×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

दशै मेलाको ७० प्रतिशत तयारी पुरा

  •  
  • मङ्गलबार, असोज १६, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता
    असोज १६ गते । यहि अशोज २० गतेबाट सुरु हुने दशै सस्तो बजार एवं सडक मेलाको ७० प्रतिशत तयारी पुरा भएको छ । आयोजक गोरखा चेम्बर अफ कमर्सले सदरमुकाममा पत्रकार सम्मेलन गर्दै बाँकी काम १९ गते सम्म सम्पन्न गर्ने दाबी गरेको छ । ‘जोडतोडका साथ तयारी भइरहेको छ’ गोरखा चेम्बर अफ कमर्सका अध्यक्ष भाइचन्द्र श्रेष्ठले भने ‘बाँकी केही काम छन्, १९ गते सम्म पुरा हुन्छ ।’
    १३० वटा स्टल रहनेमा मेलामा सय वटा व्यापारिक प्रयोजनका स्टल राखिने छ । अन्यमा कृषि, पशु, स्थानीय स्तरमा उत्पादित सामानहरुको प्रवद्र्धन गरिने उनले बताए । व्यापारिक प्रयोजनका लागि राखिने स्टलहरुले निश्चित शुल्क बुझाउनु परेपनि प्रर्वद्धनात्मक स्टलहरु निशुल्क रुपमा राख्ने तयारी गरिएको छ । ‘स्थानीय उत्पादनको प्रवद्र्धन गर्न स्टल भाडा समेत नलिने हाम्रो तयारी छ’ उनले भने ‘त्यस्ता स्टल २० देखि ३० सम्म हुने अपेक्षा छ ।’
    १० दिन सम्म चल्ने मेलामा ४० हजार देखि ६० हजार सम्म दर्शकले अबलोकन गर्ने र ६ करोडको कारोबार हुने आयोजकको दाबी छ । मेला सम्पन्न गर्नका लागि विभिन्न विषयगत समितिहरु पनि निर्माण गरिएको छ । उक्त समितिले आफ्नो तयारी गरिरहेका छन् । दशैलाई लक्षित गरी मेला सञ्चालन गरिएकाले सुपथ मुल्यमा दैनिक उपभोग्य सामाग्री समेत उपलब्ध गराउने आयोजकले बताएको छ । ‘बजारका विभिन्न ठाउँमा १०÷१२ वटा सुपथ पसल सञ्चालन हुन्छन’ उनले भने ‘त्यहाँबाट नुन, चिनी, खाने तेल लगायतको सामाग्री किन्न पाउने व्यवस्था मिलाएका छौ ।’ साल्ट टेड्रिङ कर्पोरेसनसँगको समन्वयमा हाल भइरहेका किराना पसलबाट नै सुपथ मुल्यमा ती सामाग्री उपलब्ध गराउने तयारी आयोजकको छ ।
    दशैलाई लक्षित गरी खसी बोका बिक्रि, उत्तरी गोरखाको आलु, भिर मौरीको मह, दुधका विभिन्न परिकारहरु, केराका विभिन्न परिकारहरु, विभिन्न जातजातीका पहिचान झल्कने खानाका परिकारहरु मेला स्थलमा रहेका स्टलहरुमा उपलब्ध हुने बताइएको छ ।
    खेलकुद मैदान हरमटारीमा मेलाको मुख्य प्रर्दशनी कक्ष राखिने भएपनि नयाँ बसपार्क देखि हरमटारीको प्रतिक्षालय चोक सम्म बजारलाई झकिझकाउ बनाएर सडक मेला गर्ने तयारी गरिएको छ । मेलामा हरेक दिन विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगितिक प्रस्तुती हुनुका साथै चोक चोकमा पनि कार्यक्रम गर्ने आयोजकले बताएको छ । विजया दशमीको अबसर हुने मेलामा निमित दुर्गा पुजाको समेत व्यवस्था मिलाइएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, असोज १६, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    सुन ताेलामा ४८ सयले घट्याे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.