कैलासबावु श्रेष्ठ/गोरखा
साउन १७ गते । नेपालकै ऐतिहासिक मनकामना मन्दिर जिर्णौद्धारका क्रममा तिन किलो सुन अपुग भएको छ । सुरुमा लागत आँकलन गर्दा आठ किलो सुन लाग्ने अनुमान गरिएपनि १५ किलो खर्च भइसकेको छ । ‘फेरी तिन किलो सुन अपुग देखिएको छ, हामीले खरिद प्रक्रिया सुरु गरिसकेका छौ’ मनकामना मन्दिर जिर्णोद्धार समितिका अध्यक्ष नरेन्द्र बाबु श्रेष्ठले भने ।
२०७२ असारबाट निर्माण सुरु गरिएको मन्दिरको ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ । अझै केही काम बाँकी रहेकाले सुन अपुग देखिएको हो । ‘नागोल, मुलद्वार, गारोको पेटी, मन्दिरको भित्री भागमा रहेको अष्टमातृका मुर्तीमा सुनको जलप लगाउने काम बाँकी छ त्यसका लागि सुन अपुग भएको हो’ मन्दिरका पुजारी इन्सान बहादुर थापामगरले भने । मन्दिरको मुलद्वार निर्माण भइसकेको भएपनि सुनको लेप भएको पाता लगाउन भने बाँकी छ । तिन वर्ष अघि निर्माण सुरु गरिएको मन्दिर निर्माणमा ३ किलो सुन थप भएपछि २ करोड लागत थप हुने अनुमान गरेको छ । 
अबको केही समय भित्र निर्माण कार्य सम्पन्न हुने जिर्णोद्धार समितिका संयोजक श्रेष्ठले बताए, ‘सरासर काम भयो भने अबको २÷३ हप्ता भित्र सबै काम सकिन्छ, त्यसपछि लागतको विवरण पनि यकिन हुन्छ ।’ सुन खरिदका लागि अब प्रक्रिया अगाडी बढि सकेकोले मन्दिर पुर्ननिर्माणमा त्यसले कुनै असर नगर्ने समितिको दाबी छ ।
अपुग सुन समयमै खरिद भए र कालिगढले निरन्तर काम गर्न पाए दशै अगावै निर्माण कार्य सम्पन्न हुने पुजारी थापाको विश्वास छ । ‘अब कुनै अवरोध भएन भने पूर्व निर्धारित रुपमा दशै अघि काम सकिन्छ’ उनले भने ‘आउँदो दशैबाट भक्तजनले मन्दिर भित्रबाटै पुजाआजा गर्न पाउनुहुनेछ ।’
अहिले जिर्णोद्धारका क्रममा भक्तजनका लागि अस्थायी रुपमा पुजाआजाको व्यवस्था गरिएको छ । मन्दिरको पुर्ननिर्माणसँगै बाहिरी संरचना निर्माणको काम पनि केही बाँकी छ । आँगन, कम्पाउण्ड, पश्चिम पट्टीको धुनी र पूजा कोठा फराकिलो गर्ने काम अझै बाँकी रहेको जिर्णोद्धार समितिका अध्यक्ष श्रेष्ठले बताए । लामो इतिहास बोकेको उक्त मन्दिर केही वर्ष यता जिर्णोद्धार गर्नुपर्ने चर्चा चलेको थियो ।
२०७२ बैशाख १२ गते गएको विनाशकारी भुकम्पले मन्दिर दक्षिण पश्चिम तर्फ ढल्किए पछि जगै बाट भत्काएर पुनर्निमाण थालिएको हो ।
मनकामना मन्दिरमा तिन किलो सुन अपुग
मनकामना मन्दिरमा तिन किलो सुन अपुग
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



