×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

यस्तो छ बन्द गोरखकाली रबर उद्योगको अवस्था

  •  
  • बिहिबार, असोज १८, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    शब्द/तस्बिर : लालप्रसाद शर्मा

    आश्विन १८, २०७५ गोरखा — गोरखाको मजुवास्थित ६ सय ५४ रोपनी जग्गामा फैलिएको छ गोरखकाली रबर उद्योग । २०४९ मंसिर २९ बाट टायर उत्पादन थालेको उद्योग २०७१ चैत अन्तिम सातादेखि बन्द छ ।

    प्रकाशित : आश्विन १८, २०७५ १७:०८

    चरम राजनीतिक हस्तक्षेप, अनावश्यक मजदुर र कर्मचारी भर्ना, कच्चा पदार्थ व्यवस्थापनको समस्या र सञ्चालक समितिका पदाधिकारीहरुको बदमासी, विदेशी टायरसँग प्रतिस्पर्धा गर्न नसकेको जस्ता कारणले उद्योग चार वर्षदेखि बन्द छ ।

    उद्योग बन्द भएपछि भवन जीर्ण हुँदै गएका छन् भने उपकरण पनि बिग्रन थालेका छन् । कार्यरत २ सय ३२ कर्मचारी मजदुरले २०७२ देखि तलबभत्ता पाएका छैनन् । यस बीचमा ६४ जनाले उमेर हदका कारण अवकाश पाए पनि सेवासुविधा भने पाएका छैनन् ।

    उद्योगमा नेपाल सरकार, नेशनल ट्रेडिङ, साल्ट ट्रेडिङ, हिमाल सिमेन्ट, आयल निगम र सर्वसाधारणको शेयर छ । गत असार मसान्तसम्म कर्मचारी र मजदुरका लागि २१ करोड ६० लाख ६१ हजार रुपैयाँ भुक्तानी दिन बाँकी छ ।

    उद्योगको विनियम अनुसार उपदानलगायत अवकाश हुँदा दिईने सेवाका लागि थप ३० करोड रुपैयाँ लाग्नेछ । चानचुन १ अर्ब २५ करोड रुपैयाँ भएमा सबै कर्मचारीलाई अवकाशसहित सेवासुविधा दिनसकिने आकलन उद्योगको छ । तत्काल कर्मचारीको आर्थिक दायित्व बाहेक ५२ करोड रुपैयाँ भएमा उद्योग सञ्चालन गर्न सकिने जनाईएको छ । उद्योगको हाल सञ्चित नोक्सानी डेढ अर्ब बढी पुगेको छ ।

    उद्योग संचालन गर्नुपर्ने नभए औद्योगिक क्षेत्रको रुपमा बिस्तार गर्न सकिने अवस्था रहेको छ । यति ठूलो सम्पत्तिको राज्यले वेवास्ता गर्न नहुने सरोकारवालाको भनाई छ ।

    kantipudaily

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, असोज १८, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.