कैलासबावु श्रेष्ठ/गोरखा
साउन २३ गते । एन.आई.सी. एशिया बैंक लिमिटेड गोरखा शाखाले शाखा हालै एटिएम मेशिन सञ्चालनमा ल्याएको छ ।
आफ्ना ग्राहको सेवा सुविधाका लागि शाखा कार्यालय सञ्चालनमा आएको लामो समय पछि एटिएम मेशिन सञ्चालनमा ल्याएको हो । आफ्ना ग्राहले छिटो छरितो रुपमा सेवा पाउन भन्ने उद्वेश्यका साथ मेशिन सञ्चालनमा ल्याएको शाखा प्रबन्धक राजेन्द्र पुडासैनीले जानकारी दिए ।
बैकको गोरखा शाखामा मात्र २ हजार भन्दा बढी ग्राहक रहेको छ । बैंकले हालसालै मात्रै न्यु प्रिमियम समून्नती बचत खाता सार्वजनिक गरेको छ । दैनिक मौज्जादमा बार्षिक ७ प्रतिशतका दरले र १ वर्षे मुद्वती खातामा बार्षिक १०.५० प्रतिशतका दरले ब्याज दिने बैंक प्रशासनले जानकारी दिएको छ ।




















