×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

उडान थप्दै अन्तर्राष्ट्रिय विमान कम्पनी

  •  
  • मङ्गलबार, भदौ २६, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ, भदौ २६ गते । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरेपछि पछिल्लो समयमा अन्तर्राष्ट्रिय विमान कम्पनीले नेपालमा एकपछि अर्को उडान थप्दै लगेका छन् । थाइल्याण्डको थाइलाइन एयरले नेपालमा उडान शुरु गरेको दुई साता नबित्दै ओमनको सलाम एयरले आजदेखि काठमाडौँमा उडान शुरु गरेको छ ।

    हाल विभिन्न ३२ अन्तर्राष्ट्रिय विमान सेवा प्रदायकले काठमाडौँमा उडान गर्दै आएका छन् । नेपालको व्यावसायिक समूह आइएमइले प्रवद्र्धन गरेको आइएमइ इन्टरनेशनल ट्राभल्सको संयोजनमा ओमनको सलाम एयरले काठमाडौँ उडान शुरु गरेको हो । कूल १७४ सिट क्षमता रहेको सो विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

    सस्तो भाडामा नै सेवा दिने लक्ष्यका साथ आफूहरूले ओमनको ‘बजेट एयरलाइन्स’ भित्र्याएको आइएमइ समूहका अध्यक्ष चन्द्र ढकालले जानकारी दिनुभयो । यात्रुले रु १६ हजार भाडा तिरेर ओमन उड्न सक्ने व्यवस्था गरिएको छ । सो एयरलाइन्सले आजदेखि नियमितरूपमा हरेक दिन बिहान ८ बजे अवतरण र ८ः४० मा उडान भर्ने गरी तालिका मिलाइएको छ ।

    विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा आइएमइ समूहका अध्यक्ष ढकालले सस्तो मूल्यमै जहाज चढेर ओमन जान आउन पाइने गरी व्यवस्था मिलाइएको बताउनुभयो । “वैदेशिक रोजगारीका लागि ओमन जाने नेपालीको सङ्ख्या पछिल्लो दिनमा बढ्दै गएको छ । सलाम एयरको उडान तालिकापछि सहज र सरल मूल्यमा हवाइयात्रा गर्न सहज व्यवस्था मिलाइएको छ”, अध्यक्ष ढकालले भन्नुभयो ।

    ओमनको पहिलो बजेट एयरलाइन्सको रूपमा सन् २०१७ देखि व्यावसायिक उडान शुरु गरेको हो । सलाम एयरले मस्कटलाई केन्द्र बनाएर कूल १७४ सिट क्षमताको एयरबस ३२० जहाजले विभिन्न १५ स्थानमा उडान गर्दै आएको छ । काठमाडौँ उडान थपिएपछि सो विमान कम्पनीको १६ औँ गन्तव्य भएको हो ।

    सलाम एयरले ढाका, बाकु, टिबलिस, दोहा, दुबइ, सिलकोट, मुल्तान, कराँची, खार्तुम, जेद्दा, सलाला, सुहार, मस्कट र काठमाडौँमा उडान भर्नेछ । सलाम एयरले यात्रुको सुविधालाई मध्यनजर गर्दै तीन प्रकारका हवाइभाडा निर्धारण गरिएको छ ।

    नेपालको पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने र सरकारको २०२० सम्मको पर्टयक पर्यटक भित्र्याउने लक्ष्य राखेकामा नयाँ विमान कम्पनीले सहयोग पु¥याउने विश्वास लिइएको छ । सो विमान कम्पनीका प्रमुख कार्यकारी अधिकृत एवं चालक मोहम्मदले नयाँ गन्तव्यका रूपमा नेपालमा उडान भर्न पाउँदा आफूलाई खुशी लागेको बताउनुभयो ।

    नेपाल र ओमन पुरानो सम्बन्ध भएको मित्र रहेको उल्लेख गर्दै उहाँले मित्रतालाई हवाइ उड्डयनमार्फत जोडिएकामा प्रशन्नता व्यक्त गर्नुभयो । कार्यक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले विमानस्थलको व्यस्त कार्यतालिकाबाट मिलाएर बिहानको समयमा उडान तथा अवतरणको कार्यतालिका मिलाइएको जानकारी दिनुभयो ।

    उहाँले नेपाली कामदार लैजान मात्रै नभइ ओमनका पर्यटन भित्र्याउन समेत सो विमान कम्पनी सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । महाप्रबन्धक क्षेत्रीले भन्नुभयो, “सलाम एयरले सातामा सात होइन १४ उडान गरोस् भन्ने हाम्रो चाहना छ ।”

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, भदौ २६, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.