×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

गिट्टी बालुवाको राजश्व दोब्बरले वृद्धि

  •  
  • बिहिबार, साउन १७, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा
    साउन १७ गते । वर्षभरी नदीजन्य पदार्थको अवैध उत्खन र व्यापार मौलाएका चर्चा भइरहेका बेला राजश्व संकलनमा भने दोब्बरले वृद्धि भएको छ । आर्थिक वर्ष २०७३/०७४ को तुलनामा गत आर्थिक वर्षमा झण्डै ७९ लाख बढि राजश्व संकलन भएको जिल्ला समन्वय समितिले जानकारी दिएको छ । ‘हाम्रो सक्रिय निग्ररानी, कर्मचारी एवं सुरक्षाकर्मीको अथक प्रयासमा हामीले यो सफलता हात पारेका हौ’ जिल्ला समन्वय समितिका प्रवक्ता मानप्रसाद धितालले भने । आर्थिक वर्ष २०७३÷०७४ मा ७६ लाख २८ हजार ५ सय ५६ रुपयाँ राजस्व संकलन भएकोमा गत आर्थिक वर्ष जनप्रतिनिधि आएपछि दोब्बर राजश्व संकलन भएको छ । गत आर्थिक वर्षमा १ करोड ५५ लाख २ हजार ४ सय १८ रुपयाँ राजश्व संकलन भएको छ ।

    यो आर्थिक वर्ष २०७३÷०७४ तुलनामा ७८ लाख ९१ हजार ८ सय ६२ रुपयाँले बढि हो । ‘तोकिएको ठेक्का टेण्डर भन्दा बढि चोरी चकारीमा संलग्नहरुलाई दण्ड जरिवाना गराउँदा यो रकम सकलन भएको हो’ उनले भने । पुर्ननिमार्णको मौका छोपी नदिजन्य पदार्थको अवैध उत्खनन बढेको भन्दै स्थानीयले बारम्बार चिन्ता व्यक्त गरिरहेका छन् ।

    यता जिल्ला समन्वय समिति भने नदीजन्य पदार्थलाई कानूनी रुपमा व्यवस्थित गर्न लागि परिरहेको उनले दाबी गरेका छन । राजनितिक दलका नेता र जनप्रतिनिधिकी संरक्षणमा नदी दोहन भएको छ भन्ने यहाँहरुलाई आरोप छ नी भन्ने गोरखा समाचारको जिज्ञासामा उनी भन्छन् ‘ठूला नेता वा जनप्रतिनिधिको टाउको बिकाएर गलत काम गर्ने प्रयास नभएको होइन, हामीले त्यसलाई सरक्षण दिने कुरै भएन, भेटिए जति सबैलाई कारवाही गरेका छौं ।’ जिल्ला विभिन्न घाटहरुमा अहिले पनि बैधानिक रुपमा नदीजन्य पदार्थ उत्खन हुन नसकेको जिससले स्वीकार गरेको छ ।

    स्थानीय तहको आम्दानीको मुख्य स्रोत मानिएको नदीजन्य पदार्थ उत्खन र ओसारप्रसार व्यवस्थित गर्ने जिससको योजना छ । ‘अब इआए नगरी कसैले पनि गिट्टी बालुवा झिक्न पाउँदैन, स्थानीय तहसँगको समन्वयमा यसलाई व्यवस्थित गर्न हामी प्रयत्नशिल छौ’ प्रवक्ता धितालले भने । जिल्लामा वातावरण अध्ययन प्रतिवेदन बिनै नदीजन्य पदार्थको उत्खन गर्ने गरिएको सरोकारवालाहरुको आरोप छ । कतिपय क्रसर उद्योगले पनि उक्त प्रतिवेदन तयार गरी उद्योग सञ्चालन गरेको केही समय अघि जिल्ला अनुगमन समितिले गरेको अनुगमनका क्रममा फेला परेको थियो ।

    नदीजन्य पदार्थमा राजश्व बढि संकलन भएसँगै जिल्लामा राजश्व पनि वृद्धि भएको छ । आर्थिक वर्ष २०७३/०७४ मा १ करोड ६१ लाख ६३ हजार ८३१ राजश्व संकलन भएकोमा गत आर्थिक वर्षमा बढेर २ करोड ५५ लाख २३१ रुपयाँ भएको जिल्ला समन्वय समितिका रामप्रसाद पोखरेलले जानकारी दिए । यो आर्थिक वर्ष २०७३/०७४ तुलनमा ८८ लाख ३६ हजारले बढि हो । ‘यो रकम जिल्ला समन्वय समिति माहतमा रहेको विभिन्न आम्दानीको स्रोतबाट संकलन गरिएको हो’ उनले भने ।

    यसैविच स्थानीय तह निर्माण भएसँगै साबिकको जिल्ला बिकास समिति मातहतको अधिकाश कार्यक्रम स्थानीय तहले गर्ने भएकाले चालु आर्थिक वर्ष देखि यो रकम भने जिससमा राजश्व संकलन घटेर जाने जानकारहरु बताउँछन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, साउन १७, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.