×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

बूढीगण्डकी जलविद्युत् आयोजना दस अर्ब मुआब्जा असारभित्रै

  •  
  • आइतबार, असार २४, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    लक्ष्मीप्रसाद उपाध्याय

    काठमाडौँ, असार २४ गते । आर्थिक वर्ष समाप्त हुनै लाग्दा बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबानबाट प्रभावित धादिङ र गोरखाका बासिन्दालाई छुट्याएको १० अर्ब रुपियाँ वितरण गरिसकिने भएको छ । मुआब्जा निर्धारण हुन बाँकी रहेका दुवै जिल्लाका प्रभावित क्षेत्रमा आगामी वर्ष काम हुने भएको छ ।
    योजनाबद्ध ढङ्गले मुआब्जा वितरणको योजना बनाएर काम गरेकोले चालू आर्थिक वर्षको बजेटमा विनियोजन गरेको १० अर्ब रुपियाँ करिब वितरण गर्न सकिने भएको कुरा बूढीगण्डकी जलविद्युत् आयोजना वातावरणीय, पुनस्र्थापना, पुनर्वास तथा मुआब्जा वितरण एकाइका संयोजक कृष्ण कार्कीले बताउनुभयो । उहाँले प्रक्रिया पुगेका दुवै जिल्लाका बासिन्दालाई वितरण गर्न सक्ने गरी काम भइरहेको र असार मसान्तसम्म सबै रकम वितरण गरिसकिने बताउनुभयो ।
    गत कात्तिक २६ गतेको मन्त्रिपरिषद्को निर्णयले चिनियाँ कम्पनीसँगको सम्झौता खारेजी गरेर नेपाल विद्युत् प्राधिकरणलाई निर्माणको जिम्मा दिए लगत्तै लामो समयदेखि रोकिएको मुआब्जा वितरणको काम विशेष कार्ययोजनाका साथ पुसबाट पुनः सुचारु गरिएको थियो ।
    संयोजक कार्कीले भन्नुभयो, पहिलो चौमासिकमा खासै काम हुन सकेन तर पछिल्लो चरणका सरोकारवाला सबै निकायको समन्वय र सहयोगमा काम सुचारु हुँदा चालू आर्थिक वर्षमा विनियोजित रकम वितरण गर्न सकिने स्थितिमा पुगेका हौँ ।
    बूढीगण्डकी जलविद्युत् विकास समिति भङ्ग गरी आयोजना चिनियाँ कम्पनीलाई दिएपछि ऊर्जा मन्त्रालयले वातावरणीय, पुनस्र्थापना, पुनर्वास तथा मुआब्जा वितरण गर्न छुट्टै एकाइ गठन गरिएको छ ।
    आयोजनाबाट प्रभावित क्षेत्रका करिब ६० हजार रोपनीको मुआब्जा वितरण गर्नुपर्ने ऊर्जा मन्त्रालयले जनाएको छ । हाल डुबान क्षेत्रको ग्रामीण बस्तीको मुआब्जा निर्धारण भइसकेको छ भने आरुघाट, आरुखेत र खहरे बजारको मुआब्जा निर्धारण अझै हुन सकेको छैन । संयोजक कार्कीले भन्नुभयो, यसअघि नै मुआब्जा निर्धारण भइसकेको क्षेत्रका बासिन्दालाई रकम मात्र यो वर्ष वितरण गर्न सकिने भयो । मुआब्जा निर्धारण हुन बाँकी रहेको क्षेत्रमा आगामी वर्ष मुआब्जा निर्धारण गरिनेछ ।
    आरुघाट, खहरे र आरुखेत बजारको मुआब्जा निर्धारण गर्न गोरखा र धादिङका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा नापी, मालपोत, भवन निर्माण लगायतका सरोकारवाला निकायका प्रतिनिधित्व रहने गरी एउटा अध्ययन समिति निर्माण गरिएको छ । त्यो समितिले प्रतिवेदन दिएपछि उच्च राजनीतिक तहमा छलफल गरेर त्यसको काम पनि तत्कालै अघि बढाइने भएको छ ।
    ऊर्जा मन्त्रालयबाट बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि समन्वयकर्ताको भूमिकामा रहनुभएका सहसचिव चिरञ्जीवी चटौतले भन्नुभयो, मन्त्रालयले मुआब्जाको विषयलाई छिटोभन्दा छिटो टुङ्ग्याउने प्रयास गरिरहेको छ । यसका लागि एकाइलाई प्रभावकारी रूपमा परिचालन गर्ने र थप रकम माग गर्नुपर्ने भएमा अर्थ मन्त्रालयसँग समन्वय गरेर रकम निकासाका लागि भूमिका खेल्ने योजना बनाएको छ ।
    एक हजार २०० मेगावाट उत्पादन क्षमता भएको आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) अनुसार आयोजना निर्माणका लागि दुई खर्ब ५५ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ । आयोजना बनेपछि १५ वर्षसम्म वार्षिक ६२ करोड २७ लाख रुपियाँ राजस्व आम्दानी हुने र पछिल्ला वर्षमा वार्षिक रूपमा तीन अर्ब ७१ करोड रुपियाँभन्दा बढी राजस्व आम्दानी हुने अपेक्षा राखिएको छ ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, असार २४, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.