×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

अघिल्लो बर्षको दाँजोमा २० लाखभन्दा बढि राजश्व संकलन

  •  
  • आइतबार, साउन ०६, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिन अलि मियाँ/गोरखा
    साउन ५ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले अघिल्लो आर्थिक बर्षको दाँजोमा गत बर्ष २० लाखभन्दा बढि राजश्व संकलन गरेको छ । आर्थिक बर्ष ०७३/७४ मा ५१ लाख ५३ हजार ५ सय राजश्व उठाएको ट्राफिक कार्यालयले २०७४/७५ मा ७१ लख ६० हजार राजश्व संकलन गरेको हो । जिल्ला ट्राफिक कार्यालयको तथ्यांकमा उल्लेख भएअनुसार गत बर्ष अघिल्लो बर्षको दाँजोमा २० लाख ६ हजार ५ सय बढि संकलन भएको देखिन्छ ।

    ‘यो बर्ष हामीले अघिल्लो बर्षको भन्दा २० लाख भन्दा बढि राजश्व उठाएका छौ, तर हाम्रो तार्गेट राजश्व बढि उठाउने होइन, नियम उल्लंघन गर्नेलाई कारबाही गर्दा बढी रकम उठ्यो’ जिल्ला ट्राफिक कार्यालय गोरखाका प्रमुख दयाराम पौडेलले भने । यस बर्ष जिल्लामा १० हजार ९ सय ७० सवारी साधन कारबाहीमा परेका थिए भने अघिल्लो आर्थिक बर्ष २०७३÷७४ मा ८ हजार सवारी साधनलाई कारबाही गरिएको थियो । ‘यो बर्ष कारबाहीमा पर्ने सवारी साधनको संख्या नै बढेको छ, संख्या बढ्दा राजश्व त यसैपनि बढ्ने नै भयो’ ट्राफिक प्रमुख पौडेलले भने ।

    अघिल्लो बर्षको तुलनामा गत आर्थिक बर्ष २०७४÷७५ मा २ हजार ९ सय ७० वटा बढि सवारी साधन कारबाहीमा परेको ट्राफिक कार्यालयको भनाई छ । गत आर्थिक बर्षमा कारबाहीमा पर्ने १० हजार ९ सय ७० सवारी साधन मध्ये सबैभन्दा बढि ट्रिपर÷ट्रक रहेका छन् । जिल्लाभरमा एक बर्षभरि कारबाहिमा पर्ने ट्रिपर÷ट्रकको संख्या ४ हजार ५ सय ७६ छ जसबाट मात्रै २९ लाख ३ हजार राजश्व संकलन भएको तथ्यांकमा उल्लेख छ ।

    त्यस्तै २ हजार २७ वठा ट्याक्टर कारबाहीमा पर्दा १३ लाख १९ हजार ५ सय राजश्व उठेको थियो भने ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ८ सय ३४ मोटरसाइकल कारबाहीमा परेका थिए । जसबाट १३ लाख ५१ हजार राजश्व संकलन भएको छ । त्यसैगरी १ हजार ३ सय ८८ वटा जिप, कार र भ्यानले नियम उल्लंघन गर्दा ८ लाख ९४ हजार ५ सय राजश्व असुली गरेको ट्राफिक कार्यालयले जनाएको छ । त्यस्तै कारबाहीमा पर्नेमा बसबाट ६ लाख ९२ हजार राजश्व उठेको छ जसमा १ हजार १ सय ७५ बसले ट्राफिक नियम उल्लंघन गरेको भन्दै कारबाहीमा परेका थिए ।

    अघिल्लो आर्थिक बर्षको तुलनामा गत बर्ष जिल्लामा सवारी साधनको संख्या समेत बढेकाले कारबाही धेरै सवारी परेको ट्राफिक प्रमुख पौडेलको भनाई छ । ‘अहिले जिल्लामा पुनःनिर्माण चलिरहेको छ, बिगतका बर्षहरुमा भन्दा अहिले सयौ ट्रिपर, ट्याक्टरहरु बढेका छन्, अनि नियम पनि बढि तिनिहरुले नै उल्लंघन गरेको भेटिन्छ’ प्रमुख पौडेलले भने ‘अहिले ट्राफिकको सक्रियतामा पनि हामीले बढाएका छौ, नियम मिच्ने जो काही होस हामीले कारबाही गरेका छौ ।’

    जिल्लामा कारबाहीमा पर्ने अधिकांश सवारी साधनबाट ५ सय देखि १ हजार ५ सयसम्म मात्रै जरिवाना असुली गरिएको उनको भनाई छ । ट्राफिकले सवारी साधनलाई बढी कार्वाही गरेर कसरी बढी राजस्व संकलन गर्न सकिन्छ भन्ने उदेश्य नभई नियम उल्लंघन गर्नेलाई कारबाही गर्दा यति ठूलो मात्रामा राजश्व संकलन भएको कार्यालयले जनाएको छ । ‘हाम्रो नियत बढि राजश्व उठाउने होइन, तर नियम उल्लंघन गर्नेलाई छोड्ने कुरा पनि भएन, जरिवाना लिनै परयो’ पौडेलले भने ‘हाम्रो उदेश्य त दुरघटना कम गराउने हो ।’

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, साउन ०६, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.