×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

ब्याजदर घटाउन केन्द्रित मौद्रिक नीति

  •  
  • शुक्रबार, असार २९, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    विनय बञ्जारा

    नेपाल राष्ट्र ब्यांकले ब्याजदरको उतारचढावलाई नियन्त्रण गर्ने र समग्रमा ब्याजदर घटाउने लक्ष्यमा केन्द्रित भएर आगामी आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।

    आज, २७ असारमा सार्वजनिक गरिएको मौद्रिक नीतिले ब्याजदर करिडोरलाई साँघुरो बनाउने, ब्यांकहरुले नाफाको रुपमा लिँदै आएको ब्याजदर अन्तर (स्प्रेड)लाई घटाउनेजस्ता नीति लिएको छ ।

    ब्यांक तथा वित्तीय संस्थाले राष्ट्र ब्यांकमा अनिवार्य रुपमा जम्मा गर्नुपर्ने नगदको अनुपात पनि घटाइएको छ । यसले बजारमा रु. ४८ अर्ब तरल सम्पत्ती थपिने मौद्रिक नीतिमा उल्लेख छ ।

    अहिले ब्यांक तथा वित्तीय संस्थामा लगानीयोग्य पैसाको अभाव भएका कारण ब्याजदरको उतारचढाव बढेको मात्र छैन, कर्जाको ब्याज पनि महँगो भएको छ ।

    राष्ट्र ब्यांकको नयाँ नीतिले ब्यांकहरुको लागत घटेर आधारदर समेत कम हुने ब्यांकरहरु बताउँछन् ।

    राष्ट्र ब्यांकले ब्यांक तथा वित्तीय संस्था र लघुवित्त संस्थाहरुलाई समेत विदेशी मुद्रामा ऋण लिन पाउने व्यवस्था गरेको छ ।

    विदेशी ऋण ल्याएर लगानी गर्दा विनिमय दरको जोखिम हुनसक्ने भन्दै राष्ट्र ब्यांकले त्यस्तो जोखिम हस्तान्तरण गर्न हेजिङ कोषको स्थापना गर्ने प्रस्ताव पनि ल्याएको छ ।

    यस्तो व्यवस्थाबाट ठूला जलविद्युत् आयोजना, प्रशारण लाइन, सडक तथा अन्य ठूला पूर्वाधार परियोजनामा विदेशी लगानी आकर्षित गर्न मद्दत पुग्ने अपेक्षा केन्द्रीय ब्यांकको छ ।

    राष्ट्र ब्यांकले पुनर्कर्जा सुविधाका लागि ठूलो रकम छुट्याएको छ । चालू आर्थिक वर्ष रु. २० अर्ब छुट्याइएको पुनर्कर्जा कोषमा आगामी वर्षका लागि रु. ३५ अर्ब छुट्याइएको छ ।

    यसले एकातिर ब्यांक तथा वित्तीय संस्थामा लगानीयोग्य पैसा रु. १५ अर्ब थपिने छ भने अर्कोतिर यस्तो पैसामा ब्याजदर पनि कम हुनेछ ।

    जसका कारण कृषि, पर्यटन, ऊर्जा, नवीकरणीय ऊर्जाबाट सञ्चालन हुने सवारीसाधनजस्ता प्राथमिकताप्राप्त क्षेत्रमा लगानी गर्न ब्याजदर घट्न सक्छ ।

    himalkhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, असार २९, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.