्तरियता दिनको लागि अवार्ड कार्यक्रम गर्न लागिरहेका छौं । यो अवार्ड मोफसलमा मै पहिलो कार्यक्रम हुनेछ ।

    ५) मोफसलमा अवार्डको आयोजना गर्न के कस्ता चुनौति छन ?
    मोफसलमा अवार्ड गर्नु केन्द्रमा अवार्ड गर्नु भनेको फलामको चिउरा चपाउनु सरह हो, किनकी केन्द्रमा अवार्ड गर्नको लागि प्राविधिक सहजता तथा कलाकारहरुको सहभागिता उल्लेखनीय रहन्छ । तर मोफसलको बजार सानो रहेको हुंँदा यहांँ अवार्ड आयोजना गर्दा निकै ठूलो पहाड चढे जस्तै चुनौति छ । कारण यहांँ अवार्ड कार्यक्रममा चाहिने हल, प्रविधि र प्राविधिकको सहजता छैन । अर्कोकुरा काठमाडौंबाट कलाकार ल्याउनु तथा उनीहरुको व्यवस्थापन गर्न निकै चुनौति हुन्छ । थौरै खर्चमा यस्ता कार्यक्रम आयोजना गर्न जोसुकैले आंँट गर्न सक्दैन ।

    ६) यस्ता चुनौति बीच पनि मोफसलमा अवार्ड किन गर्दैहुनुहुन्छ ?
    लक्की मिडिया हाउस चितवन एकमात्र यस्तो संस्था हो यसले आफ्नो व्यवसायिकतालाई भन्दा पनि सामाजिक कार्यलाई प्राथमिकता दिन्छ । हामीले विभिन्न मनकारी संस्था लगायत हामीले गरेको् आम्दानीलाई यस क्षेत्रको प्रर्वद्धनको लागि खर्च गरेका छौं । हालसम्म हामीलाई विभिन्न व्यवसायिक संस्थाहरुले साथ र सहयोग दिदै आउनु भएको छ । उहांँहरुकै प्रेरणाले हामीले मोफसलमा अवार्डको आयोजना गर्ने तयारी गरेका हौं । हामीले विभिन्न चुनौति र समस्याकाबीच मोफसलमा अर्वाड गरेरै छाडछौ, यो हाम्रो दायित्व पनि हो । हामी हाम्रो लक्ष्य र उद्धेश्यप्रति सधै सचेत र प्रतिबद्ध रहनेछौं ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, माघ २६, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    साउन महिनामा करिब ७ हजारले अवलोकन गरे गोरखा संग्रालय
    नागपञ्चमी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.