×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

समझदारीमा कामदारको हित प्राथमिकतामा

  •  
  • आइतबार, भदौ ३१, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कामदार सेवा सुविधाबारे निश्चित मापदण्ड तोक्न नेपाल र मलेशिया सरकारबीच हुन लागेको समझदारी पत्रमा नेपाली कामदारको हित संरक्षण हुनेगरी अन्तिम रूप दिन लागिएको नेपाली अधिकारीहरूले बताएका छन्।

    अहिलेसम्म दुईपटक समझदारी पत्रमा संशोधन भइसकेको र फेरि थप संशोधन गरी यसै हप्ता पठाएको नयाँ संशोधनमा कामदारको हकहितका आवश्यक प्रावधान रहेको बताइएको छ।

    समझदारी पत्रमा हस्ताक्षर भएपछि मात्र मलेशियामा रोकिएको कामदार पठाउने प्रक्रिया फुकुवा हुने भनिएकोले यसलाई निकै चासोका साथ हेरिएको छ।

    चार महिनादेखि नेपालले कामदार पठाउने प्रक्रिया नै रोकिदिएपछि मलेशियाको मानव संशाधन मन्त्रालयले समझदारी पत्रलाई अन्तिम रूप दिने काममा तीब्रता दिएको बताइएको छ।

    • नेपालसँग श्रम सम्झौता गर्न मलेशिया ‘इच्छुक’
    • नेपालीलाई कतारमा आशा, मलेशियामा अन्योल

    समझदारी छिट्टै

    दुवै देशका अधिकारीहरूले दुई चरण छलफल गरिसकिएको उक्त समझदारी पत्रमा यसै हप्ता थप संशोधन पठाएको श्रम तथा रोजगार मन्त्रालयका सचिव महेश दाहालले बताए।

    उनले भने, “सकेसम्म कामदारलाई लागत कम परोस्, बिमा टिकटदेखि एउटा कामदारको गएदेखि फर्केर आँउदासम्मको काम र सुरक्षाको ग्यारेन्टी हुने गरी समझदारी हुनेछ चाँडै।”

    वैदेशिक रोजगारीको प्रमुख गन्तब्य भए पनि दुई देशबीच सरकारी तहमा सम्झौता हुन लागेको यो पहिलो पटक हो।

    यसले कामदारको अधिकारलाई निश्चित गर्ने भएकोले कामदार पठाउने प्रक्रिया नै बन्द गरेर जोखिम मोलेको सरकारी अधिकारीहरू बताउँछन्।

    तर कामदार पठाउने चार महिनादेखि रोकिसक्दा पनि सम्झौताका काममा ढिलासुस्ती गरिरहेको भन्दै नेपाल सरकारको आलोचना समेत भइरहेको देखिन्छ।

    नकारात्मक असर

    यसले अन्य देशमा जाने काम समेत प्रभावित हुन थालेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व कोषाध्यक्ष प्रतिमा महर्जन बताउँछिन्।

    उनले भनिन्, “मैले २० वर्षदेखि काम गरिरहेको कतारबाट पनि अहिले नेपाललाई डिमान्ड दिन्नौं भन्न थालेका छन्। जब सरकारले खुकुलो नीति बनाउँछ अनि मात्र कामदार लिने उनीहरूको मनसाय देखिन्छ।”

    सरकारी तहमा सम्झौता हुँदा कामदारलाई दीर्घकालीन रूपमा फाइदा पुग्ने हुँदा श्रम मन्त्रालयको पहललाई सकारात्मक ठान्नेहरूले लामो समय कामदार जाने काम रोकिए नकारात्मक असर पर्ने बताउँछन्।

    नेपालीहरूको रोजगारीको प्रमुख गन्तव्यमध्येको एक मलेशियामा कामदार पठाउने प्रक्रिया रोकिँदा प्रति महिना ६० करोड रुपैयाँ रेमिट्यान्स कम भएको राष्ट्र ब्याङ्कको तथ्याङ्क छ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, भदौ ३१, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    सुन ताेलामा ४८ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.