×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

दाहाल द्वारा मेला उदघाटन

  •  
  • शनिबार, असोज २०, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा

    असोज २० गते । गोरखा चेम्बर अफ कमर्स द्वारा आयोजित ‘दशैं सस्तो बजार एवं सडक मेला २०७५’ को एक कार्यक्रम बिच नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले गरेका छन ।

    गोरखा सदरमुकामको खेलकुद मैदानमा सनिबार देखी आयोजित उत्त मेलाको उदघाट्न गर्दै अध्यक्ष दाहालले मेलाले जिल्लाको आर्थिक क्रियाकलाप, ब्यवसाय, ब्यापारको प्रर्बद्वन गर्न महात्वपूण भूमिका खेलेको आफुले महशुस गरेको कुरा बताए ।

    गोरखा जिल्ला देश बाहेक बिदेशमा पनि पहिचान बनाई सकेको जिल्ला भएको भन्दै अध्यक्ष दाहालले अहिलेका परिर्वतित परिस्थितीमा अब बिकास निर्माणका कामहरु, जनताको समृद्वीको अभियान गोरखामा कसरी जाला भन्ने कुरा पनि देश र दुनियाँको ध्यान तानिएको बताए ।

    अध्यक्ष दाहालले हिजोको दिनमा राजनैतिक परिवर्तनको आन्दोलनमा गोरखाले अग्रणी भूमिका खेल्यो अब समृद्वीको एउटा नयाँ अभियानमा गोरखाले अग्रिणी भूमिका खेल्ने विश्वास ब्यक्त गरे ।

    बुढी गण्डकी परियोजना, चिन संग जोडिएको गोरखाको उत्तरमा रहेको ब्यापारीक नाका खोल्ने, गोरखा ऐतिहासिक थलो भएता पनि जडिबुटी र पर्यटनको अपार संभावना भएकोले यसको बिकास गनुपर्ने दाहालले जोड दिए ।

    कार्यक्रममा सहभागी हुन आएका नेकपाका अर्का नेता नारायण काजी श्रेष्ठले राजनैतिक परिर्वतन पछि सामाजिक र आर्थिक क्षेत्रमा बिस्तारीत गनुपर्नेमा जोड दिए । नेता श्रेष्ठले सबै राजनैतिक दल, ब्यवसायी, नागरिक समाज र सबै सामाजिक शत्ति मिलेर सामाजिक न्याय सहितको समृद्वीलाई सफल पानुपर्नेमा जोड दिए ।

    नेता श्रेष्ठले गोरखामा बन्ने भनेको बुढी गण्डकी परियोजना जुनकुनै हालतमा पनि सफल पानुपर्ने भन्दै सरकारले गोरखाको दक्षिण भेग देखी उत्तरमा रहेको चिन संगको सिमाना सम्मको सडक बाटो खोल्ने बिषयमा गंभिर रहेको बताए ।

    मेलामा सहभागी हुन आएका चेम्बर अफ कमर्सका अध्यक्ष डा.राजेशकाजी श्रेष्ठले ०७ सालमा स्थापना भएको चेम्बरले देश संघियता गए लगत्तै सोही संरचना अनुसार देशको ६६ जिल्लामा चेम्बरको जिल्ला शाखा स्थापना भएको बताए ।

    देश बिकासको लागि चेम्बर मार्फत लगानीको लागि ५९ राष्ट्र संग एमओई भै सकेको भन्दै गोरखाका ब्यवसायीहरुले चेम्बरको फाइदा उठाएर सोझै विदेशबाट सामान आयात गर्न र निर्यात गर्न अध्यक्ष श्रेष्ठले सुझाव दिए ।

    अध्यक्ष श्रेष्ठले कृषी, जडिबुटी र पर्यटनमा जोड दिएको भन्दै विदेशबाट कृषी टेक्नोलोली कसरी ल्याउने, नेपालमा भएको जडिवुटी प्रशोधन गरेर मात्र बिदेशमा कसरी निर्यात गर्ने भन्ने बिषयमा अध्ययन भै रहेको बताए । नेपाल चेम्बर योङ्ग इन्टरप्राइजेज फोरमले नेपालको ७७ रै जिल्लामा ५ देखी ९ कक्षा सम्मका सबै बिद्यालयका सबै बिद्यार्थीहरुलाई पारिवारीक आम्दानी कसरी बढाउने र खर्च कसरी घटाउने भन्ने बिषयमा इकोनोमिक एजेण्डामा जनचेतना मुलक कार्यक्रम गर्न लागेको समेत जानकारी दिए ।

    आज देखी शुरु भएको मेला आगामी ३० गते सम्म चल्ने छ । मेलामा उत्तरी गोरखामा उत्पादीत बस्तुका साथै औद्योगिक प्रर्दशन, जाति विशेषको खाना तथा दैनिक उपभोग्य बस्तुको सस्तो दरमा सामान बिक्री, घरेलु तथा कृषी उत्पादनको प्रर्दशन तथा नवदुर्गाको पुजा र साल्ट ट्रेडिङ द्वारा चिनी, नुन तथा डिडीसीका उत्पादनहरु र बंगलादेशबाट उत्पादीत कपडाहरुको स्टल राखीएको छ ।

    मेला ६० हजार सर्व साधारणले अवलोक गर्ने अनुमान गरीएको छ । उत्त अवधीमा ६ करोड बरावरको आथिक कारोवार हुने अनुमान आयोजक संस्थाले गरेको छ ।

    मेला सञ्चालनमा आउनु पूर्व आजै जिल्ला सदरमुकामको नयाँ बस पार्क देखी नयाँ बजार, पुरानो बसपार्क, शक्तिचोक, कालीमाटी बजार हुदै मेला स्थल सम्म विभिन्न झाकीको प्रर्दशन समेत गरीएको थियो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, असोज २०, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.